श्रीनाथ अधिकारी (श्याम) को स्मृति सभा सम्पन्न

असार, २२ पोखरा । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सात नम्बर क्षेत्रीय ब्युरोको आयोजनामा श्रीनाथ अधिकारी (क .श्याम) को सातौं स्मृति दिवसको कार्यक्रम पोखरामा सप्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा सात नम्बर ब्यूरो सचिव श्याम केसिले कामरेड श्रीनाथ अधिकारी हाम्रो पार्टीका नेता मात्रै होइन हामी सबैको अभिभावक समेत हुनुहुन्थ्यो भन्नुभयो  । अहिले नेपाली कम्युनिस्ट आन्दोलनमा त्यागको राजनीति हराउँदै गएकाले कामरेड श्यामबाट शिक्षा लिनुपर्ने आबश्यकता प्रमुख अतिथि केसीले औंल्याउनुभयो । सचिव श्याम केसिले उहाँको पार्टी, क्रान्ति र परिवर्तन प्रतिको निष्ठा बारे चर्चा गर्नु भयो । त्यस्तै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका छ नम्बर ब्युरो इन्चार्ज तथा अधिकारीका जेठा छोरा समेत रहनु भएका नारायण अधिकारीले श्रीनाथ अधिकारीले तत्कालीन समाजमा खेलेको राजनैतिक र सामाजिक भुमिकाको साथै जिवनका महत्वपूर्ण घटनाहरुको बारेमा पनि बोल्नु भएको थियो । कार्यक्रममा उहाँको वारेमा जानकार राख्ने आफन्तजन समेत रहनु भएका पत्रकार अमृत उपाध्याय, सहिद परीवार प्रेम (कपिल) न्यौपाने ,बुद्धिजीवी शिव बहादुर बरालले पनि उहाँको जिवनीको बारेमा बोल्नु भएको थियो ।
पार्टीका केन्द्रिय वैकल्पिक सदस्य तथा सात नम्बर क्षेत्रीय ब्युरो सदस्य शुसिला थापाको स्वागत,ब्युरो सदस्य तथा कास्की जिल्ला इन्चार्ज आकाश गौतमको सन्चालन र ब्युरो सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज बाबुराम सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा एक मिनेट मौन धारणका साथै सहभागीहरुबाट उहा प्रतिभावपुर्ण श्रद्धाञ्जली स्वरुप पुस्पगुच्छा पनि अर्पण गरिएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित