काठमाडौं । प्रतिवेदन तयार नहुँदै दलका प्रतिनिधिहरुले संविधान संशोधन वहशपत्र कार्यदल छाडेका छन् । नेपाली कम्युनिष्ट पार्टीका देव गुरुङ, लोसपाका लक्ष्मणलाल कर्ण, जसपाका सुरेन्द्र झा ्ले संविधान संशोधन वहशपत्र कार्यदल छाडेका हुन् । कार्यदलमा सहभागी नेपाली कम्युनिष्ट पार्टी , जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले यही असार २२ गते सामूहिक पत्र पठाउँदै आफूहरू कार्यदलको बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएका थिए । राष्ट्रिय जनमोर्चाले भने असार २४ गते काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै आफूले कार्यदल छाडेको नभई आफूलाई हटाइएको बताएको छ । जनमोर्चाले सरकारका प्रतिनिधिहरुले आफूहरु सित सल्लाह नै नगरी संविधान संशोधन बहसपत्र एकलौटी ढंगले लेख्न थालेको , सरकारले देशलाई प्रतिगमन तर्फ लान थालेको पत्रकार सम्मेलनमा वितरित प्रेस वक्तव्यमा जनाएको छ ।
नेपाली क.पा., लोसपा र जसपाले कार्यदलले बहसपत्र तयार पार्दा संविधानको प्रस्तावना र आधारभूत मूल्यमान्यता नचलाउने प्रतिबद्धता सरकारले व्यक्त गर्नुपर्ने र कुन–कुन विषयमा के–कति कारणले संविधान संशोधन गर्नुपर्ने हो, त्यो खुलाउनुपर्ने माग गरेका छन् ।
असार २३ गते नै कार्यदलको बैठकमा श्रम संस्कृति पार्टीको प्रतिनिधिले पनि मौखिक रुपमा कार्यदलको वैधता माथि प्रश्न उठाएर कार्यदलमा सहभागि नहुने घोषणा गरेको खवर छ। नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरुङले हाँकलाई बताए , “कार्यदलमा संघीय संसदमा प्रतिनिधित्व रहेका ९ दलमा कांग्रेस ले शुरुमा प्रतिनिधि पठाउने भनिए पनि कार्यदलको नेतृत्वको विषयमा प्रश्न उठाउदै रिजरभेसन राखेर प्रतिनिधि नै पठाएन। एमालेको प्रतिनिधिले औपचारिक रुपमा कुरा नराखेता पनि पछिल्लो समयमा कार्यदलका वैठकहरुमा सहभागी हुन छोडि सकेको छ। अब कार्यदलमा रास्वपा र राप्रपा मात्र वांकी रहेको छ। यस स्थितिमा सरकारको बहशपत्र तयार गर्ने कार्यदलको भविष्य अनिस्चित बनेको देखिन्छ।” प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा संविधान संशोधन बहसपत्र कार्यदल गत २०८२ चैत १६ मा गठन भएको थियो ।



