काठमाडौं । क्रान्तिकारी सुकुम्बासी संघ नेपाल केन्द्रीय संगठन समितिको बैठक सम्पन्न भएको छ । २०८३ जेष्ठ २१ गते केन्द्रीय संगठन समितिका संयोजक तिलक बि.क. को अध्यक्षतामा बसेको बैठकले संगठन र संघर्ष सम्बन्धी आबश्यक निर्णयहरु लिएको छ । क्रान्तिकारी सुकुम्बासी संघ नेपालको राष्ट्रिय भेलाको तयारीमा लाग्ने र संगठन विस्तार गर्ने बैठकले निर्णय गरेको छ । बैठकले काठमाडौं उपत्यका र देशका विभिन्न भागमा सरकारले श्रृजना गरेको डोजर आतंकको विरोधमा संघर्ष गर्ने र विस्थापितहरुलाई पुनस्र्थापित गर्न एकल वा संयुक्त संघर्ष गर्ने निर्णय लिएको छ । बैठकमा क्रान्तिकारी कम्युुनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख रामसिंह श्रीसको प्रमुख आतिथ्यता र स्थायी समिति सदस्य तथा सुकुम्बासी मोर्चाका इञ्चार्ज सीताराम तामाङको विशिष्ट आतिथ्यता थियो ।

