कक्षा १२ को नतिजा प्रकाशनमा देखिएको त्रुटिको विरोधमा विद्यार्थीको संघर्षप्रति संयुक्त विद्यार्थी संघको ऐक्यबद्धता

काठमाण्डौ । कक्षा १२को नतिजा प्रकाशनमा देखिएको त्रुटिको विरोधमा विद्यार्थीको संघर्षप्रति संयुक्त विद्यार्थी संघले प्रेस वक्तव्य जारी गर्दै ऐक्यबद्धता प्रकट गरेको छ । विद्यार्थी संघका नेताहरुले संयुक्त रुपमा हस्ताक्षर गर्दै २०८३ असार ११ गते वक्तव्यमार्फत सो ऐक्यबद्धता प्रकट गर्नु भएको हो । वक्तव्यमा परीक्षाको नतिजा प्रकाशनमा देखिएको कमजोरीले विद्यार्थीको भविष्य तथा समयको खेलवाड हुने जनाउँदै अबका दिनमा त्यस्ता कमजोरी नदो¥याउन माग गरिएको छ ।वक्तव्यको पूर्ण पाठ यसप्रकार छ –

विद्यार्थीहरुको भविष्यसित जोडिएको शैक्षिक परीक्षा र नतिजाको ग्मभीरताप्रति सचेत छौं । हालै कक्षा १२ को परीक्षाफलमा देखिएका त्रुटिहरु तथा केही समयअघि एसइइको नतिजामा व्याप्त कमजोरीहरु सार्वजनिक भएका छन् । परीक्षाफल समयमै प्रकाशन गर्ने शिक्षा मन्त्रालयको प्रयासलाई हामी सकरात्मक रुपमा लिन्छौं । तर छिटो नतिजा प्रकाशन गर्ने नाममा गरिएका लाहपर्वाही र गम्भीर त्रुटिले विद्यार्थीहरुको मेहनत र जीवनमाथि खेलवाड गर्ने विषयलाई कुनै पनि अर्थमा सही मान्न सकिँदैन ।
मूल्याङ्कन प्रक्रियामा पारदर्शिताको अभाव ,पुनर्मूल्याङकन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको कारण असन्तुष्ट विद्यार्थीहरुले काठमाण्डौ माइतीघर मण्डलामा प्रदर्शन गर्ने निर्णय गर्नु भएको छ । उक्त आन्दोलन न्यायोचित र आवश्यक रहेको ठहर गर्दै हामी संयुक्त विद्यार्थी संगठनको तर्फबाट सम्पूर्ण प्रभावित विद्यार्थीको आवाजप्रति पूर्ण समर्थनका साथै ऐक्यवद्धता व्यक्त गर्दछौं । यस शान्तिपूर्ण प्रदर्शनको सफलताको शुभकामना समेत व्यक्त गर्दछौं। अन्त्यमा शिक्षा मन्त्रालयले यस घटनाप्रति गम्भीर ध्यान दिइ त्रुटिको समाधान ,पुनर्मूल्याङकनको वैज्ञानिक व्यवस्था र भविष्यमा यस्तो पुनरावृति नहुने गरी सुधार कदम चाल्न समेत माग गर्दछौं ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित