काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले पार्टीका केन्द्रीय समिति सदस्य कुलप्रसाद रिजालकी आमा पार्वती रिजालको दुःखद निधन भएकोले उहाँको निधन प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले २०८३ असार ७ मा एक प्रेस–वक्तव्य जारी गरी श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो । वक्तव्य यस प्रकार छ –
“चितवन जिल्ला रत्ननगर नगरपालिका बछ्यौली निवासी पार्वती रिजालको हिजो असार ६ गते साँझ ६ः३० बजे ९५ वर्षको उमेरमा दुःखद निधन भएको छ । उहाँ हाम्रो पार्टीका केन्द्रीय समिति सदस्य कुलप्रसाद रिजालकी ममतामयी आमा हुनुहुन्थ्यो । उहाँका ३ छोरा ३ बुहारी, ८ नाति र ६ नातिनीहरु हुनुहुन्छ । उहाँको निधनबाट पार्टीले एकजना असल शुभचिन्तक र परिवारले कुशल अभिभावक गुमाएको छ । दुःखको यस घडीमा हाम्रो पार्टी पार्वती रिजालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, कमरेड कुलप्रसाद रिजाल लगायत सम्पूर्ण शोकाकूल परिवार, मृतक पार्वती रिजालका साथी–संगिनी तथा शोकसन्तप्त आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।”


