आत्महत्या नगर्न अखिलभारत नेपाली एकता समाजको अपील

 

चेन्नई । अखिल भारत नेपाली एकता समाजले आत्महत्या नगर्न सबैमा अपील गरेको छ । नौदुर्गा गाउपालिका वार्ड ४, सुवाकोट, डडेलधुरा जिल्ला निवासी शेर बहादुर भुलको ४५ वर्षीय छोरा मान बहादुर भुलले आत्महत्या गरेको सन्दर्भमा समाजका महासचिव महेन्द्र वस्यालले सो कुरा बताउनु भएको हो । आत्म हत्या गरेकोमा भुलका परिवारजमा समवेदना प्रकट गर्दै महासचिवले आत्महत्या समस्याको समाधान नभइ कायरतापूर्ण कार्य भएको पनि बताउनु भएको छ ।विदेशको ठाउमा ससाना बालबच्चा छोडेर मुख्य मान्छेले आत्महत्या गर्नु भनेको अत्यन्तै अपरिपक्वता र परिवार प्रतिको धोका भएको महासचिवले जनाउनु भएको छ ।
भूलले १४ जुलाई २०२६ का दिन चेन्नईको पुर्सावाक्कम नजिकै एक बिल्डिंगको छतमा आत्महत्या  गर्नु भएको थियो । निज मान बहादुर भुल परिवार सहित त्यस ठाउमा करिब ६ महिना देखि चौकिदार काम गर्दै आउनु भएको रहेछ । वहाँको परिवार श्रीमती, २ छोरी र १ छोरा छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित