नारायण प्रसाद भण्डारी
आजकल विश्व भर एक प्रकारको पीडादायी आतंक त्रास फैलिरहेको छ । यसरी भयभित पार्नमा साम्राज्यवाद र पश्चिमा मूलुकको डन साम्राज्यवादको नाइके अमेरिकाले नै आफ्नो भए भरको न्वारान देखिको बल प्रयोग गरेर एक पटक जनताको तागतले समाप्त पारेर नाम निसाना नै मेटाइएको नरभक्षीं सामन्तवादी (हिटलर) भन्दा अझ खर्तनाक बन्दै कमजोर गरिब गरिखाने वर्गका देशहरुमाथि नयाँ नयाँ तरिकाबाट जाइलाग्ने कुकार्यको नेतृत्व अमेरिकन राष्ट्रपति डोनाल ट्रमले गरेको छ । डोनाल्ड नेतृत्वमा आएकै दिन देखि उसको पहिलो निसाना एवम् कुदृष्टि रुस चीन लगायतका समाजवादी देशहरुमा लगाएको थियो ।अमेरिकाले ब्रम्ह्लुट आतंक मच्चाउँन नदिने साम्राज्यवादको बलियो दुश्मन बाधक तथा काँढेतार भनेकै समाजवादी देशहरु र उनीहरुको छत्रछायामा जीवनयापन गर्ने हितैषी देशहरु हुन । उदाहरणकोलागि भन्नु पर्दा नेतृत्व दायी भूमिकामा चीन, रुस हुन भने उनीहरु प्रति आस्था विश्वास भरोसा राख्दै आएका देशहरु नेपाल इरान (पहिले हसिनापालाको बंगलादेश)उत्तर कोरिया स्वीजरल्याण्ड भेनेजुयला लगायतका दर्जनौ देशहरु पर्दछन् । यी देशहरु भन्दा भिन्न भूमिकामा रहेका देशहरु मध्यको भारतमा पनि अमेरिकाबाट सन्चालित एनजीओ थिए तर भारत पनि विस्तारवादी शक्तिशाली देश भएकोले उनीहरुको कही न कही कुनै न कुनै एजेण्डामा अर्थात गरिब कमजोरमाथि हस्तक्षेप गर्न सकिने ,प्रतिवाद गर्न नसक्ने जस्ता देशहरुलाई दोहन गर्न सक्नेहरुमा मिलेर आक्रमण गर्न एकमत हुन्छन ।त्यसकारण यस्ता भारत बाहेकका अन्यदेशहरुमा सिधै साम्राज्यवादले हस्तक्षेप गर्नु भन्दा पहिले केही न केही जाल भ्रम झुट बेइमानी सुक्ष्म तरिकाले अर्को पक्षले सिधा हेर्दा कुनै दोष खोट लगाउँन नसक्ने किसिमका नौटंकी नाटक कपटपूर्ण गोहीले आहारा खादाँ जस्तो नाटकको माध्यम अप्नाउँनु पर्दथ्यो । त्यसकोलागि डोनाल्ड आउँनु अगाडि नै यस्ता देशहरुमा अमेरिकाले एनजीओ आइएनजीओहरुबाट आप्mनो बलियो उपस्थितिको सन्जाल बिच्छाउँने क्रममा शिक्षा, स्वास्थ्य, यातायात, गरिबी, निवारण कोषको स्थापना महिला हिंसा विरुद्धका योजनाहरु जस्तै नेपालमा (ओरेक नेपाल नामक संस्था) विपतजन्य कोष, युवा स्वरोजगार बेस, सुपरबेस धर्म परिवर्तनका चर्च लगायतका दर्जनौं प्रकारका एनजीओ आइएनजीओका जालहरु बिच्छाएको थियो । अर्को तर्फ युवा पलायनको षडयन्त्रकारी योजनाका लागि (डिबी) अति महगों भिसा अवैध बाटोबाट सयौंयुवाहरुको आत्मघाती जोखिम पूर्ण तल्लो बाटो नामक अवैधानिक यात्राबाट अमेरिका प्रवेश गर्ने नाटकहरु बाट विश्वका लाखौं युवा पलायन गराउँनेको निरन्तरता पहिलेबाटै थियो । नेपालबाट यस्ता युवा पलायनका कार्य नेपालमा भएको १० वर्ष जनयुद्धले सेटब्याक खाए पछि अत्यधिक बढेर गएको थियो ।युद्धको समयमा अमेरिकाले नेपाललाई सताउँनु सम्म सतायो । युद्ध असफल पार्न ठूलो लगानी पनि गरयो ।अन्तमा उसले चाहे जस्तै युद्ध असफल भएपछि नेपालका युवा पलायन हुने गति तीब्र भएर गयो ।जसरी गए पनि कम्युनिष्ट नामको गन्ध सम्म उसले नरुचाउँने भएकाले उसको मन पर्ने उसको हितैषी पार्टी भनेको नेपाली काँग्रेस भएकाले काँग्रेसको सक्रिय सदस्य देखाएमा उसलाई राम्रो हुने किल्ला पार गर्न सहज हुने । यस्ता प्रकृयाबाट नेपालका युवा पलायन गराउँनमा ठूलो हात काँग्रेसको छ ।किन भने अमेरिका पलायन गराउँने पार्टीको कृयाशील सदस्यता प्रदान गर्नमा काँग्रेस त्यसमा पनि देउवाको हस्ताक्षरित रसिद भएमा झनै महत्व हुने अवस्था थियो ।त्यस्तो मान्यता दिनुको पछाडि विगतको १० वर्षे जनयुद्ध अमेरिकाको लागि ठूलो चुनौति थियो । नेपालमा गरिएको जनयुद्धलाई आतंककारीको सज्ञा र नेतृत्वलाई आतंकारीको बिल्ला भिराएर जसरी भएपनि माओवादी आन्दोलन समाप्त पार्नै पर्छ भनेर लागि परेको थियो । त्यसै कारण अमेरिकाले कम्युनिष्ट शब्द सम्म सुन्न सक्दैन। जसरी भएपनि कम्युनिष्ट समाप्त पार्नु पर्छ भन्ने धारणा उसँग यद्यपि छ ।त्यसकारण कतै कुनै न कुनै तरिकाबाट कम्युनिष्ट सत्तामा आउँछ कि भन्ने त्रासमा भएको कारण कम्युनिष्ट त्यसमा पनि माओवादी भनेको दलाल पँुजीवाद सामन्तवाद साम्राज्यवाद कसैकोलागि निकट हुन न सक्ने भएकोले ।अमेरिकाको लागि सकभर माओवादी आन्दोलन धरापमा परोस नभए टुटफुट गुट उपगुट संशोधनवादबाटै कम्युनिष्ट समाप्त होस नभए । आफ्नै हतियारले समाप्त पार्न पाइयोस् भन्ने ठूलो इच्छा चाहना अमेरिका लगाएतका साम्राज्यवादी मुलुकको मन मस्तिष्कमा सुरक्षित छ । यी र यस्तै कुराहरुको बीच ट्रम्पले चुनाव जितेर राष्ट्रपतिको कुर्सीमा आउँदा कै दिन देखि अमेरिकाबाट दिँदै आएको विभिन्न प्रकारको सहयोगहरु मध्य नेपालमा दिएको एमसीसी बाहेकका एनजीओ आइएनजीओ मार्फतका लगानी सबै कटौती गरयो ।यो घटनाका बिच नेपाल लगाएतका एनजीओ आइएनजीओ संग सम्बन्धीत सस्थाहरुले खाँदै गरेको गाँस बिचमै छोडे सरह सम्पूर्ण खाले काम काबार्ही बन्द गरेर कोलाहल मच्चाउँदै भाग्न बाध्य थिए ।यो पनि साम्राज्यवादको नयाँ भ्रम जाल बेइमानी धोकाको एउटा श्रृखला थियो ।
त्यसपछि विभिन्न देशहरुमा नितान्तै स्वार्थसँग जोडिएका अमेरिकालाई साम्राज्यवादको विस्तार गर्न सजिलो पर्ने प्रकारका नयाँ संस्था बनाएर सहयोगको नाटक गर्यो भने नेपालमा दरिलो रुपमा एमसीसी लागु गर्यो । एमसीसी भित्र उसको अर्को रणनीति भनेको एसपीपी हो । यी दुइवटा सस्थालाई आधार बनाएर चीनसँग लड्ने आधारभूमि निर्माण गर्नैकालागि नेपालका पुराना दलबाट सम्भव नदेखे पछि नयाँ जेनजी आन्दोलनको विकास बंगालादेशबाट परिक्षण गरयो । त्यँहाको देश खरानी पारेर हसिनाको विलय खालीदाजीयाको छोरा सत्तामा पुराउन सफल भए पछि नेपालमा जेनजी आन्दोलन गरायो । यहाँ पनि देश पूर्णतया खरानी बनाएर सुशिलाकार्कीको नेतृत्वमा सरकार बनायो ।त्यसले चुनाव गराएर कम्तीमा झणडै दुइ तिहाइको सरकार बालेनको नेतृत्वमा बनायो । यी घटना सबै साम्राज्यवादका नयाँ नयाँ प्रकारका हर्कतहरु हुन् ।
साम्राज्यवाद को नाइके अमेरिकाको नयाँ प्रकारको ठिक कालो डुमिनी खर्तनाक सर्पको जस्तो विषाक्त खेल ?अमेरिकाले रुससँग सोझै आफै नलडेर युक्रेनको काधँमा बन्दुक तेस्र्याएर रुससँग भीडन्त युद्ध मा उतारयो ।जसको कारण आज करिब २,३ वर्ष सम्म युक्रेन रुससँग लड्न बाध्य भयो ।त्यहाँ दुवै तर्फ लाखौ नागरिक हताहत बेपत्ता अरबांैको राष्ट्रिय सम्पदा खरानी बन्न पुग्यो ।तै पनि युक्रेन लड्दै छ ।राष्ट्रियता बचाउँनका खातिर युक्रेनका निडर शाहसी बहादुर राष्ट्रपति आफै नेतृत्व लिएर लडदै छन ।
अब साम्राज्यवादी अमेरिकाको नयाँ एपम् बेइमानी कपटी फटाहा सम्झौतामा धोकेवाज भ्रम पार्ने किसिमको युद्धको प्रपन्च स्वयम् आफैले रच्यो त्यो थियो । इरानको कमाण्डर खामिनीको हत्याबाट युद्धको बिजारोपण गर्यो । त्यहि बीचमा भेनेजुयलाका राष्ट्रपतिको जोडी राती आफनो कोठामा सुतिरहेको मौका पारेर अपहरण गरेर आफनै देशमा बिना कारणै कैद गरि राखेको छ । अर्कोतर्फ ग्रीनल्याणडमा पनि हस्तक्षेप बढाउँन खोज्दा त्यहाँका जनता एकजुट बनेर छिर्नै दिएनन् । त्यहाँबाट लज्जास्पदको हार बेर्होनु परयो । यो सबै इरानलाई निमिट्यान्न पार्ने खेल थियो तर इरान टसमस भएन । त्यसपछि अर्को नयाँ चाल हालै चीन पुगेर चीनीयाँ राष्ट्रपति सँग अति हितैषीको रुप देखायो ।त्यहाँ जानुको कारण अहिले इरान बचाउँने भनेकै प्रमुख हात चीनको छ । आर्थिक देखि हरेक किसिमको आड भरोसा चीनबाटै इरानले प्राप्त गर्दै आएको कुरा थाहा पाएपछि चीनमा पुगेर ।नाटकीय सम्बन्ध देखायो यता युद्ध स्थगित गराए जस्तो गराएर नयाँ चाल खेल्यो ।त्यसपछि चीनबाट फर्के लगत्तै झुक्कायर भ्रम पारेर पूनह इरान माथि आक्रमण गरयो ।
अन्तमा भन्नु पर्दा नेपालमा देखाएको नौटंकी नाटक विस्तारै गणतन्त्र त्यसका नेता सानो उदाहरण २०८३ जेठ १५ गतेको गणतन्त्र दिवसका दिन देखिएको प्रपन्च रचेर जसरी प्रचण्ड के पि दुवै कार्यक्रम स्थलमा उपस्थित नहुनु उपस्थित हुने वातावरण नबनाइनु पनि एकखाले संकेत हो ।अर्को तर्फ गणतन्त्रका पक्षधर सबै समाप्त पार्ने नयाँ खेल खेलिँदै खेलाइँदै छ । त्यसै गरि खाडीका मध्य पूर्वका देशहरु बिरालाले मुसो खेलाए झैं डुमिनी सर्पले दुला भित्र बाहिर झुक्काएर आहारा टिपे झंै गरि समाप्त पार्ने नितान्तै नयाँ तरिकाबाट साम्राज्यवाद आइरहेको छ । यस्तो समयमा पनि नेपालका माओवादी भनाउँदा कम्युनिष्टका खोल ओढेकाहरु अहिले पनि आ– आफना डम्फु बजाउँदै एकाएक आलु छितरिए झंै गरि छितरीनु आफनै निजी स्वार्थमा जुझारु अर्थवाद पद प्रतिष्ठामै लिप्त हुनु भनेको पतनको यात्रा गर्नु हो ।सबैमा चेतना भया ।हवस्त धन्यवाद ।
साम्राज्यवादका नयाँ भ्रम कपट बेइमानीपूर्ण चालबाजी ?
Comments

