काठमाडौ । बिप्लबले नेतृत्व गरेको नेकपा सम्बद्ध समाजवादी मगर मुक्ति मोर्चा नेपालले देविराम थापा (श्रमिक) प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । त्यस मोर्चाका संयोजक सुदर्शन मंगोलले आफ्नो फेस बुुक पेजमा श्रद्धाञ्जली वक्तव्य पोस्ट गर्नु भएको हो । देविराम थापा (श्रमिक) समाजवादी मगर मुक्ति मोर्चा नेपालको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । विगतमा उहाँले नेकपामसाल सम्बद्ध एकता समाज र अखिल नेपाल जनजाति सम्मेनमा काम गर्नुु भएको थियो । पछिल्लो अवधिमा उहा मिडियामा काम गर्नु हुन्थ्यो ।उहाँ रोल्पा निवासी हुनुहुन्थ्यो । पछिल्लो अवधिमा उहाँको कार्यस्थल काठमाडौं थियो ।
Comments

