कामरेड नारायण सापकोटाको संक्षिप्त जीवनी

– रामबहादुर बुढा

जन्मः २०३१ साल भाद्र १५ गते । बुबा खडानन्द सापकोटा र आमा हरिकला सापकोटा । दुई आमा बसुन्धरा र हरिकला ७ भाइ मध्ये कान्छा भाइ र ९ दिदीबहिनीहरु ।

शिक्षाः जनजागृति मावि काँडेबास, बागलुङबाट अध्ययन शुरु र त्यहीबाट एस.एल.सी. पास ।  त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र र समाजशास्त्रमा एम.ए.सम्म अध्ययन पुरा गर्नु भएको थियो । एल.एल.वि. समेत पास गरीअधिवक्ता समेत हुनुुहुन्थ्यो ।

विद्यार्थी संगठनमा योगदान
–२०४३ सालमा निकै सानो उमेरदेखि विद्यार्थी आन्दोलन सित जोडिनु भएको थियो ।
–२०५० को दशकको प्रारम्भमाअ.ने.रा.स्व.वि.यु. (छैठौं) को बागलुङको अध्यक्ष रही काम गर्नु भयो ।
– २०५७ सालमा महेन्द्र बहुमुखी क्याम्पस बागलुङ –स्ववियु सभापतिको उम्मेदवार ।
– २०५२ साल माघ ५ देखि ७ गतेसम्म पोखरामा सम्पन्न अनेरास्ववियु (छैठौं) को तेह्रौं राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद् सदस्य निर्वाचित ।अखिल (छैठौं) को इतिहासमा त्यसै सम्मेलनबाट पहिलो पटक राष्ट्रिय परिषद्को सांगठनिक संरचना राखिएको थियो ।
– २०५५ मंसिर २३ देखि २५ सम्म चितवनको नारायणघाटमा सम्पन्न अखिल (छैठौं) को चौधौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य निर्वाचित ।
– २०५६ को भाद्रमा विराटनगरमा राष्ट्रिय परिषद् बैठक पछिको छैठौंको मेची–कोशीअभियानमा तेह्रथुमको टोलीको नेतृत्व गर्नु भएको थियो ।
– २०५७ मंसिर २३देखि २६ गतेसम्म कैलालीको धनगढीमा सम्पन्न १५ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सचिव निर्वाचित हुनुभएको थियो । ।
– २०५९ असोज ८ र ९ गते ललितपुरमा सम्पन्न अखिल (छैठौं) र अखिल (२०२२) को एकता भेलाबाट बनेको नयाँ संगठन अखिल (एकीकृत) को केन्द्रीय सचिव नै चयन हुनुभयो ।
– ०६२/०६३ को जनआन्दोलनमा काठमाडौंमा रही भूमिका निभाउनु भयो ।
– ०५९ सालमा नेकपा(मसाल) र नेकपा (एकताकेन्द्र) बीच पार्टी एकता भई बनेको बनेको नेकपा (एकताकेन्द्र–मसाल) २०६३ सम्म फुटेर ३ पार्टी बने । पार्टी विभाजन दुःखद थियो । जति सुकै दुःखद भए पनि फेरि अगाडि बढ्नु नै थियो । पुरानो छैठौंलाई अगाडि बढाउन २०६२ मा नै पोखरामा को–अर्डिनेशन गठन, २०६२ मा नै नेपालगन्ज भेला हुँदै २०६३ मा सोह्रौं राष्ट्रिय सम्मेलन गरेर अखिल (छैठौं) को नाम पुनस्र्थापना गरिएको थियो ।
– ०६३ मंसिर ८, ९, १० गते नेपालगन्जमा सम्पन्न अखिल (एकीकृत) को राष्ट्रिय भेलाबाट विद्यार्थी संगठनबाट विदा लिई मजदुर संगठनमा काम गर्न सुरु गर्नुभयो ।

मजदुर संगठन
–मोहनविक्रम सिंहले नेतृत्व गरेको नेकपा (एकताकेन्द्र–मसाल) सँग सम्बन्धित अखिल नेपाल ड युनियन महासंघ (अन्टुक) को २०६३ मंसिर २१–२२ सम्म नवलपरासीको गैंडाकोटमा सम्पन्न राष्ट्रिय भेलाबाट महासचिव चयन ।
– “संविधानसभाको निर्वाचनको सुनिश्चितता, गणतन्त्रको स्थापना,श्रमिक पक्षीय संविधान निर्माण र राष्ट्रियताको रक्षा” भन्ने अभियानमा सरिक ।
– ०६७ सालको केन्द्रीय समितिको बैठकबाट अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकको अध्यक्ष चयन ।
– २०७० साल चैत्र ८–१० सम्म सम्पन्न अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) को चौथो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय अध्यक्ष निर्वाचित ।
– २०८० मा नवलपुरमा सम्पन्न राष्ट्रिय भेलामबाट पुन ः अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुककोअध्यक्ष ।

– नेकपा (मसाल) मा जिम्मेवारी
– बागलुङमा २०५० को दशकको प्रारम्भमा नेकपा(मसाल) को उम्मेदवार सदस्य फारम भर्नु भएको थियो ।
– काठमाडौं आएपछि पुनः २०५५ साल भाद्र १५ नेकपा(मसाल) को उम्मेदवार सदस्य फारम भर्नु भएको थियो ।
– २०५८साल असोज १२ गते नेकपा(मसाल) को पार्टी सदस्यता प्राप्त गर्नु भएको थियो ।
– २०५९ पछि नेकपा (एकताकेन्द्र–मसाल) काठमाडौं जिल्ला पार्टीअन्तर्गत रही काम गर्नु भएको थियो ।
– २०६५ मा नेकपा (मसाल) काठमाडौंको कार्यवाहक सेक्रेटरी रही  काम गर्नु भएको थियो ।
– २०६५ पछि नेकपा (मसाल) बागमती क्षेत्रीय व्यूरो अन्तर्गत रही काम गर्नु भएको थियो ।
– २०६३ को फागुनमा सम्पन्न नेकपा (मसाल) को सातौं राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय परिषद् सदस्य निर्वाचित हुनु भएको थियो  ।
– २०६४ मा राष्ट्रिय जनमोर्चाको तर्फबाट संविधानसभाको समानुपातिकतर्फको उम्मेदवार बन्नु भएको थियो  ।
– २०७६ जेष्ठ १६ देखि २२ गतेसम्म सम्पन्न नेकपा(मसाल) को आठौं राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय परिषद् सदस्य निर्वाचित हुनु भएको थियो  । ।

नेकपा (मशाल) मा जिम्मेवारी

–२०७८ मंसिरमा चितवनमा सम्पन्न भेलाबाट बनेको नेकपा (मसाल) केन्द्रीय समन्वय समितिको सचिवालय सदस्यको जिम्मेवारीमा रहनुएको थियो ।
– २०७९ आश्विन २७ देखि ३० सम्म सम्पन्न नेकपा (मसाल) समन्वय समितिको आयोजनामा सम्पन्न नेकपा (मशाल) को विशेष महाधिवेशनबाट पोलिट्व्यूरो सदस्यको जिम्मेवारीमा रहनुएको थियो ।
– २०७९ मंसिरदेखि नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल) का बीचमा पार्टी एकताका लागि वार्ता प्रक्रिया अगाडि बढ्यो । नारायण सापकोटा वार्ता कमिटीका सदस्य हुनुहुन्थ्यो । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल) का बीचमा बनेको वार्ता समिति र पछि पार्टी एकता समन्वय समितिको उहाँ सदस्य हुनुहुन्थ्यो ।
– २०८१ वैशाख १८ गते सम्पन्न क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा (मशाल) को बीचमा सम्पन्न एकता अधिवेशनबाट बनेको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालको केन्द्रीय सचिवालय सदस्य  हुनुहुन्थ्यो।

 लेखकको भूमिकामा

– अ.ने.रा.स्व.वि.यु. (छैठौं) बागलुङको इतिहास र नेपालको मजदुर आन्दोलनको इतिहास उहाँले विशेष मिहेनतका साथ लेख्नुभएको थियो ।

– “पुष्पलाल स्मृति दिवसमा नेपाली क्रान्तिको कार्यदिशाको छलफल ।” उहाँको जीवनको अन्तिम लेख थियो ।

– अन्टुकको मुखपत्र ”मजदुर ध्वनि “प्रकाशनमा विशेष योगदान गर्नु भएको थियो ।

– उहाँको परिवारमा श्रीमती मन्जु शर्मा – दुई छोरी ः सामना, सिमाना हुनुहुन्छ ।

निधनः

२०८१ साल जेष्ठ २८ गते ४९ वर्षकै उमेरमा उपचारकै क्रममा उहाँको वीर अस्पतालमा मृत्यु भएको थियो ।

      नारायण सापकोटा

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित