क्रान्तिकारीहरु सावधान एकताको भजन भित्र अवसरवाद हावी हुँदैछ ?

नारायण प्रसाद भण्डारी
समय परिवर्तनशील छ । समय सापेक्षीत हुन नसक्ने समयको बर्बादी एवम् अपमान गर्नेहरु लाई कुनै दिन अनिवार्य महापतनको भागिदार हुनु पर्नेछ । समयले त्यस्ता अवसरवादी बेइमानी छेपारे दुइजिब्रे राजनीतिका चिपकली एवम् भ्रम छरेर ढाँटी खाने हरुलाई नराम्रो सँग धिक्कार्दै पछार्दै घिसार्दै पश्चातापको कठघरामा उभाइदिन्छ । यो विज्ञानले प्रमाणित गरेको कुरा हो । समय आफैमा बलवान छ । यो निरन्तर हुने पकृया र प्रकृतिको अनिवार्य नियम पनि हो भन्ने कुरा विज्ञान वैज्ञानिक एवम् दर्शन शास्त्र लेख्ने पढने अध्यन गर्ने ले सिमित कागजमा मात्र घोकेर माकर््सवादी शिक्षकको पगरी गुथेर मात्र नपुग्ने रहेछ भन्ने प्रमाणित भै सकेको छ । अहिले नेपाली जनता लाई कम्युनिष्टको नाममा गोल चक्करमा फसाएको पनि यर्थाथ हो । आज सम्म नेपालका सरदर ८० प्रतिसत जनता कम्युनिष्ट सर्मथक शुभेच्छुक बन्यौं क्रान्तिको आशा अपेक्षा गरयौ । तिनै अवसरवादीको पिछलग्गु बनेर समय खेर फाल्यौैं । कम्युनिष्ट विचारका पुस्तक पढयौ.। तर अध्यता बन्न सकेनौ र ती भ्रम जाली बेइमानी मिलेरावादी अवसरवादीहरुका कुरा पनि बुझन सकेनौ ।त्यसकारण जहाँ माकर््सवादको अध्यता हँुदैन त्यहाँ कोरा कागजी आडम्बरी खोक्रा कुरा एवम् भाषण मात्र हुन्छन ।त्यस्ता भाषण कुराले नत उद्धेश्य चुम्छ ।नत गन्तव्यमा पुग्छ । नत केही हुन सक्छ ?हुन पनि सक्दैन ।हुन्छ भनेर दाबी गर्नु पनि मुर्खता हो । त्यसैको परिणाम आज हामी नेपालीले भोग्नु परयो ।आज नेपाल र नेपालीको यो विचलितको अवस्था हुनुमा क कसको हात रह्यो ?
१) नेपालमा २००६ शालमा कम्युनिष्ट पार्टीको जन्म हुनुका कारण के थिए ?क पुस्पलाल ले कम्युनिष्ट पार्टीको आवश्यकता किन देखे र सन १९१७ को बोल्सेबिक क्रान्ति र सन १९४९को चीनिया जनवादी क्रान्तिको सुन्दर एवम् सुगन्धित हावाको मिठो बास्ना प्रतिको चाँसो राखेर भारतीय कम्युनिष्ट पार्टीका नेता एमएन राय भारतीय मूलका तर नेपालमै बस्ने व्यक्तित्व बिहारीलालसँग अति बाक्लो घनीष्टता अति पृय मित्रवतको सम्बन्ध गाँस्ने काम क पुस्पलाल श्रेष्ठ जय पृथ्वी बहादुर सिंहले किन गरे ? देश र जनताका सुमधुर सपना किन देखे देख्नु पर्ने कारण के थिए होला ?
२) सर्व प्रथम यस्तो प्रकारको सुन्दर सपना त विश्वकै महान तथा इमान्दार कर्तव्यनिष्ट,त्यागी,भविष्य वाणी गर्न सक्ने विद्धान,वैज्ञानिक,संसारकै गरिखाने वर्गका पिता,अविभावक,अग्रज,करोडांै जिविको मेमोरी फाइल बराबरको क्षमता भएको,सूर्य जस्तो तेजिलो दिमाग भएका,२१ औं शताब्दीको ए,आइ जस्तो क्षमतावान दिमाग भएका,अनौठो एवम् अलौकिक क्षमताले पूर्ण भएका,उनको प्रशंसा गर्न शब्दकोषकै अपुग हुने महान व्यक्तित्व क माक्र्सले विश्वकै सुन्दर सपना किन देखे ?किन देख्नु परे होला ?के उनी मानव होइनन ?उनको जन्म, मृत्य,ु प्राकृतिक नियमको परिधि भित्र थिएन ? उनका पनि दुश्मन त पक्कै थिए होलान ?वर्ग बैरीले कति सताए होलान ? बाचुन्जेल कति सास्ती भोग्नु परे होला ? उनले देखेको सपना भित्र उनका परिवार नाता गोता आइ आफन्तहरुलाई धनी गराउनु थियो ?आफनो जीवन धेरै पैसा कमाएर विश्वकै धनाढय हुने अवसरवाद बोकेर माक्र्स एवम् माक्र्सवादको जनम भएको हो त ? वर्ग बैरीलाई क माक्र्ससँग संसारलाई हल्लाउन र उथल पुथल पार्न सक्ने क्षमता छ । भनेर कोही कसैले कल्पना गर्न सके ?उनको हार भएको कही कतै इतिहासमा छ ?के उनी अवसरवादी हुन ?उनले जनतालाई कहिल्यै धोका दिएको रेर्कड छ ?उनलाइ दुश्मनहरुले पुस्टि हुन लायकको कही कतै आरोप लगाउन सक्यो ?
यी र यस्तै प्रश्नहरुको एउटै उत्तर हो । उनी विश्वकै महान दार्शनिक एबम् वैज्ञानिक हुन ।उनले भ्रष्टहरु टिक्न सक्दैनन् ।साम्राज्यवाद सधै टिक्न सक्दैन । यिनीहरु कुनै न कुनै दिन समयको चक्रब्युहमा फस्छन् ।दर्शन शास्त्र सहि दृष्टिकोण द्धन्दात्मक भौतिकवादी विचार सहितको हतियार कल्पना भन्दा माथिको शक्तिशाली हुन्छ राजनैतिक वैचारिक सहितको हतियारको कहिल्यै हार हँुदैन । भन्ने वास्तविक र सत्य कुराको सुन्दर सपना देखेरै विश्वास र दृढतापूर्बक संसारका गरिब दुखि असाए निसाए आम शोसित पीडित सर्वहारा वर्ग अन्याय अत्याचारमा बल्झि रहेकाहरुको लागि न्यायको विगुल फुक्दै साम्राज्यवाद सामन्त निरङकुश हिटलरी शासनको विरुद्ध आफनो जीवन अर्पण गरेका थिए ।त्यसैले उनलाई महान शब्दले सम्मान गरिन्छ । महान शब्द यस्ता विद्धान वैज्ञानिक एवम् दार्शनिकले मात्र प्राप्त गर्न सक्छ ?जो कोहीले प्राप्त गर्न सक्दैन ।त्यसकारण उनका अध्ययता आफनो मृत्यु पछिको कार्यभार एगेंल्सलाई थियो । एगेंल्स पछि स्टालिन त्यस पछिका लेनिन र क. माओ यिनी सबै माक्र्सवादका अध्यता हुन । अध्ययता यस्ता व्यक्तित्व लाई मात्र सम्बोधन हुन्छ । जसले सही वास्तविकता यर्थाथता सही समयमा ठोस वस्तुको ठोस विश्लेषण गर्न सक्छ । क्रान्तिलाई टुगोंमा पुराएर मात्र छोड् छ । बेइमानी धोका हुँदैन अवसरवाद भन्ने कुरा देखि सधै टाढा रहेर क्रान्तिमा होमिन्छ । त्यस्ता दक्ष निपूर्ण व्यक्तित्वले मात्र आत्म साथ गर्दै व्यवहारमा उतारेर प्रयोगमा ल्याउँन सक्छ । तिनीहरु व्यवहारवादी स्पस्ट यात्रामा निरन्तर लागि परेका हुन्छन्। त्यस्तै विषय वस्तुको अध्ययन अनुसन्धान गरेर मात्र हामी सम्पुर्ण नेपालीका अग्रज ब्यक्तित्व क पुस्पलालले कम्युनिष्ट विचार अगिंकार गरे र देश जनताका सपनाको भारी बोकेर अघि बढे ।
क पुस्पलालले नेपालको कम्युनिष्ट आन्दोलन बचाउँन र अघि बढाउँन के के गर्नु परयो ?
१)हरियो घाँस भित्रका खर्तनाक हरिया सर्पसँग बँच्ने र बचाउँनमा संघर्ष गरे जस्को सानो उदाहरण नेपालको केशरजंग रायमाझी जस्ता सामन्तवादका सिआइडि दलालले आन्दोलनलाई समाप्त पार्ने दुस्साहस र बन्धनबाट मुक्त गराएर जनताको दुश्मनलाई असफल बनाउँदै कम्युनिष्ट आन्दोलन बँचाएर अघि बढाए ।
२)जनताका दुश्मन वर्ग बैरीको स्पस्ट पहिचान गराएर क्रान्तिलाई मूलबाटोमा अघि बढाए ।
३) पुस्पलालले बँचाएको क्रान्तिकारी धारले नेपालमा ८० प्रतिसत भूभाग र ८० प्रतिशत भन्दा बढी जनताको मन जिताएर नेपाल कम्युनिष्टमय बनाउँने र वर्गबैरीको जग हल्लाउँदै उनीहरुको सामन्ती शासन उजाँड एवम् समाप्त पार्न सक्ने समेतको क्षमता उर्जा पैदा गरे ।
वास्तवमा पुस्पलालले कल्पना गरेको र देखेको सपना सहि थियो तर किन आजको अवस्थामा आएर कम्युनिष्ट आन्दोलनका कुनै दिनका क्रान्तिको लाल भटिटबाट निस्केका साच्चिकै राता मान्छे हुन भन्ने जनताको मन मुटुमा बसेका हरुको तहस नहस जीवनकै अशुरक्षा साम्राज्यवादले लखेटा लखेट पार्दै किन र्बबाउँदै बाँच्न परयो त ? यस्को तत्थ्य सत्य कारण के थियो ?
क) नेपालका कम्युनिष्ट नामधारी माकर््सवादको खोल ओढेका तर एउटा सर्व साधारण मान्छे सँग हुनु पर्ने सम्मको नैतिकता अनुशासन कर्तव्यता इमान्दारिता लक्ष्य उद्धेश्य बिहिन राजनैतिक वैचारिक पाटो बाट स्खलन भएर पतनको बाटो आफै श्रीसस्थ नेतृत्वमा गणना भएकाहरु नै लागे र आफु एवं आफुले नेतृत्व गरेको सस्था कार्यकर्ता सबै खरानी बनाउँदै जनताको नजरबाट पतित हँुदै अबिस्वासी नैतिक हिन को दर्जामा दर्ज हुन पुगे यो देश जनता क्रान्तिको लागि अति दुःखद र विडम्बना भयो ।
ख)अर्को महत्व पूर्ण पक्ष एउटा कम्युनिष्ट विचार सिद्धान्त बोकेको मान्छे सधै निजी सम्पत्तिको बिपक्षमा रहन्छ ।त्यसमा पनि क माओले स्पस्ट भनेका छन ।स्पस्ट होउ छलछाम नगर ।जनतालाई नसताउ । सित्तैमा अर्काको वस्तु नउठाउ । कसैको निजी झगडामा विवादित नबन ।अर्थवादको अवसरवादी बाटो नसमात । हजारौ. भगेराको बारेमा बुझन एउटै भगेराको चिरफार गरे सबै थाहा हुन सक्छ लगायतका मुख्य तिनवटा शीर्षक भित्र दर्जनौ सुझावहरु छन ।त्यसलाई आत्म साथ गर्ने त परै जावस त्यसको ठिक विपरीतको बाटो समात्न पुगे ।
ग) देश जनताको उज्ज्वल भविष्य भन्दा आफनै र आफन्तको सपना सुधार्नमा मरिहत्य गरे । यी र यस्तै कारणले आज नेपालको कम्युनिष्ट आन्दोलन धरापमा परयो ।वर्ग बैरीले लखेटने ठूलो अवसर पैदा भयो ।
अन्तमा अहिले एकताको भजन भित्र अवसरवादी मिलेरावादको विष गमन हँुदैछ । समयमै यस्ता पतितहरु लाई पहिचान गर्दै क्रान्तिकारीहरु सावधान हँुदै क्रान्तिको निरन्तरमा जुटौ हरेस एवम्ं हार नखाउँ यो माकर््सवादको नियम हो ।सर्घष गर्दै जादाँ एकदिन सत्यको विजय हुन्छ हुन्छ तर मिलेरावादी अवसरवादी भ्रष्टाचारी दक्षिणपन्थी संशाोधनवादी उग्रवामपन्थी छेपारे राजनीति देखि सावधान हुदै अघि बढौ । क्रान्ति गन्तव्यमा अबश्य पुग्ने छ । कालो बादल भित्र चाँदीका सुन्दर घेरा हुन्छन । अध्याँरो पछि उज्यालो आउँछ ।यो प्रकृति एबं माकर््सवादी नियम विज्ञान एवम् वैज्ञानिकले प्रमाणीत गरेका सत्य साबित अकाटय कुरा हुन ।समयलाई सदुपयोग गर्न सके समय हाम्रै हो ।धन्यवाद ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित