उही गौरव चन्द्र सूर्य ध्वजाभरि

गणेश वि.क.

कुन पहाडले कुन खोलाले तिम्रो गति छेकेध्यो ?
वीर पुर्खा कुन आँघीले तिम्रो यात्रा रोकेध्यो ?
गरुडको झैँ वेग तिम्रो कुन आकाश बाँध्न सक्यो
पौरखले रच्यौ नेपाल पहाड तराई जुट्न सक्यो ।

पुर्व टिस्टा तिमीलाई मस्झी अझै रुन्छ होला
पश्चिम राबी तिम्रो अझै रगत धारा धुन्छ होला
काँगडा र कलड्गाको ढुङ्गा माटो बोल्छ होला
वीर पुर्खा तिम्रो गीत गङ्गाभरि गुन्जिन्छ होला !

डिगर्चामा डोब तिम्रो चिसो हिउभित्र होला
बेत्रावती किनारभरि पौरखको चिनो होला
वीर पुर्खा तिमीलाई मितेरीले मात्रै बाँध्यो
सागर तरी संसारभरि वीर गोर्खा रगत बग्यो ।

नाका धुनी नेपालीलाई कसले छेकध्यो र
हिमालको हिमनदी कसले रोक्न सकेध्यो र ?
वीर पुर्खा तिम्रै रगत नेपालीका नसा भरि
उही गीत उही गौरव चन्द्र सुर्य ध्वजाभरि!

डडेल्धुरा जिल्ला परशुराम नगरपालिका वडा नं ०१ सलौन डडेल्धुरा
मिति २०८३÷०२÷२७ गते

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित