रामसिंह श्रीसको पुस्तक “संगठन, संघर्ष र प्रतिक्रियावादी चुनावसम्बन्धी लेनिनको दृष्टिकोण” प्रकाशित

काठमाडौं । रामसिंह श्रीसद्वारा लिखित पुस्तक “संगठन, संघर्ष र प्रतिक्रियावादी चुनाव सम्बन्धी लेनिनको दृष्टिकोण” प्रकाशित भएको छ । यस पुस्तकमा लेखकका ३ वटा लेख संग्रह गरिएको छ ः (१) संगठन सम्बन्धी लेनिनको दृष्टिकोण (२) संघर्ष सम्बन्धी लेनिनको दृष्टिकोण र (३) प्रतिक्रियावादी चुनावसम्बन्धी लेनिनको दृष्टिकोण ।
लेखक श्रीसले कम्युनिस्ट पार्टीको संगठन सम्बन्धी लेनिनवादी दृष्टिकोणलाई सैद्धान्तिक र व्यवहारिकरुपले प्रष्ट पार्ने कार्य गर्नु भएको छ । रामसिंह श्रीसले पार्टीमा लामो समय संगठन विभागको जिम्मेवारी सम्हालेको र पार्टीका भेला, सम्मेलनको लागि संगठन सम्बन्धी दस्तावेजको मस्यौदा लेखन समेत गरेको हुँदा पक्कै पनि अध्ययन र अनुभव दुवै दृष्टिकोणबाट श्रीसको लेख गहकिलो छ ।
संघर्ष सम्बन्धी लेखमा माक्र्सवादी दृष्टिकोणबाट संघर्षका स्वरुपहरु के कस्ता हुन सक्छन् भनेर चर्चा गरिएको छ । प्रतिक्रियावादी चुनावलाई कम्युनिस्टहरुले कुन रुपमा लिनुपर्छ ? यो कम्युनिस्ट आन्दोलनमा छलफल हुँदै आएको विषय हो । श्रीसले प्रतिक्रियावादी चुनावसम्बन्धी माक्र्सवादी–लेनिनवादी दृष्टिकोणलाई यस लेखमा प्रष्ट पार्ने प्रयास गर्नु भएको छ ।
प्रारम्भिक पृष्ठ ८ र पाठ्य पृष्ठ ६८ गरी जम्मा ७६ पृष्ठको यस पुस्तकको विक्री मूल्य रु. २००÷– राखिएको छ । २०८३ असारमा प्रकाशित यस पुस्तकको आवरण डिजाइन देवेन्द्र तिम्लाले गर्नु भएको हो । नवचेतना प्रकाशनले यसपुस्तकलाई बजारमा ल्याएको हो । लेखकले यसभन्दा पहिले २०६३ मा “पार्टी फुट किन र कसरी” शीर्षकको पुस्तक प्रकाशित गर्नुभएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित