काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशव्यापी सुकुम्बासीहरूको न्यायपूर्ण सङ्घर्षमा भाग लिन समग्र पार्टी पंक्तिलाई निर्देशन गरेको छ। २०८३ असार १३ गते पार्टीका प्रवक्ता सुदर्शनले एक वक्तव्य जारी गर्दै सो निर्देशन जारी गर्नुभएको हो। वक्तव्यको पूर्ण पाठ यस प्रकार छ –
“कठपुतली बालेन्द्र सरकारले थप सुकुम्बासी बस्तीमाथि डोजर लगाउने र आफैले राखेका होल्डिङ सेन्टरहरूबाट सुकुम्बासी परिवारलाई पुनःबलपूर्वक लखेट्ने सूचनालेले हाम्रो क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको गम्भीर ध्यानाकर्षण गरेको छ । संघर्षरत सुकुम्बासीहरूसँग वार्ता तथा संवाद गरी वर्षौँदेखि भूमि ,आवास र सम्मानजनक जीवनयापनको अधिकारबाट वञ्चित नागरिकहरूको समस्यालाई कानुनी प्रक्रिया र वैकल्पिक तथा न्यायोचित व्यवस्थापनबाट समाधान गर्नुपर्नेमा बल प्रयोग, त्रास र विस्थापन कार्यले सरकार फासिस्ट हुँदै गएको प्रष्ट गर्दछ । त्यसकारण हाम्रो पार्टी समुचित वैकल्पिक व्यवस्थापन नगरिकन सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउने र सुकुम्बासी बस्तीहरूमा र डोजर लगाउने कुकार्यको निन्दा र भत्र्सना गर्दै देशव्यासी सुकुम्बासीहरूको न्यायपूर्ण सङ्घर्षमा भाग लिन समग्र पार्टी पंक्तिलाई निर्देशन समेत गर्दछ। ”


