काठमाण्डौ । क्रान्तिकारी महिला संगठन नेपालको राष्ट्रिय एकता सम्मेलन मंसीर २६ र २७ गते काठमाण्डौमा हुने भएको छ । संगठनको २०८३ असार ७ गते ललितपुरको कुपोण्डोलमा बसेको सम्मेलन आयोजक पुर्नगठित समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले सम्मेलन सफल पार्नकोलागि विभिन्न उपसमितिहरु पनि गठन गरेको छ । जसमा सांगठनिक र विधान प्रतिवेदन तयार गर्ने निर्णय गरेको छ । बैठकले सम्मेलन सफल पार्नकोलागि प्रचार प्रसार, व्यवस्थापन, आर्थिक समिति गठन गरेको छ । सम्मेलनबारे थप निर्णय गर्ने जिम्मा सचिवालयलाई दिएको संयोजक शारदा महतले जनाउनु भयो ।
Comments

