फिफा विश्वकपमा इरान सबैभन्दा प्रताडित

– तुहिन

अन्तर्राष्ट्रिय फुटबल मेला, फिफा विश्वकपमा भाग लिने अन्य देशहरूको तुलनामा इरान सबैभन्दा उत्पीडित र प्रताडित बनेको छ । विश्वकप चार वर्षपछि संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाद्वारा संयुक्त रूपमा आयोजना भइरहेको छ । भियतनाम पछि इरान एक मात्र यस्तो देश हो जसले अमेरिकी साम्राज्यवाद र आतंकवादी यहूदी युद्ध अपराधी इजरायलको संयुक्त युद्ध संयन्त्रलाई मात्र रोकेको छैन , अझ यी मानवताका शत्रुहरूलाई आफ्नो सर्तहरूमा सम्झौता गर्न बाध्य पारेको छ। अब, रिसाएको बिरालोले खाँबो चिथोर्छ भने जस्तै, साम्राज्यवादी गुण्डा ट्रम्प, इरानले आफ्नो क्षमता प्रमाणित गरेर विश्वकपमा भाग लिन आएपछि, उनीहरूलाई हर तरिकाले सताउने , दुःख दिने , हैरान पार्ने काम गर्दै छ ।

ट्रम्पको धम्कीबाट जसरी मोदी  थरथरी काँप्छ, फिफा पनि छ, विश्वकप आयोजना गर्ने अन्तर्राष्ट्रिय फुटबल संघ (FIFA) पनि त्यस्तै ट्रम्पको धम्कीबाट थरथरी काँप्छ। यस विश्वकपमा भाग लिने विश्वका उत्कृष्ट टोलीहरूमध्ये, संयुक्त राज्य अमेरिकाले इरानलाई निसाना बनाइरहेको छ । इरानले फिफामा आधिकारिक उजुरी दर्ता गर्ने तयारी गरेकोछ ,  विश्वकप खेल्नुभन्दा  अघि सम्म इरानी राष्ट्रिय टोलीलाई संयुक्त राज्य अमेरिकामा प्रवेश गर्नबाट रोकिएको थियो। संयुक्त राज्य अमेरिकासँगको जारी तनावले गर्दा इरानी राष्ट्रिय टोली अमेरिकाको सीमा भन्दा पारी मेक्सिकोमा आफ्नो प्रतियोगिता प्रशिक्षण शिविर स्थापना गर्न बाध्य भएको छ।

प्रतियोगिताको लागि लागू गरिएको कडा नियमहरू अन्तर्गत, खेलाडीहरूलाई खेलको अघिल्लो दिन मात्र संयुक्त राज्य अमेरिका प्रवेश गर्न अनुमति दिइन्छ र सोही साँझ अमेरिका छोड्नुपर्छ। टोलीले बेल्जियम विरुद्धको आफ्नो  आगामी समूह चरणको खेल अघि लस एन्जलसमा आइपुग्न अनुमति अनुरोध गरेको थियो।तर फिफाले आधिकारिक रूपमा यो अनुरोधलाई अस्वीकार गर्‍यो, जसले गर्दा टोलीलाई खेलको सर्बोच्च निकायमा औपचारिक गुनासो दर्ता गर्नु बाहेक अरू कुनै विकल्प बाँकी रहेन।

इरानी टोलीले पहिले नै बेस्सरी कठिनाइहरूको सामना गरिसकेको छ, किनकि यसको आधिकारिक विश्वकप प्रतिनिधिमण्डलका धेरै सदस्यहरूलाई संयुक्त राज्य अमेरिकामा  उद्घाटन खेल अघि भिसा अस्वीकार गरिएको थियो।ह्वाइट हाउस विश्वकप टास्क फोर्सका कार्यकारी निर्देशक एन्ड्रयू गिउलियानीले पुष्टि गरेका छन् कि यी कडा यात्रा प्रतिबन्धहरू निकट भविष्यको लागि कायम रहनेछन्।यी प्रतिबन्धहरूको अर्थ टोलीले अत्यन्तै कठिनाइ सामना गर्नु पर्ने छ –  संयुक्त राज्य अमेरिका उडान भर्ने, खेल खेल्ने, र त्यसपछि खेलको दुई घण्टा भित्र मेक्सिको फर्कन उडान समात्ने। विश्वकपको लगभग सय वर्षको इतिहासमा, समाजवादी देशहरूका टोलीहरूले पनि शीतयुद्धको समयमा युरोप, एसिया वा अमेरिकामा यस्तो नाङ्गो भेदभावको सामना गर्नुपरेको थिएन।

इरानले फिफालाई बारम्बार अनुरोध गरे तापनि, फिफाले इरानलाई संयुक्त राज्य अमेरिकामा सामना गर्नुपरेका कठिनाइहरूको बारेमा पहिले नै जानकारी गराइएको दाबी गर्छ। फिफाले यसबारे केही गर्न सक्दैन। अब, जसरी संयुक्त राज्य अमेरिकाको नेतृत्वमा साम्राज्यवादी शक्तिहरूले विश्वमा, विशेष गरी एसिया, अफ्रिका र दक्षिण अमेरिकामा आफ्नो नयाँ दासत्व थोपर्न खोजिरहेका छन्, त्यसरी नै उनीहरू खेलकुद र संस्कृतिको क्षेत्रमा पनि आफ्नो एकाधिकार स्थापित गर्न चाहन्छन्।

यसमा नयाँ आसाको किरण यो हो कि सबै कठिनाइहरूको सामना गर्नुपर्दा, अहिलेसम्म सबैभन्दा उपेक्षित र सताइएका इरानी टोलीले विश्वकपमा राम्रो प्रदर्शन गर्‍यो। यसबाहेक, यसले विनाशकारी अमेरिकी हवाई आक्रमणमा मारिएका इरानीहरूका छोराहरूलाई सम्मान गरेको छ। मिनाब शहरको स्कूलका शहीद केटीहरूको सम्झनामा र प्यालेस्टाइनको गाजामा इजरायलको क्रूर आक्रमणमा शहीद भएका निर्दोष मानिसहरूको सम्झनामा रंगशालामा ठूलो ब्यानर फहराइएको थियो र विश्वलाई साम्राज्यवादी शक्तिहरूको अत्याचार सम्झन बाध्य पारेको थियो। वास्तवमा, इरानका जनतालाई मात्र थाहा छ कि उनीहरूले शान्तिको लागि कति मूल्य चुकाएका छन्।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित