सुकुम्वासी समस्या समाधान गर्न तीन किसान सङ्गठनको माग

 

काठमाडौँ । सुकुम्वासी समस्या समाधान गर्न तीन किसान सङ्गठनले ५ बुँदे माग राखेका छन् । २०८३ असार १२ गते शुक्रबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै किसान सङ्गठनले सो माग अगाडि सारेका हुन् ।

प्रेसवक्तव्यमा क्रान्तिकारी किसान महासङ्घका अध्यक्ष सीताराम तामाङ ,अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी,र अखिल नेपाल प्रगतिशील किसान सङ्घका अध्यक्ष रामदुलार महतोको हस्ताक्षर रहेको छ ।

प्रेसवक्तव्यको पूर्ण पाठ –

“शासनसत्तामा आउनासाथ रास्वपाको बालेन सरकारले सुकुम्वासी बस्तीमाथि डोजर चलाएर आफ्नो सुशासनको सुुरुआत गरेको र सुकुम्वासीलाई होल्डिङ सेन्टरमा कैदीबन्दीजस्तै थुनामा राखेर समाधान खोज्ने भनेको थियो । बस्ती उजाडिएको ती सुकुम्वासीलाई अहिले पाँच दिनभित्र ती होल्डिङ सेन्टर छोड्न उर्दी सुनाएर उनीहरूमाथि बिचल्लीको थप अर्को चरणको सुशासन प्रदर्शन गरेको छ । अव्यवस्थित बसोबासीका लालपुर्जा र जीवन धान्ने रोजगारी पाइएला भनेर आशा गरिरहेका सुकम्वासीका भविष्य यसरी अनिश्चित र अन्यौलपूर्ण तुल्याइएको छ ।

सुकुम्वासीलाई यसरी बिचल्ली तुल्याउने, सुनिश्चित बसोबास र समुचित रोजगारीको व्यवस्था नगरी उनीहरूको जीवनमाथि खेलबाड गर्ने गैरजिम्मेवार र दमनकारी सरकारी कदमको हामी तीन किसान सङ्गठन घोर निन्दा र भत्र्सना गर्दछौँ ।

कुनै पूर्वतयारी नगरी हचुवाको भरमा सुकुम्वासी बस्तीमाथि डोजर आक्रमण गर्ने र बिचल्ली पारेर छोड्ने सरकारले सुकुम्वासी समस्या हल गर्नेभन्दा उनीहरूमाथि थप समस्या थोपर्ने जुन काम गर्दैछ, यसले आवास, रोजगारी, शिक्षा र स्वास्थ्यसम्बन्धी मौलिक संवैधानिक हकको पनि धज्जी उठाएको छ ।

अतस् हामी तत्काल निम्नलिखित माग पूरा गर्न र दीर्घकालीन रूपमा यस समस्याको सही समाधान खोज्न जोडदार माग गर्दछौं स्

१.तत्काल सम्पूर्ण सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई सुनिश्चित र सुरक्षित बसोबासको व्यवस्था तुरुन्त मिलाऊ ।

२. सुकुम्वासीका छोराछोरीले पढ्न, लेख्न पाउने समुचित व्यवस्था गर ।

३. बिरामी र अशक्त सुकुम्वासीका सम्पूर्ण उपचारखर्च सरकारले व्यहोर्ने व्यवस्था गर ।

४. बस्ती उजाडिएका सुकुम्वासी र गैरसुकुम्वासीको विवरण सार्वजनिक गर ।

५. सम्पूर्ण सुकुम्वासीलाई दीर्घकालीन रूपमा आवास, शिक्षा, स्वास्थ्य सबै हिसाबले सुरक्षित बसोबास र काम गर्ने उमेरका सबैलाई रोजगारी दिने व्यवस्था गर ।”

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित