अमेरिकी साम्राज्यवाद र हैंटीका जनताका दुर्दिन

अपत्य शर्मा
हात्ती आफ्नो हस्ती हाडका लागि मारिन्छ भने कस्तुरी उसँगै भएको कस्तुरीका लागि मारिन्छ । खनिज पदार्थका धनी एसियाली, अफ्रिकाली तथा ल्याटिन अमेरिकी मुलुकहरु उनीहरुसँग भएको अमूल्य अकुत खनिज पदार्थहरुका कारण साम्राज्यवादी मुलुकहरुको काटमार र औपनिवेशिक दासताको सिक्रीमा बाँधिएर आफ्नो स्वतन्त्रता नै गुमाएका छन् । नरभक्षी साम्राज्यवादीहरु राजनैतिक, आर्थिक, सांस्कृतिक स्वार्थसिद्धि गर्न जस्तोसुकै घृणित, पतित, अमानवीय कुकृत्य गर्न पनि पछि परेका छैनन् र पछि पर्दैनन् । प्रारम्भिक कालमा बजारका लागि, त्यहाँका खनिज पदार्थ तथा प्राकृतिक स्रोत र साधनहरुको दोहोन गर्न बाइबल र बन्दुक प्रयोग गर्थे । अबका दिनहरुमा प्रजातन्त्र, मानव अधिकारको रक्षाका नाममा कृत्रिम बौद्धिकताको प्रयोग गरेर मानव मस्तिष्कको सिर्जनशीलता, मानवीय संवेदनशीलता, विश्वबन्धुत्व आदिलाई समूल नष्ट गर्दैछन् । साम्राज्यवादी तथा फासिवादीको सिद्धान्त नै गरिबीको अन्त्य गर्न गरिबहरुको सफाया गर्नु हो । त्यस्तै अपांगताको अन्त्य अपांगहरुको अन्त्य गर्नुलाई बताउँछन् । ठूला पराक्रमी वीर भनिएका राजा महाराजाहरुका इतिहासका मोटा पुस्तकहरु प्रशस्तै पाइन्छन्, जसमा उनीहरुले गरेका अकल्पनीय अन्याय, अत्याचार र आम नरसंहारका बारेमा लेखिंदैन, मात्र त्यस्ता अत्याचारीलाई देवत्वकरण गरेर गुणगान गरिएका हुन्छन् ।
क्रान्तिकारी रक्तरंजित इतिहास भएको क्यारेवियन मुलुक हैंटीका जनता चरम दुर्दिनहरुको सामना गरिरहेछन् । सुन, चाँदी, तामा र बक्साइड आदि अरबौं मूल्यका खनिज पदार्थहरु भएर पनि सबैभन्दा गरिब मुलुकमा गणना गरिन्छ । अरबौं अमेरिकी डलरका खानीहरु अमेरिकी स्वामित्वमा रहेका छन्, जसमा जनरल कर्पोरेसन र सोसाइटी मिनिरे डुनोर्डे इस्टे(सोमिन) र एउटा हैंटीयन कम्पनीले एकाधिकारका रुपमा शोषण गर्ने अधिकार पाएका छन् । अरु कम्पनीहरुले खोजी गर्ने अधिकार पाए पनि सबैको म्याद सकिएको बताइन्छ । हाल कार्यकारी प्रधानमन्त्रीको रुपमा एलिक्सस डिडियर फिल्स एमी छन् । उनी नै हैंटीका सर्वेसर्वा कार्यकारी नेता छन् । चौतर्फी फैलिएको अस्थिरता र ग्याङ हिंसाले हैंटीमा चुनिएका राष्ट्रपति र संसद संचालनमा छैन । आपराधिक ग्याङले मोटामोटी ९० प्रतिशत राजधानी पोर्ट औ प्रिन्समा नियन्त्रण गरेका छन् ।
एक करोड वीस लाख जनसंख्या भएको हैंटीको क्षेत्रफल कुल २७,७५० वर्गकिलोमिटर (१०,७१४ माइल) छ । क्यारेवियन क्षेत्रमा रहेका एउटै टापुमा रहेका हैंटी र डोमेनिकन छुट्टाछुट्टै देशहरु हुन् । हैंटीको पूर्वी भागमा डोमिनिकन रिपब्लिक र पश्चिमी भागमा हैंटी पर्छ । क्यारेवियन सागरको उत्तरमा फ्लोरिडा र क्युवा जस्ता अमेरिकी क्षेत्रसँग जोडिन्छ भने दक्षिणमा सान्ता डोमिङ्गो, प्यूर्टोरिको आदि द्वीपहरुसँग जोडिन्छन् । फ्रान्सेली साम्राज्यवादीहरु उखुखेती गर्न पश्चिम अफ्रिका र सेन्ट्रल अफ्रिकी मुलुक कंगो र अङ्गोलाबाट अफ्रिकीहरुलाई जवरजस्ती सिक्रीले बाँधेर हैंटीमा ल्याइएका थिए । दास बनाइएका उखुखेती गर्ने हजारौं दासहरु थोरै समयमा नै मर्दथे । फ्रान्सेली मालिकहरु दासहरुलाई चरम क्रुर यातना दिने, स्वास्थ्य जाँच गरेर उपचार गर्नुको साटो भोकभोकै थोरै खानदिने गर्दथे र सरसफाईको अभाव, र कुपोषणले गर्दा मर्दथे । १६ घण्टादेखि १८ घण्टासम्म कडा शारीरिक श्रम, कोर्रा लगाउनु, हत्या गर्नु, भूमध्य सागरको उच्च तापक्रम विभिन्न खाले रोग आदिले केही दिनमै दासहरु मर्दथे । चोटपटक मलेरिया र पहेंलो ज्वरो आदि ज्वरो पहेंलो रोग लाग्नेहरुलाई उपचार गर्नुको साटो तड्पि तडपि मरेको रमाइलो मानेर हेर्दथे । उपचार गर्नुको साटो सस्ता नयाँ दासहरु ल्याउँथे । हैंटीमा फ्रान्सेली साम्राज्यवादी मालिकहरुले दासहरुलाई उखु खेती गरेका छेउछाउमा दासहरुलाई जमिन दिएर आफै खेती गरेर खान लगाउँथे र खडेरीले उत्पादन नभएमा खान नपाएर चाँडै नै दासहरु मर्दथे ।
विगतका साम्राज्यवादी तथा विस्तारवादी र वर्तमानका साम्राज्यवादी तथा विस्तारवादीको अश्वेतहरुप्रतिको घृणा, अन्याय, अकल्पनीय शोषण, उत्पीडनमा कुनै फरक छैन । विगतका साम्राज्यवादी विश्व युद्धहरु र औपनिवेशिक जनताका संघर्षहरुले गर्दा विकसित पुँजीवादी मुलुकहरुमा परिणत भए पनि अमेरिकी साम्राज्यवादीको सैनिक संगठनमा आबद्ध छन् । तर अमेरिका र इज्रायलले गाँजामा गरेका आम नरसंहार, लेबनान र इरानमाथि गरेका आक्रमणले गर्दा यूरोपेली मुलुकहरुले अमेरिकालाई समर्थन गर्नुको साटो आफ्नो अलग सैनिक संगठन बनाउने प्रयास गर्दैछन् । पूर्णरुपले अमेरिकी साम्राज्यवादी महाशक्ति आफ्नै सहयोगी सहयात्रीहरुबाट एक्लिएको छ । इरानको तेलमाथि अधिकार जमाउने सपना देखेको अमेरिकालाई इरानले अमेरिकी अजेयफाइटर जहाजहरु खसालेर धूलो चटाउँदैछ ।
अमेरिकी साम्राज्यवादीको तलुवा चाट्ने “पापा डक” र “बेबी डक”ले हैंटीको चरम शोषण, उत्पीडन र दमनको परिणाम नै आजका हैटीयन जनताले ठूलठूला दुर्दिनहरुको सामना गरिरहेछन् । तर हैंटी विश्वको पहिलो दास विद्रोहको लामो संघर्ष बोकेर अश्वेत दास मुक्त स्वतन्त्र राष्ट्र बनेको हो । हैंटीको क्रान्ति १७९१ देखि १८०४ सम्म भएको थियो । पश्चिमी गोलाद्र्धमा पहिलो दासता उन्मूलन गर्ने देश हैंटी हो । हंैटीमा १६ औं शताब्दीमा दास बनाइएका अफ्रिकनहरुलाई आयात गरिएको थियो ।
सन् १४९२ मा स्पेनिस क्रिस्टोफर कोलम्बसले हिस्पानोइला टापु पत्ता लगाए, जुन हाल हैटी र डोमिनिकन गणतन्त्रमा पर्छ । स्पेनिशहरुले १४९२ देखि १६९७ सम्म शासन गरे । स्पेनिसहरुले आदिवासी टाइनोली जनतालाई दास बनाएर जबरजस्ती काममा लगाए र यूरोपेली रोग सारे । संसारसँगै अलग बसेका आदिवासीको जनसंख्या ९० प्रतिशतले (टाइनाली) घटाए । यसरी घटेको जनसंख्यालाई स्पेनिसहरुले दास बनाइएका अफ्रिकीहरुलाई १५०१ मा हैंटीमा ल्याए । आधुनिक डोमिनिकन रिपब्लिकको पूर्वी क्षेत्रलाई उपनिवेश बनाउने प्रयास गरे । १६९७ मा छोडिएका क्षेत्रहरुका लागि दशकौंसम्म भएको लडाइपछि रिज्स्विज्क सन्धि गरेर स्पेनले टापुको पश्चिमी क्षेत्र फ्रान्सलाई सुम्पियो ।
फ्रान्सले हैटीमा क्रुरतापूर्वक जनतामाथि शासन ग¥यो । त्यस समयमा हैंटीलाई सेन्ट डोमिङगो भनिन्थ्यो । साम्राज्यवादी फ्रान्सले यो टापुमाथि अधिकार जमाएपछि यहाँ अफ्रिकाबाट लाखौं दासहरु ल्याएर उखू र कफिको खेती गरायो । चरम अमानवीय श्रम शोषणले गर्दा यो फ्रान्सको सबैभन्दा धनी उपनिवेश भयो । हैंटीको क्रान्ति र स्वतन्त्रता (१७९१–१८०४) हैंटीको दास क्रान्ति हुनुमा फ्रान्सको क्रान्तिको प्रभाव भनिन्छ । क्रान्तिको नेतृत्व टुस्याँ लुमरच्योरले शुरु गरे । त्यसपछि जाँ–ज्याकुस डेसालिन्सले क्रान्तिको नेतृत्व गरेर त्यसमा अरु तीब्रता आयो । सन् १८०४ जनवरी १ मा हैंटीले स्वतन्त्रताको घोषणा ग¥यो र विश्वको पहिलो अश्वेत गणतन्त्र तथा दास प्रथाको अन्त्य गर्ने पहिलो राष्ट्र बन्यो ।
हैटीलाई स्वतन्त्र गर्ने क्रान्तिकारी नेता जाँ ज्याकुस देसालिन्स हुन् । उनले फ्रान्सको क्रुर बर्बर अत्याचारी औपनिवेशिक शासन विरुद्ध क्रान्तिकारी गुरिल्ला युद्ध हिर्काउ र भागको नीति लिए । पहाडी भूवनोटको प्रयोग गरेर फ्रान्सेली निर्यात लाइनलाई ध्वस्त पारेर फ्रान्सेली सेनालाई परास्त गरे । डेसालिन्सले आप्mना सेनालाई खाद्यवाली नष्ट गर्ने इनारहरुमा विष हाल्ने गरेर फ्रान्सेली सेनालाई भोकै मार्नुको साथै घातक भूमध्यरेखीय रोगहरु एलोफिभर र मलेरियाले गर्दा पनि फ्रान्सेली सेनाको लड्ने क्षमता नै नष्ट भयो । तटीय सहरहरुबाट टाढा विशाल अन्तर्देशीय किल्लाहरु बनाएर हैटीयन सेनाले आफ्नै गन पाउडर बनाएर रणनैतिक आक्रमणहरु गरे । १८०२ को मार्च र अप्रिलमा आफ्ना किल्लाहरुको रक्षा गर्ने र थोरै सैन्य शक्ति भएको हैटी सेनाले ठूलो सैन्यशक्ति भएको फ्रान्सेली सेनालाई हराउँदै पछि हट्न बाध्य पारे । त्यस प्रतिरोधी युद्धमा फ्रान्सेली सेनाको ठूलो क्षति भयो । भर्टारिसको (नोभेम्बर १८,१८०३) युद्ध अन्तिम र निर्णायक भयो । यो एउटा हैटियन क्रान्तिको नेतृत्व डेसालिन्स आफैले गरेर फ्रान्सेली रणनैतिक किल्लामाथि लगातारको आक्रमणले फ्रान्सेली जनरल शेचाम्बीउको नैतिक शाहस नै गुम्यो र फ्रेन्चहरुले त्यस टापुमा आत्मसमर्पण गरे । १८०४ मा अविश्वासी फ्रान्सेली उपनिवेशवादीहरुलाई सफाया गरियो ताकि बाँकी रहेकाहरुले फेरि दासप्रथा थोपर्ने षडयन्त्र गर्न नसकुन । हैटीको स्वतन्त्रताको लडाइँमा २ लाख अश्वैत हैटीयन, फ्रान्सेली सेना, दासहरु र क्रान्तिकारीहरुले ज्यान गुमाए ।
१ जनवरी १८०४ मा स्वतन्त्रताको आधिकारिक घोषणा गरेपछि डेसालिन्सको सरकारले निकालिएका तथा मारिएका फ्रेन्चहरुका सबै जमीन र मालसामान सबै जफत ग¥यो ।
देसालिन्स १७४७ मा काप फ्रान्सोइसमा जन्मेका उनी दास नै थिए । जुन अहिलेको हैटीमा पर्छ । त्यही आफू जन्मेको गाउँबाट उनको राजनैतिक जीवन शुरु भयो । ज्याक्सको नाममा सालिक, विद्यालयहरु र राजनैतिक पार्टी पनि छन् । यस्ता नायकलाई उनको संघर्ष र स्वतन्त्रताको योगदानालाई स्मरण गराउँछन् । तर स्मरणीय छः यस्ता क्रान्तिकारी नायक जीन–जाकुस डेसालिनलाई साम्राज्यवादीले १७ अक्टोबर १८०६ मा हत्या गरे ।
साम्राज्यवादीका लागि हैटीको स्वतन्त्रता मन नपर्नु स्वाभाविकै हो, किनभने साम्राज्यवादीका अन्य उपनिवेशहरुले पनि हैटीको क्रान्तिको सिको गर्लान् र आफ्नो अकुत धन कमाउने स्रोत गुम्न सक्थ्यो । यसैकारण हैंटीलाई बहिष्कार गरे ।
सन् १८२५ मा फ्रान्सले आफ्ले गुमाएको क्षतिपूर्ति भन्दै हैंटीलाई १५ करोड फ्रान्क तिर्न बाध्य पा¥यो, जसले गर्दा हैंटी लामो समयसम्म ऋणको धापमा गाडियो । फ्रान्सको ऋण तिर्दैमा देशको पुँजी र विकास ठप्प भयो ।जीन ज्याक्स डेसालिनको हत्यापछि हैंटी उत्तरी क्षेत्र दक्षिणी क्षेत्रमा विभाजित भयो र गृहयुद्धमा फस्यो ।
१९१५ देखि १९८६ सम्म अमेरिकी साम्राज्यवादीको नियन्त्रणमा हैंटी गयो । अमेरिकी नियन्त्रणमा जानुको कारणमा गहिरिंदै गएको राजनैतिक अस्थिरता र ऋणका कारण सन् १९१५ देखि १९८६ सम्म प्रत्यक्ष सैनिकद्वारा नियन्त्रण ग¥यो ताकि यूरोपेली मुलुकहरुले नियन्त्रण नगरुन । अमेरिकी साम्राज्यवादीले हैंटीमा अधिकार जमाएपछि हैंटीको बैंकमा ढरौंटीको रुपमा रहेको बैंकको सुन करिब ५ लाख अमेरिकी डलर जुन २०२४ को मूल्य अनुसार १५,६५९,४६८ अमेरिकी डलर बराबर हुन आउँछ, त्यो सुनलाई अमेरिकी सेनाले हैंटीको राष्ट्रिय बैंकबाट न्यूयोर्कको नेशनल सिटी बैंकमा राख्यो । हाल त्यो बैंकलाई सिटी बैंक भनिन्छ ।
कट्टर साम्यवाद विरोधी अमेरिकी साम्राज्यवादीका कठपुतली जनविरोधी फ्रान्को डुभालियर (“पापा डक”) ले १९५७ मा भएको राष्ट्रपतिको चुनावमा सेनाको आड भरोसा, नक्कली मतदाताको भोट र टोनटोन पारामिलिटरी टोनटो मकाउटकको आतंकवादी क्रियाकलापले चुनाव जित्यो । त्यसपछि १९६४ मा आफूले आफैलाई आजीवन राष्ट्रपति घोषणा ग¥यो । १९७१ मा डुभालियरको मृत्यु भयो र उसको १९ वर्षीय छोरो जीन क्लाउड डुभालियर (“बेबी डक”) हैंटीको राष्ट्रपति भयो । हंैटीको राजनैतिक घटनाक्रममा सम्पूर्ण रुपले घरेलु र पारामिलिटरीको तानाशाही चल्यो । १९७० देखि १९८० सम्म अमेरिकाले प्रत्यक्ष आर्थिक, सैनिक र कुटनीतिक सहायता बेबी डकको सत्तालाई दियो, किनभने स्थायी विश्वासिलो दक्षिणपन्थी सरकार बेबी डकको थियो ।
हैंटीका राष्ट्रपति जोभेनल मोइसे राजनीतिज्ञ तथा व्यापारी थिए । उनी हैंटीका २०१७ देखि हत्या नगरिन्जेल ७ जुलाई २०२१ सम्म पदमा रहे । मोइसेलाई रातको १ बजे आप्mनै निवासमा अज्ञात बन्दुकधारीहरुको समूहले हत्या गरिएको थियो । हत्या गरिएका राष्ट्रपति विवादित र भ्रष्टाचारका आरोपित थिए । त्यसपछि हैंटीमा गम्भीर राजनैतिक संकट ल्यायो र व्यापक हिंसा र गिरोहको बिगबिगी छ । चौतर्फी फैलिएको अस्थिरता र गिरोहको हिंसाले हैंटीमा चुनिएको राष्ट्रपति र संसद संचालनमा छैन । तर पनि हाल कार्यकारी प्रधानमन्त्रीको रुपमा एलिक्स डिडियर फिल्स एमी छन् । उनी नै सर्वेसर्वा हैंटीका एक जना व्यापारी र राजनीतिशास्त्री हुन् । उनले हैंटीमा शान्ति सुरक्षा कायम गर्न सकेका छैनन् ।
उपरोक्त हैंटीको विगत र वर्तमानको कहालीलाग्दो विवरणले के प्रष्ट हुन्छ भने साम्राज्यवादी कति क्रुर र पतित हुन्छन् भन्ने दर्शाउनुका साथै साम्राज्यवादी शोषण, उत्पीडन र दमन गर्ने मात्र हुन् आम जनताका असीम कष्ट आइपर्दा उद्धार गर्दैनन् । साम्राज्यवादी मानव होइनन् दानव हुन् । नेपालका राष्ट्रघाती दलका नेताहरुले एमसिसि पास गरेर राष्ट्रघाती कुकर्म गर्नुका साथै नेपालको मुस्ताङमा रहेको युरोनियम अमेरिकी साम्राज्यवादीको निसानामा पार्ने प्रवल सम्भावना देखिंदैछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित