काठमाण्डौ । हिजो जेष्ठ ३० गते वन डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा सामान बेचेर आफ्नो परिवारको जीविकोपार्जन गर्दै आएको एक गरिब परिवारले वर्षौंको पसिनाले जोडेको टेम्पो भिरबाट फालिदिएको घटनाको चौतर्फी विरोध भएको छ । घटना सामाजिक संजालमा भाइरल भएपछि हाँक टुडेले जिल्ला प्रहरी कार्यालय कैलालीका इन्स्पेक्टर लोकराज जोशीसँग बुझ्न खोज्दा “हामीलाई पनि त्यो घटना थाहा थिएन ।सामाजिक संजालमा त्यो घटना भाइरल भए पछि मात्र हामीलाई घटनाको जानकारी भयो । भिडियो भाइरल भए पछि बुझ्ने कार्य भइरहेको छ । जिल्ला डिभिजन वन कार्यालय कैलाली,डिभिजन वन कार्यालय पहलमानपुर , अत्तरिया सब डिभिजन कार्यालय ,सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट सम्बन्धित कार्यालयमा गइ डिभिजन वन कार्यालय धनगढीका कर्मचारी र पीडित भनिएका व्यक्तिहरुसँग सोधपुछ गर्ने काम चलिरहेको छ कसैलाई नियन्त्रणमा लिने वा गिरफ्तार गर्ने गरिएको छैन ” भन्ने जानकारी गराउनु भयो । उता डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरुले वन अतिक्रमण गर्न थालिएकाले उक्त कदम चाल्नु परेको भनेर पत्रकार सम्मेलन गरी आफुलाई सफाइ दिने कोशिस गरिरहेका छन् भने अर्कोतर्फबाट गरिखाने जनतामाथि अन्याय गरेको ,गरिब ,निम्न आय भएका परिवारमाथि अत्याचार गरेको भन्दै पीडितलाई न्याय र पीडकलाई कारवाहीको जोडदार माग गरिएको छ । वालेन्द्र साहको नेतृत्वमा सरकार बनेपछि पहिलो प्रहार सुकुम्बासीमाथि गरेका छन् । हज्जारौं सुकुम्बासी वस्तीमा डोजर चलाएर सुकुम्बासीको विचिल्ली भएको छ । गरिब निमुखाहरुलाई लखेटिएको छ । सानोतिनो व्यापार व्यवसाय गरेर गुजारा चलाउने निम्न आय भएकाहरु निरन्तर निशानामा परेका छन् । कर्मचारीबाटै यस्तो कार्य गरिनु सर्वत्र निन्दनीय र कानुनी राजको विपरीत छ ।

