अधिकार सबैको हो

सुर्य थापा सिंजाली मगर

अधिकार बहुमत भएकाहरुको मात्र हैन
अधिकार अल्पमतमा भएकाहरुको पनि हो
अधिकार कलम चलाउनेहरुको मात्र हैन
अधिकार कलम नचलाउनेहरुको पनि हो ।

अधिकार बोल्नेहरुको मात्र हैन
अधिकार नबोल्नेहरुको पनि हो
अधिकार आँखा देख्नेहरुको मात्र हैन
अधिकार आँखा नदेख्नेहरुको पनि हो ।

अधिकार धनीहरुको मात्र हैन
अधिकार दुःखी ,गरिबहरुको पनि हो
अधिकार बलियाहरुको मात्र हैन
अधिकार निर्बलियाहरुको पनि हो ।

अधिकार भाषण दिनेहरुको मात्र हैन
अधिकार भाषण सुन्नेहरुको पनि हो
अधिकार उच्च तहमा रहनेहरुको मात्र हैन
अधिकार तल्लो तहमा रहनेहरुको पनि हो ।

अधिकार पार्टी नेतृत्वको मात्र हैन
अधिकार पार्टी सदस्य हरुको पनि हो
अधिकार प्रधानमन्त्रीको मात्र हैन
अधिकार जनताको पनि हो ।

अधिकार सबै सबैको हो
त्यसैले कसैलाई नगरौं अपमान
अधिकार सबैको हो सम्मान
पसिना सबैको आउँछ।

रगत सबैको रातै हो
जाडो सबैलाई हुन्छ
भोक सबैलाई लाग्छ
निन्द्रा सबैको उहीँ हो ।

नजर सबैको आँखाले नै हेर्छ
अन्यायमा मरेको कसैलाई देख्न नपरोस्
सबैको चाहाना यहीँ छ
सम्पन्नता सबैमा हुनुपर्ने अधिकार हो ।

३१–०३–२०२६

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित