धनगढी। साम्राज्यवाद विस्तारवाद र फासिवादको विरूध्द राष्टि«य स्वाधिनताको पक्षमा जनसचेतना कार्यक्रम २०८३ को २०८३ असार १ गतेबाट शुरु भएको छ । कार्यक्रमको उद्घाटन कैलालीको लालपुरमा एक जनसभाका बीच सुदूरपश्चिम(१ र २ नं ) व्युरो इञ्चार्ज लालवहादुर जाग्रीले व्यानर वाचन गरेर गर्नुभयो। अहिलेको सरकार साम्राज्यवादी अमेरिकाको आडभरोसामा टिओविले सञ्चालन गरेको हुँदा देशको स्वाधिनता गम्भीर संकटमा परेको उहाँले बताउनु भयो। सरकारले गोदावारीमा जनताका घर टहरामा ढूङ्गा मुढा हान्ने ट्याम्पो भीरमा धकेलेर नोक्सान गरि राज्य आतङग सृजना गरेको फरक विचार राख्नेलाई झुठ्ठा मुद्दा लगाउने जस्ता फासिवादी काम गएको जाग्रीले बताउनु भयो ।जनसचेतना कार्यक्रमको पहिलो चरणमा कैलाली कञ्चनपुर डडेल्धुरामा जनसभा, भेटघाट अन्तसम्वादका कार्यक्रम सञ्चलान गरिने व्युरो न.१ का सेक्रेटी रामवहादुर महराले बताउनु भयो। कार्यक्रमको अध्यक्षता २ न.व्युरो सेक्रेटी लालवहादुर मडै सञ्चालन व्युरो सदस्य रामवहादुर धामी स्वागत भाषण कैलाली जिल्लाका का.वा. सेक्रेटी टंक कोइरालाले गर्नु भएको थियो। पार्टीका सिसिएम रुद्र कडेल ,महिला मोर्चाका मिना कडाल दलित मोर्चाका लोकवहादुर वि.क. थारु मोर्चाका हरि नारायण रानालाई कार्यक्रममा आसन ग्रहण गर्नु भएको थियो ।

