म सजिलो भएर होला
नाति पुस्ता भन्छ बाजे ,यो गरिदिनु न
म सहजै हुन्छ भनी दिन्छु ।
छोरा छोरी पुस्ताहरु भन्छन् ,बाबा यो काम गरि दिनु न
म सहजै हुन्छ भनी दिन्छु ।
दौँतरीहरु भन्छन् , लौ न यार यति काम गरि दिनु न
हुन्छ ,ठिकै छ म गरौंला नि भन्छु ।
बाबा पुस्ता भन्छन् ए बाबू लौ न यति काम गरन ,
हस हजुर भन्दै त्यो काममा पनि म तम्सिन्छु।
बाजे पुस्ताले साहरा भएन यति काम गरिदेउ न भन्छन् ,
म छु सहयोग गरौला नि भन्छु ।
सबै पुस्तालाई सहयोग गर्नु मेरो कर्तव्य हो वा सहजता
त्यो मलाई थाहा छैन ।
तर,कैयौं मानिस मलाई सारै अप्ठ्यारो भन्छन् ,
हो,म कैयौं परिवेश र घटनामा सहज हुन सक्दिन ।
जहाँ समान हकको दावेदारहरु मध्ये ,
कुनै एक पक्षमा लागेर अर्कोलाई लल्कार्न सक्दिन।
समुदायमा निश्चित ब्यक्तिको अधिपत्य देख्दा ,
मलाई सह्यै हुदैन र म स्वीकार गर्न सक्दिन ।
उत्पीडित र उत्पीडकलाई एकै नजरले हेर्न सक्दिन ,
काम गर्ने र काम नगर्ने बीच समान भन्नै सक्दिन ।
यी र यस्ता कुरामा म सजिलो हुनै सक्दिन ,
त्यसैले मलाई कैयौं मानिस अप्ठ्यारो मान्छे भन्छन् ।
हो ,हजुर म सजिलो र अप्ठ्यारो दुबै छु ,
समय ,परिवेश र घटना अनुसार म फरक फरक हुने गर्दछु ।
२०८३/७ / ११

