पत्रकार गोपाल वरायलीमाथि ज्यानमार्ने धम्की ः महासंघको कडा विरोध

काठमाण्डौ । राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष तथा रेडियो धनकुटा एफएमका संचालक एवम् स्टेशन म्यनेजर गोपाल वरायलीमाथि समाचार सम्प्रेषण गरेकै आधारमा ज्यान मार्ने धम्की आएको छ ।सो धम्कीको नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाले कडा शब्दमा विरोध जनाएको छ । संघका सचिव रमेशकुमार बोहोराले असार ५ गते एक विज्ञीपत जारी गर्दै सो विरोध जनाउनु भएको हो । विज्ञप्तिमा २०८३ साल असार ४ गते धनकुटा एफएम डटकममा प्रकाशित समाचारको विषयलाई लिएर महालक्ष्मी नगरपालिका वडा नं ७ निवासी पर्शु कार्कीले सामाजिक संजाल मार्फत गाली गलौज गरेको तथा ज्यान मार्ने धम्की दिएको जनाएइको छ । समाचार प्रति कुनै गुनासो भएमा प्रेस काउन्सिल नेपालमा उजुरी गर्नुको सट्टा वरायली र उनको परिवारलाई लक्षित गर्दै अपमानजनक भाषा प्रयोग गर्नु ज्यान मार्ने धम्की दिनु र मानसिक दबाब सिर्जना गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको हस्तक्षेप भएको जनाउँदै यस्तो कार्य कुनै पनि दृष्टिमा स्वीकार्य नहुने उल्लेख छ । विज्ञप्तिमा घटनाको निश्पक्ष छानविन गरी दोषीमाथि कारबाही गर्न जोडदार माग गरिएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित