काठमाडौँ । समाजवादी पार्टी फ्रन्ट लाइन श्रीलङ्का सम्बद्ध ‘ परिवर्तनका लागि युवा ‘ नामक संगठनको आयोजनामा पर्यावरण परिवर्तन र साम्राज्यवादको विरोध शीर्षकमा अनलाइन गोष्ठी सम्पन्न भएको छ । सेप्टेम्बर १५ को बेलुकी नेपाली समय अनुसार ७ बजेदेखि ९ बजेसम्म दुई घण्टा उक्त कार्यक्रम सञ्चालन भएको थियो। कार्यक्रममा पर्यावरणीय संकट, साम्राज्यवादको भूमिका, पुँजीवादको भूमिकाका साथै समाजमा रहेका शोषण, असमानता आदिका बारेमा समेत वक्ताहरुले मन्तव्य राखेका थिए।

ध्रुव मुखोपाध्याय (भारत)
प्राध्यापक ध्रुव मुखोपाध्याय (भारत)ले पर्यावरणीय परिवर्तन भनेको विश्वव्यापी मामला भएकाले विश्वव्यापी रूपमा नै यसको समस्याको समाधान खोजिनुपर्ने बताउनुभयो। प्राध्यापक मुखोपाध्यायले अन्तर्राष्ट्रिय पर्यावरणीय सन्धि FICC– 1997 लगायतका सम्झौताहरूलाई उत्पीडित राष्ट्रहरूले साम्राज्यवादका विरुद्धमा आधार बनाउँदै संघर्ष गर्नुपर्ने र अन्तर्राष्ट्रिय फोरमहरुमा यी कुराहरु निरन्तर उठाउनुपर्ने बताउनुभयो।

हरिज बाला
अखिल भारत युवा सङ्घका सचिव हरिज बालाले पर्यावरणीय संकटको मामलामा भारत, नेपाल, श्रीलङ्का, बंगलादेश, पाकिस्तान जस्ता देशहरु अन्तर्राष्ट्रिय मञ्चमा एक भएर पर्यावरण सम्बन्धी अन्तर्राष्ट्रिय नियम तथा सर्तहरुलाई पालना गराउनका लागि एकजुट हुनुपर्ने बताउनुभयो ।

गणेश अधिकारी
नेकपा मसाल सम्बद्ध अखिल नेपाल युवक सङ्घका अध्यक्ष गणेश अधिकारीले पर्यावरणीय संकट र साम्राज्यवाद विरोधी संघर्षका सन्दर्भमा आर्थिक कूटनीति , जलवायु न्याय र सामाजिक न्याय जस्ता कुराहरुलाई उठाउनुपर्ने बताउनुभयो ।

रासिद शाहरिर
बङ्गलादेश युवा मञ्चका रासिद शाहरिरले पर्यावरणीय संकट केवल प्राकृतिक विपत्ति मात्र नभई आर्थिक र राजनीतिक संकट र पनि हो भन्नुभयो ।

दोर्जी शेर्पा
दोर्जी शेर्पा, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सम्बद्ध क्रान्तिकारी युवा संघ नेपालका संयोजक

हिमांशु
हिमांशु, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल

आयसा गाड्ने रज
मजदुर किसान पार्टी पाकिस्तानका आयसा गाड्ने रज

मधुरामा कुण्डु
क्रान्तिकारी युवासंघ भारतका मधुरामा कुण्डु

प्रवेश पोखरेल
नेपाली कम्युनिस्ट पार्टीका प्रवेश पोखरेल

नदीर विरासेकारा
परिवर्तनका लागि युवा श्रीलंकाका नदीर विरासेकारा

चनिका
परिवर्तनका लागि युवा श्रीलंकाका चनिकाले कार्यक्रम चञ्चालन गरेकी थिइन् ।

