काठमाण्डौ । देशमा क्रियाशील तीन किसान संगठनहरुले सुकुम्बासीलाई बासको व्यवस्था गर्न जोडदार माग गरेका छन् ।तीन किसान संगठनहरु क्रान्तिकारी किसान महासंघ नेपालका अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरवराज रेग्मी , अखिल नेपाल प्रगतिशील किसान संघ अध्यक्ष ,राम दुलार महताले २०८३ असार १२ गते प्रेस वक्तव्य जारी गर्दै सो माग गर्नु भएको हो । वक्तव्यमा सरकारले सुकुम्बासी वस्तीमाथि डोजर चलाएर सुशासनको कुरा गरेको तर सुकुम्बासीलाई दमन गरेर भविष्य असुरक्षित तुल्याएको बताएको छ र सुकुम्बासीको समस्या तत्काल समाधान गर्न जोडदार माग गरिएको छ । सरकारले होल्डिङ सेन्टरहरु छोड्न उर्दी जारी गरेर कुशासनको प्रदर्शन गरेको बताइएको छ । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ –
शासन सत्तामा आउनासाथ रास्वपाको सरकारले सुकुम्बासी बस्तीमाथि डोजर चलाएर आफ्नो सुशासनको शुरुवात गरेको र सुकुम्बासीहरुलाई होल्डिङ सेन्टरमा कैदी बन्दी जस्तै राखेर समाधान खोजेको भनेको थियो । बस्ती उजाडिएको ती सुकुम्बासीलाई अहिले पाँचदिन भित्र ती होल्डिङ सेन्टरहरु छोड्न उर्दी सुनाएर उनीहरुमाथि विपत्तिको थप अर्को कुशासनको प्रदर्शन गरेको छ । अव्यवस्थित बसोबासीको लालपूर्जा र जीवन धान्ने रोजगारी पाइला भनेर आशा गरिरेहको सुकुम्बासीको भविष्य यसरी अनिश्चित अन्यौलपूर्ण तुल्याएको छ ।
सुकुम्बासीलाई यसरी विचिल्ली तुल्याउने र सुनिस्चित बसोवास र समुचित रोजागरीको व्यवस्था नगरी उनीहरुको जीवनमाथि खेलवाड गर्ने गैर जिम्मेवारीपूर्ण र दमनकारी सरकारी कदमको हामी तीन किसान संगठन घोर निन्दा एवम् भत्सर्ना गर्दछौं
कुनै पूर्व तयारी नगरी हचुवाको भरमा सुकुम्बासी बस्तीमाथि डोजर आक्रमण गर्ने र विचिल्ली पारेर छोड्ने सरकारको सुकुम्बासी समस्या हल गर्ने भन्दा उनीहरुमाथि थप समस्या थोपर्ने जुन काम गर्दैछ यसले आवास, रोजगारी, शिक्षा र स्वास्थ्य सम्बन्धी मौलिक संवैधानिक हकको पनि धज्जी उडाएको छ । अतः हामी तत्काल निम्नलिखित माग पूरा गर्न र दीर्घकालीन रुपमा यस समस्याको सही समाधान खोज्न जोडदार माग गर्दछौं।
१.तत्काल सम्पूर्ण सुकुम्बासी र अव्यस्थित बासोबासीहरुलाई सुरक्षित बसोबासको व्यवस्था तुरुन्त मिलाऊ
२. सुकुम्बासीका छोराछोरीले पढालेखा गर्न पाउने व्यवस्था गर।
३. बिरामी र अशक्त सुकुम्बासीको सम्पूर्ण उपचार सरकारले व्यहोर्ने व्यवस्था गर ।
४. बस्ती उजाडिएका सुकुम्बासी र गैरसुकुम्बासीको विवरण सार्वजनिक गर
५. सम्पूर्ण सुकुम्बासीलाई दीर्घकालीन रुपमा आवास ,शिक्षा ,स्वास्थ्य सबै हिसाबले सुरक्षित बसोबासको र काम गर्ने उमेरका सबैलाई रोजगार दिने व्यवस्था गर ।
सुकुम्बासीलाई बासको व्यवस्था गर्न तीन किसान संगठनको जोडदार माग
Comments

