काठमाडौं । आज मार्च २८, महान साहित्यकार माक्सिम गोर्कीको जन्म दिन हो । माक्सिम गोर्की विश्वप्रसिद्ध रूसी साहित्यकार हुन्। उनको जन्म २८ मार्च १८६८ मा रुसको नोभ्गोरोडमा भएको थियो।
गोर्कीको बाल्यकाल धेरै दुःख र संघर्षले भरिएको थियो। सानै उमेरमा उनले आफ्ना बाबुआमा गुमाए र गरिबीका कारण विभिन्न साना काम गर्दै जीवन बिताए। जीवनका ती कठिन अनुभवहरूले नै उनको लेखनलाई यथार्थवादी र समाजप्रति संवेदनशील बनायो।
उनले समाजका गरिब, श्रमिक र पीडित मानिसहरूको जीवनलाई आफ्नो साहित्यमा चित्रण गरे। यही कारणले उनलाई समाजवादी यथार्थवादी साहित्यको प्रमुख लेखक मानिन्छ। उनका प्रसिद्ध कृतिहरूमा ः आमा, मेरो बाल्यकाल, मेरो विश्वविद्यालय लगायतका उपन्यास विशेष रूपमा चर्चित छन्।
माक्सिम गोर्कीले आफ्नो जीवनभर साहित्य र समाज परिवर्तनका विचारहरू प्रस्तुत गरे। उनको निधन १८ जुन १९३६ मा भयो, तर उनको साहित्यिक योगदान आज पनि विश्वभर सम्मानका साथ सम्झिन्छन्।

