माया पाए सक्छौं हामी जुनतारा छुन

गणेश बि क

सानो सानो फिलिङगाले धर्तिसारा पोल्छ

भविष्यको वक्ता आज तोते बोली बोल्छ

साना भनी नहेप्नु है साना छौ त केभो

देशहाक्ने भविष्यका कर्णधारले हो ।

आजसाना कोपिला छौ भोलि राम्रा फूल

कोपिला नै चुँडाउने नगर है भूल

मलजल पाएर नै बोट राम्रो हुन्छ

धरतीलाई सौन्दर्य र सिर्जनाले छुन्छ ।

 

शिशुबाटै हुर्केका हुन गोर्की र न्युटन

बुद्ध ,गान्धी,टेरेसा ,नेल्सन, लिङकन

देवकोटा नी सानै थिए सानै थिए सम

जन्मैदेखि ठूलो मान्छे को पो थियो मन ।

समयमै राम्रो शिक्षा पायौ भने हामी

पढीलेखी भविष्यमा पक्कै हुन्छौ नामी

ज्ञानी सीप सिक्छौ हामी बुदद्धमानी हुन

मायाँ पाए सक्छौ हामी जुनतारा छुन ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित