क्रान्तिकारी किसान महासंघको दोस्रो राष्ट्रिय भेला सम्पन्न

काठमाण्डौ । क्रान्तिकारी किसान महासंघको ऐतिहासिक दोस्रो राष्ट्रिय भेला २०८३ जेठ १७ र १८ गते इच्छुक साँस्कृतिक प्रतिष्ठान घट्टेकुलो काठमाण्डौमा भव्यताको साथ सम्पन्न भएको छ । भेलाले सीताराम तामाङ (काठमाडौं)को संयोजकत्वमा ३१ सदस्यीय समिति गठन गरेको छ जसमा सहसंयोजक,धनेश्वर पोख्रेल (प्यूठान), बाबुराम सुवेदी(तनहुँ), क्षेत्रबहादुर थापा (नवलपरासी), टंक प्रसाद कोइराला (कैलाली), बालकृष्ण सुवेदी (सुनसरी), दीपक शाही (बाँके), सोमानसिं तामाङ (काभ्रे), रामनारायाण सिं (सिराहा), कृष्णभक्त महर्जन (ललितपुर), कर्णबहादुर थापा (बारा), दिवाकर न्यौपाने (चितवन), प्रकाशबाबु खनाल (चितवन), कृष्णकुमार ढकाल (मोरङ), ढुण्डिराज न्यौपाने (नुवाकोट), कमल उप्रेती (कपिलवस्तु), प्रकाश ऐर (डडेल्धुरा), क्षेत्र बहादुर आले (भक्तपुर), थलप्रसाद देवकोटा (सिन्धुली), लोकबहादुर वि.क. (कैलाली), शशिराम बुढाथोकी (दाङ), देवीराम आचार्य (सुर्खेत), राम भाट (कैलाली), खड्क कुँवर (चितवन), सूर्यनारायण चौधरी (सप्तरी), बहादुर सिंह चाँड (डडेल्धुरा), श्रवण वि.क. (उदयपुर), देवानन्द चौधरी (बारा), तेजनारायण यादव (धनुषा), केजी कुमार पौडेल (रुपन्देही) रहनु भएको छ र एक स्थान रिक्त राखिएको छ । भेला पछि बसेको बैठकले ११ सदस्यीय सचिवालय गठन गरेको छ जसमा संयोजक सिताराम तामाङ ,सह संयोजक धनेश्वर पोख्रेल ,सदस्यहरु बाबुराम सुवेदी, क्षेत्रप्रताप थापा, टंक प्रसाद कोइराला ,बालकृष्ण सुवेदी, दीपक शाही, सोमानसिं तामाङ, राम नारायण सिङ,कृष्ण भक्त महर्जन, कर्ण बहादुर थापा रहनु भएको र कार्यालय सचिव कृष्णभक्त महर्जनलाई चयन गरेको र संघर्षको कार्यक्रम १ महिना पछि बस्ने बैठकले निर्णय गर्ने जानकारी सह संयोजक धनेश्वर पोख्रेलले दिनु भयो ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव सिपी गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलाले संयोजक सीताराम तामाङ्ले प्रस्तुत गरेको ‘नीति तथा कार्यक्रम र महासचिव धनेश्वर पोख्रेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन व्यापक छलफल पछि पारित गरेको छ ।
भेला उद्घाटनको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव सिपी गजुरेल रहनु भएको थियो । गजुरेलले भेला सफलताको शुभकामना दिँदै आर्थिक वर्ष २०८३ ÷८४को बजेट गरिब दुःखीको हितमा नभएको बताउनु भएको छ । महासचिवले सरकार जसले गठन गरेका हुन् उनैको पक्षमा बजेट आएको बताउँदै अहिलेको सरकार बन्नुमा साम्राज्यवादी तथा विस्तारवादीहरुको हात रहेको उल्लेख गर्नुभयो । बजेट दलाल र विचौलियाहरुको हितमा आएको बताउनु भयो । किसान, मजदुर तथा श्रमजीविको पक्षमा बजेट नरहेको कुरा औंल्याउँदै महासचिवले किसान मजदुर तथा श्रमजीविहरुले यो विषयलाई गम्भीरतापूर्वक मनन गरेर अगाडि बढ्नु पर्ने कुरामा जोड दिनु भयो । वहाँले बजेटमा किसानहरुका समस्या समाधानको प्रमुखता पर्नु भन्दा बाँदरको विषय प्रमुखतामा परेको बताउनु भयो । साम्राज्यवादीहरुले आत्मनिर्भर भएर रहेका देशहरुलाई आत्म निर्भर हुन नदिने, समस्यामा पारिदिने बजार उसको हितमा प्रयोग गर्ने गरेको बताउँदै सरकारले भूमिबैंकको अवधारणा ल्याएर किसानहरुलाई भूमि विहीनतामा पु¥याउन चाहेको बताउनु भयो ।“अहिले देशमा रोजगारी चाहिएको छ रोजगारी नपाएर किसानका छोराछोरी विदेश पुग्न बाध्य छन् । सरकारले युवाहरुलाई विदेश जान एयरपोर्टमा धकेलिदिने काम गरेको छ ,बजेटमा युवाहरुलाई रोजगारी सिर्जना गर्ने कुनै योजना नै छैन। अब नेपाली युवाहरुलाई थप विदेश जान दिनु नेपालीको हितमा छैन” महासचिवको भनाइ रहेको थियो । महासविचवले क्रान्तिकारी आन्दोलन अत्यन्त कमजोर अवस्थामा रहेको बताउँदै अब कम्युनिष्ट पार्टीले क्रान्तिकारी आन्दोलन अगाडि बढाउन गम्भीरतापूर्वक विचार,चिन्तन मनन गर्नु पर्ने कुरामा जोड दिनुभयो । वहाँले यो अवस्थामा किसानहरुको भेलामा आउनु भएका किसान नेताहरुले गम्भीर चिन्तन गर्नुहुनेछ र सल्लाह सुझाव दिनु हुनेछ भन्ने विश्वास व्यक्त गर्नु भयो । वहाँले विगतको नेपालको किसान आन्दोलनको स्मरण गर्दै विगतमा नेपालमा ठूला ठूला किसान आन्दोलन चलेको बताउनु भयो । कम्युनिष्ट आन्दोलन किसानविना असम्भव रहेको बताउँदै महासचिवले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले किसान आन्दोलनलाई ,किसानका हक हितलाई प्राथमिकतामा राखेको बताउनु भयो । वहाँले किसान आन्दोलनलाई उठाउन पार्टीले के गर्नु पर्छ गर्न तयार रहेको बताउँदै ठोस रुपमा योजना बनाएर परिणाम आउने गरी काम गर्न निर्देशन पनि दिनु भयो । फरक प्रसंगमा वहाँले अहिले अवसरवादी,दलाल नोकरशाही पुँजीपतिहरु क्रान्तिकारी पार्टी भत्काउन लागि परेको, पार्टी फुटेर जाने संस्कृति मौलाएको बताउनु भयो । वहाँले क्रान्तिकारी आन्दोलन अगाडि बढाउने परिस्थिति निकै जटील रहेको जनाउँदै अहिले अफ्ठ्यारो अवस्थामा हामीले क्रान्तिलाई अगाडि बढाउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नौ नं व्यूरो इन्चार्ज दिनेश शर्माले अहिलेको बजेट माथिल्लो तहको वर्गलाई स्थापित गर्ने र मजदुर किसानलाई विस्थापित गर्ने किसिमले ल्याएको बताउनु भयो । क्रान्तिकारी महिला संगठनका सह– संयोजक शारदा महतले किसानहरुको समस्या जटील भइरहेको बताउँदै महिलाहरुले कृषि क्षेत्रमा अत्यन्त मिहेनत गरे पनि उचित पारिश्रमिक, उत्पादनको उचित मूल्य पाउन नसकेको बताउनु भयो । नेपाल प्राध्यापक संघका अध्यक्ष प्रा.डा.जगदीश चन्द्र भण्डारीले किसानहरुको भेला साँच्चिकै श्रमिक वर्गको भेला भएको बताउँदै भेला सफलताको शुभकामना दिनु भयो । वहाँले क्रान्तिकारी किसान महासंघको छुट्टै पहिचान छ भन्नु हुँदै भेला मुलुकलाई फेर्ने,राष्ट्रिय स्वाधीनताको निम्ति संघर्ष गर्न निर्देशित छ भन्नु भयो । शासनको माथिल्लो तहमा बसेका कम्युनिष्ट नामधारीहरु तत्वहरु दक्षिणपन्थी अवसरवादीहरुले कम्युनिष्ट आन्दोलनलाई धुमिल्याएको बताउनु भयो । उहाँले साम्राज्यवादबाट निर्माण भएको शक्तिले मुलुकलाई फासीवादतर्फ लैजाँदै छ भन्नु हुँदै त्यसको विरोधमा क्रान्तिकारीहरु एक हुुनु पर्ने औंल्याउनु भयो ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सल्लाहकार समितिका सचिव कमल चौधरीले वर्तमान अवस्थामा किसान आन्दोलन शिथिल हुन पुगेको बताउँदै किसानमा वर्गीय दृष्टिकोण पस्न नसकेको बताउनु भयो । क्रान्तिकारी किसान महासंघको अध्यक्ष सीताराम तामाङको अध्यक्षता,महासचिव धनेश्वर पोख्रेलको सञ्चालनमा अगाडि बढेको भेला सफलताको शुभकामना दिनेहरुमा क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक इश्वर तिमल्सिना, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष महेश श्रेष्ठ रहनु भएको थियो ।
भेलाको समापन समारोहमा संयोजक सीताराम तामाङले नयाँ समितिको तर्फबाट प्रतिबद्धता व्यक्त गर्नु भयो भने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको तर्फबाट मोदनाथ मरहट्टाले निर्वाचित समितिलाई बधाइ ज्ञापन गर्नुभयो र दुइ जना प्रतिनिधिहरुले हलबाट आफ्नो भनाइ राख्नु भयो र अध्यक्षबाट भेलाको समापन भएको थियो ।

 

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित