दीपक पौडेलका तीन छोटा कविता

 

जीवनको कथा

कथा सुन्दैछु
समुद्री छालहरुको
ज्वार अनि भाटाहरुको
दैनिकी उस्तै लाग्यो उसको र मेरो ।।

धैर्यता

जुनले ताराहरु हेरेर
ताराले जुनलाई हेरेर
धेरै युग बितिसकेकाछन्
बर्ष कट्न कसो नसकिएला ।।

रङ्ग बदलेर हुदैन , ढंग बदलिनु पर्दछ

समस्या रङ्गको होइन , व्यवस्थापनको हो ।
जनपक्षीय नीति र कार्यान्वयनको हो ।
साझा यातायातको अवशेष बाँकी थियो
रङ्ग बदलेर केही हुदैन , ढंग बदलिनु पर्दछ ।
मेसो साझा यातायातको अस्तु सेलाउने ?

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित