परराष्ट्रमन्त्री चीन भ्रमणमा जाँदै

काठमाण्डौ । परारष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा जाँदै छन् । चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा मन्त्री खनाल चारदिने (३१ जेठ–३ असार) भ्रमणका लागि बेइजिङ जाने भएका हुन् । २०८३ जेठ २२ मा तीन दिने भारत भ्रमणकालागि गएका खनाल एक हप्ता पछि नै चीन भ्रमणमा जान थालेका हुन् । भ्रमणका क्रममा मन्त्री खनालले समकक्षी वाङसँग द्विपक्षीय वार्ता गर्नुका साथै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरूसँग भेट गर्नेछन् । जेनजी आन्दोलन र फागुन २१ गतेको संसदीय निर्वाचन पछि बनेको सरकार भएकाले यो सरकारले कस्तो नीति अवलम्वन गर्ने हो ? भनेर कुटनीतिक क्षेत्रमा हेरिएको अवस्थामा सरकारका पराष्ट्रमन्त्री चीन भ्रमणमा जाने तय हुनुलाई निकै महत्वका साथ हेरिएको छ । रास्वपाले विकास कुटनीतिलाई अगाडि बढाएको छ । विकासलाई प्राथमिकतामा राखेर छिमेकी देशहरुसँग सम्बन्ध स्थापित गर्न खोजेको सरकारले दुवै छिमेकी देशहरुलाई विश्वासमा लिन चाहेको देखिन्छ ।
जेनजी आन्दोलनमा स्वतन्त्र तिब्बत पक्षधर (तिबतियन ओर्जिनल ब्लड)को समेत सहभागिता रहेको र नयाँ निर्वाचित वालेन्द्र साहको सरकारलाई फ्रि तिब्बतको पक्षमा रहेका दलाइ लामाको समेत बधाइ आएको सन्दर्भमा नेपालको चीनप्रतिको कुटनीति कस्तो प्रकारको हुन्छ ? भन्ने आशंका बेइजिङको देखिन्छ । २१ फागुनको निर्वाचनलगत्तै चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका केही नेता काठमाडौं आएका थिए । उनीहरूले रास्वपा सभापति रवि लामिछाने र खनाललगायत नेतासँग भेटवार्ता गर्दै नयाँ सरकारको दृष्टिकोणबारे छलफल गरेका थिए । त्यसक्रममा उनीहरूले नयाँ सरकारले पश्चिमा नीति अवलम्बन गर्छ कि भनेर जिज्ञासासमेत राखेका थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित