सन् १९१७ मा रुसमा सम्पन्न भएको समाजवादी क्रान्ति र रुस सोभियत संघका रुपमा उदय भएपश्चात सोभियत समाजवादी व्यवस्थाले अपनाएको शिक्षा व्यवस्थामा प्रवेश गर्नुभन्दा पहिले ग्रीक सभ्यता, पुनर्जागरणकाल, युरोपको पुनर्जागरण तथा फ्रान्सेली राज्य क्रान्तिले अगाडि ल्याएको नागरिक शिक्षा र नागरिक सर्वोच्चताबारे केही उल्लेख गर्न चाहन्छु । रुसको समाजवादी क्रान्ति, औद्योगिक र श्रमशिक्षा, निरीश्वरवाद, विज्ञान र प्रविधिको विकास आदि कुराहरु ग्रीक सभ्यता एवं पुनर्जागरणकालको रोजर वेकनको चेतना, पुनर्जागरणकालको तर्कशास्त्र, दिदेरोको विश्वकोष र फ्रान्सेली राज्यक्रान्तिको नागरिक शिक्षा र नागरिक सर्वोच्चताको ऐतिहासिक जगमा उभिएको देखिन्छ । इतिहास वर्तमानको जननी हो, जननीको अध्ययनको अभावमा नयाँ परिघटना र त्यसले सिर्जना गर्ने परिदृष्यलाई बुझ्न सकिन्न, रुसको समाजवादी क्रान्ति र सोभियत शिक्षा व्यवस्था इतिहासको धेरै तर्कना तथा भाष्यहरुको सकारात्मक परिणति हो ।
मध्यकालमा युरोप एउटा गहिरो निद्रामा सुतेको थियो, धर्मशास्त्रको बोलवाला थियो, विस्तारै युरोपमा तेस्रो शताब्दीमा नै पुनर्जागरणका प्रवृत्तिहरु देखा परेका थिए । चौधौं र पन्ध्रौं शताब्दीमा पुनर्जागरणले विज्ञान र शिक्षा व्यवस्थामा नयाँ मूल्यहरुको उद्घोष ग¥यो । स्तुतिवाद र अविद्याको अन्धकार छाएको अवस्थामा अस्ताएको ग्रिक चिन्तनको पुनर्जागरण भएको थियो । अरब साम्राज्यले युरोपमा विद्यापीठहरु निर्माण गरेको थियो । सुकरात, प्लेटो तथा एरिस्टोटल इसाई थिएनन्, धर्मसत्ताका विरोधी थिए । तिनीहरु विचार, तर्क र तथ्यका आधारमा निष्कर्षमा पुग्ने विचारक थिए । युनानी चिन्तकहरुमा अन्धविश्वासको स्थान थिएन । मध्यकालमा युरोपमा कैयन यस्ता चिन्तक तथा दार्शनिक पैदा भए, जसले शिक्षामा चर्चको प्रधानतालाई अस्वीकार गरे, तिनीहरु तर्क, प्रमाण र विज्ञानका पक्षपाती थिए, तिनीहरुमा रोजर बेकन (१२१०–१२२३) ले प्रमुख स्थान राख्दछन्, उनले अन्धविश्वासमा आधारित पुराना लकिरका फकिरबाट होइन तर्कबुद्धि, प्रमाण र विज्ञानलाई आधार बनाउने शिक्षा व्यवस्थामा जोड दिए । पुराना शास्त्र बाइबल आदि कण्ठ गरेर धारणा बनाउने परम्परालाई बेकार बताए । बेकनले धर्मसत्ता र अन्धविश्वासबाट मुक्त शिक्षाले मात्र दुनियाँलाई नयाँ आविष्कार, सभ्यता र विकासको दिशामा अगाडि बढाउने कुरामा जोड दिएका थिए । त्यतिबेलै उनले अन्धविश्वास र धर्मसत्ताविरुद्धको शिक्षाले विश्वमा गाडीहरु बन्ने छन्, बैल र घोडाबाट चल्ने गाडाहरु को खास काम हुने छैन, यन्त्रहरु आविष्कार हुनेछन् । मान्छेले एउटा कोठामा बसेर संसारभर कुरा गर्न सक्नेछ र देख्न पनि सक्नेछ भन्ने विचार राखेका थिए । तेस्रो शताब्दीमा बेकनले गरेको परिकल्पना आज सार्थक भएको छ । यो सार्थकता मन्दिर, मस्जिद, चर्च आदिको प्राङ्गणमा प्राप्त शिक्षाबाट आएको होइन । यो विकास, समृद्धि, सभ्यता र क्रान्तिको आलोकबाट हेर्दा आविष्कार अन्धविश्वास, धर्मसत्ता र रुढीवादी शिक्षाबाट भएको देखिन्न । सन् १९१७ मा रुसमा समाजवादी क्रान्ति सम्पन्न भएपछि अगाडि सारिएको श्रमशिक्षा र औद्योगिक शिक्षाको जग नै द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणमा आधारित थियो जुन शिक्षा बेकन र त्यसपश्चात्का पुनर्जागरणकालीन चिन्तकहरु तथा केही हदमा फ्रान्सेली राज्यक्रान्तिले पैदा गराएको नागरिक शिक्षा तथा सर्वोच्चताको ऐतिहासिक मूल्यमा आधारित देखिन्छन् ।
भाग्यवाद र परलोकवादमा आधारित धर्मसत्ताका विरुद्ध पैदा भएको नवजागृत चेतनाले शिक्षाको नयाँ ढोका उघारेको थियो । जसमा नयाँ आविष्कारहरु पर्दछन् । कोपर्निकस (१७७३–१५४३) भन्ने पोल विद्वानले ग्रीक साहित्यको अनुशीलन गरेर उनले अरिस्टाकर्सद्वारा प्रतिपादित सिद्धान्तको व्याख्या गरे । पृथ्वी स्थिर छ र पृथ्वीका वरिपरि सूर्यचन्द्रहरु घुम्छन् भन्ने टालमी र इसाईहरुको मान्यताविरुद्ध पृथ्वी अस्थिर छ, सूर्य विशाल तथा स्थिर छ सूर्यका वरिपरि अन्य ग्रहहरु घुम्छन् भन्ने मान्यता सहित एउटा ग्रन्थ तयार पारेका थिए । जुन ग्रन्थ उनको जीवनकालभरि छापिएन, इशाईहरुले छाप्न दिएनन् । कोपरनिकसको विचारको जगमा उभिएर केप्लर (१५७१–१६३०) र ग्यालिलियो ग्यालेली (१५६४–१६४२) ले सौर्यमण्डलको थप परिभाषा गरे र सौर्यमण्डल हेर्ने दूरबिनको आविष्कार गरे । ती आविष्कारहरुले धार्मिक शिक्षालाई अस्वीकार गरे । इसाई धर्माबालम्बीहरुले तिनका विचारहरुलाई हाँसोमा उडाउने र उपहासको विषय बनाउने कोसिस गरे । नयाँ विचारक, चिन्तक तथा आविष्कारकहरुलाई समेत कठोर सजायको भागीदार बनाए । चर्चको अत्याचारका बावजुद विज्ञानका लागि कैयौं विचारकहरु सहिद भए । वैज्ञानिक खोजमा आधारित शिक्षाको प्रवाह थामिएन कठीन परिस्थितिलाई चिर्दै अगाडि बढेको थियो ।
युरोपमा १७ औं १८ औं शताब्दीको ज्ञानोदय प्रबोधनकालमा आउँदा युरोपको पुनर्जागरणकाल, धर्मसुधार आन्दोलन र व्यापारिक क्रान्तिले एउटा परिपक्व अवस्था सिर्जना गरेको थियो । त्यही परिपक्व अवस्था नै ज्ञानोदय काल थियो । ज्ञानोदय कालमा आउँदा शिक्षाको परिभाषा नयाँ ज्ञानको उदयको रुपमा अगाडि आएको थियो । यो एउटा बौद्धिक र सांस्कृतिक आन्दोलन थियो जसले तर्क, विज्ञान, तथ्य, प्रमाण तथा व्यक्तिगत स्वतन्त्रतामा जोड दिएर क्याथोलिक चर्चका मान्यताहरुलाई हाँक दिएको थियो । सन् १९५० देखि १८७० सम्मको अवधिलाई इतिहासकारहरुले ज्ञानोदय युग ९ब्नभ या भलष्निजतभलmभलत० को संज्ञा दिएका छन् । यो युगले भावी समाजवादी तथा वैज्ञानिक शिक्षा व्यवस्था निर्माणका लागि निकै महत्वपूर्ण योगदान पु¥याएको देखिन्छ । ज्ञानोदय कालका प्रमुख विचारकहरुमा जान लक, मन्टेस्क्यू, भोल्टेयर इमानुएल कान्ट, रुसो आदि थिए । युरोपको ज्ञानोदय कालले ज्ञानलाई विज्ञानसित जोड्ने काम ग¥यो । प्रयोग तथा परीक्षणमा जोड दियो । घटनाको कार्य र कारणका विषयमा अध्ययन ग¥यो, मानवतावादमा जोड दियो । देववाद र परमसत्ताको कडा विरोध ग¥यो, समानता र स्वतन्त्रताको झण्डा उठायो । प्रकृति र त्यसको संरक्षणको पक्षमा आवाज बुलन्द ग¥यो । त्यसकारण ज्ञानोदय कालको अध्ययन र त्यसको परिस्कृत तथा वैज्ञानिक रुप माक्र्सवाद हो । लेनिनले माक्र्सवादी सिद्धान्तलाई थप विकास गरेर रुसको भूमिमा सर्वहारा क्रान्तिको वैचारिक अस्त्र बनाए, लेनिनले माक्र्सवादमा जनवादी केन्द्रियता लगायत कैयौं संगठनात्मक सिद्धान्तलाई जोडेर कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने काममा नेतृत्वदायी भूमिका खेले । अन्तरसाम्राज्यवादी अन्तर्विरोध तीब्र बनेको अवस्थामा लेनिनले मजदूर क्रान्तिको शंखघोष गरे । जसको परिणाम सन् १९१७ मा रुसजस्तो विशाल मुलुकमा समाजवादी क्रान्ति सम्पन्न भएको थियो । लेनिनले शान्ति, कूटनीति र युद्धको वैचारिक मार्गबाट देशलाई अगाडि बढाउने लाइनको नेतृत्व गरे । यस सिलसिलामा लेनिनवादीहरुले राष्ट्रिय–अन्तर्राष्ट्रिय मजदूर एकताको शिक्षा, श्रम शिक्षा, औद्योगिक शिक्षा र उत्पादन शिक्षामा जोड दिएका थिए । त्यसक्रममा लेनिनवादीहरुले कैयौं चर्चका भवनहरुलाई विज्ञान, शिक्षा र प्रयोगशालामा परिणत गरेका थिए । यो अभियानलाई सन् १९२७ बाट सुरु गरिएको प्रथम पञ्चवर्षीय योजना र स्टालीन युगमा निकै तीब्रताका साथ अगाडि बढाइएको थियो । त्यसैको परिणाम सन् १९२४ सम्म एउटा कमजोर र पिछडिएको देशको रुपमा परिचित सोभियत संघ सन् १९३२ मा जाँदा अमेरिकासँग झण्डै समानान्तर हैसियत राख्ने समाजवादी राष्ट्रका रुपमा उदाएको थियो ।
कार्ल माक्र्सले नै पूँजीवादी शिक्षा व्यवस्थाको जनविरोधी आयामका विरुद्धमा शिक्षालाई औद्योगिक श्रमसँग जोड्ने कुरामा जोड दिएका छन् । श्रम शिक्षालाई माक्र्सले सामाज रुपान्तरणको औजार बन्नुपर्ने बताएका छन् । समाज रुपान्तरणका लागि श्रम शिक्षाको पक्षमा आवाज उठाउने कुरामा माक्र्सले शिक्षाका तीन आयामको विषयमा चर्चा गरेका छन् । उनले प्रथमतः बौद्धिक शिक्षा, द्वितीय शारीरिक शिक्षा र पोलिटेक्निकल शिक्षाको उल्लेख गरेका छन् । उनको शिक्षा सम्बन्धको सो प्रस्तावलाई १८६६ को सेप्टेम्बर महिनामा जेनेभामा सम्पन्न कम्युनिष्ट इन्टरनेशनलको प्रथम अन्तराष्ट्रिय सम्मेलनले पारित गरेको थियो । गोथा कार्यक्रमको आलोचनामा कार्ल माक्र्सले उत्पादक श्रमलाई व्यावसायिक शिक्षासँग जोड्ने कुरामा जोड दिएका छन् ।
सन् १९१७ मा रुसमा समाजवादी क्रान्ति सम्पन्न भएपछि लेनिनले शिक्षा र राजनीतिको सम्बन्धका विषयमा महत्वपूर्ण विचार अगाडि सारेका थिए । त्यस सिलसिलामा लेनिनले साहित्य र कला जस्तै शिक्षाको पनि शोषित वर्गीय पक्षधरताको विषयमा प्रकाश पारेका छन् । लेनिनले मजदूर शिक्षामा जोड दिंदै क्रान्तिका लागि ज्ञान एउटा हतियार हो भनेका छन् । लेनिनले शिक्षाका विषयमा बुर्जुवा पाखण्ड, अवैज्ञानिक बुर्जुवा शिक्षाको कमजोरी, युवा र जनवादी–समाजवादी शिक्षा, समाजवादको लक्ष्य, सर्वहारा मानवतावाद, अनिश्वरवाद, शिक्षाको अनिवार्यता तथा सर्वहारा संस्कृतिको विषयमा लामो चर्चा गर्दै शिक्षक क्रान्ति र रुपान्तरणको शक्ति बन्नुपर्ने विषयमा चर्चा गरेका छन् । २३ नोभेम्बर १८७५ मा युक्रेनमा जन्मेका अनातोली लुनाचास्र्कीले सोभियत समाजवादी शिक्षा व्यवस्थाको विषयमा पर्याप्त मात्रामा वैज्ञानिक ढंगले विश्लेषण गरेका छन् । लेनिनको सरकारको पालामा लुनाचास्र्की सांस्कृतिक कमिसार थिए । १९३३ मा स्पेनस्थित सोभियतसंघको राजदूतमा नियुक्त भएका थिए । उनी समाजवादी शिक्षाविद्, साहित्यकार तथा कुटनीतिज्ञ समेत थिए । उनले अखिल रुसी कांग्रेसमा शिक्षाको विषयमा सम्बोधन गरेका थिए । शिक्षा के हो ? कम्युनिष्ट प्रचार कार्य र जनशिक्षा वर्गीय विद्यालय, सर्वहारा राज्यलाई आवश्यकता पर्ने विद्यालय, विद्यालयको दर्शन र क्रान्ति, सोभियत निर्माण व्यवस्थामा शिक्षाको कार्यभार, शोभियत शिक्षाशास्त्र र समाजशास्त्र, नयाँ मानवको शिक्षा, शोभियत विद्यालयका शैक्षिक कार्यभार विद्यालय शब्दको कला, शिक्षामा मजदूर सर्वहाराको भूमिकालगायत विषयमा उनले द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणको जगमा उभिएर परम्परागत पिछडिएको र रुढिवादी शिक्षाको विकल्प उभ्याइदिएका छन्, विश्व कम्युनिष्ट आन्दोलनको इतिहासमा नयाँ मानव निर्माण गर्न शिक्षा, व्यवस्थाको प्रारुप तयार गर्ने मामिलामा लुनाचास्र्कीको योगदान निकै महत्वपूर्ण रहेको छ । उनले शिक्षाको समाजवादी–साम्यवादी लक्ष्यका सन्दर्भमा विज्ञान र प्रविधिको उच्चतम विकास भएको दुनियाँमा समेत उज्यालो मार्गदर्शन प्रदान गरेका छन् ।
समाजवादी शिक्षा व्यवस्थामा लेनिन पत्नी नदेज्दा क्रुप्सकायाले श्रम शिक्षा र चरित्र निर्माणको प्रश्नमा गहन विचारहरु राखेकी छन् । उनी सोभियत शिक्षा पद्धतिको प्रवर्तक मध्येकी एक थिइन् । उनी व्यापक ज्ञानले सम्पन्न माक्र्सवादी शिक्षाशास्त्री पनि थिइन् । पूँजीवादीहरुले धर्म र परलोकवादको जगमा चरित्र र नैतिकताको पर्खाल खडा गर्दछन् । क्रुप्सकायाले भौतिक चिन्तन, श्रम शिक्षा र कम्युनिष्ट आचरण तथा श्रम शिक्षाको विषयमा महत्वपूर्ण विचार पस्केकी छिन् । उनले धार्मिक पाखण्ड र अन्धविश्वासको विरुद्धमा तर्क, विज्ञान र सत्यलाई अगाडि सारेकी छन् । त्यस सिलसिलामा उनले पोलिटेक्निकल शिक्षा, शिक्षालाई उत्पादनमा जोड्ने काम, समाजोपयोगी श्रम व्यवसायको चयन, श्रमशिक्षा र चरित्र निर्माणको विषयमा माक्र्सवाद लेनिनवादको संस्थापकहरुको दृष्टिकोण उदीयमान पिढीलाई दिनुपर्ने वैज्ञानिक शिक्षा, समाजवादी स्कूल, व्यावसायिक शिक्षा बालबालिकाहरुको बहुमुखी विकास, महिलाको काम, बाल मण्डली तथा बालबालिकाहरुको जीवनोपयोगी सामूहिक श्रम कम्युनिष्ट शिक्षा, समाजवाद निर्माणमा शैक्षिक कार्यभार लगायत कैयौं विषयमा कलम चलाएकी छन् । जुन आजको युगमा समेत पठनीय र महत्वपूर्ण छन् । क्रुप्सकायाले ‘बुर्जुवा राज्यमा चाहे त्यो राजतन्त्र होस् या गणतन्त्र स्कूल जनसाधारणका लागि आरम्भिक दासताको साधन हुन्छ’ भनेकी छन् ।
पुनर्जागरण, ज्ञानोदय काल हुँदै माक्र्स ऐंगेल्सको समयमा आउँदा समाज विकासको चरित्र प्रतियोगितात्मक पूँजीवादी युगमा रुपान्तरण भएको थियो । त्यो युगमा माक्र्सका शिक्षा सम्बन्धी वर्गीय अवधारणामा आधारित विचार युगसापेक्ष र महत्वपूर्ण थिए । लेनिनको समयले साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको प्रतिनिधित्व गर्दथ्यो । विशेषतः सन् १९१७ को समाजवाद र क्रान्ति पश्चात सोभियत विचारकहरुले अगाडि सारेका शिक्षा सम्बन्धी विचारहरुले समाजवादी विश्व व्यवस्थालाई दिशानिर्देश गरे । विश्व कम्युनिष्ट आन्दोलनमा माओले पु¥याएको योगदान लेनिनवादी युगभित्रको विकसित चरणको योगदान हो । माओले चिनियाँ क्रान्तिको आलोकको जनशिक्षा तथा कमरेड चाउएनलाईले कूटनीतिक शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका थिए । माओले जनताबाट सिक्ने र शिक्षा आर्जन गर्ने कुरामा विशेष जोड दिएको देखिन्छ । शिक्षाको क्षेत्रमा माओले पनि मूलतः सोभियत विचारकहरुको चिन्तनधारालाई नै अनुकरण गर्न खोजेका थिए तर चीनमा जनवादी शिक्षा व्यवस्थालाई चीनका शैक्षिक संस्थाहरुमा स्थापित गराउन ठूलो कठिनाइको सामना गर्नुप¥यो । जनवादी क्रान्ति सम्पन्न भएपछि चीनमा शैक्षिक संस्थाहरुमा कन्फ्युसियसको अन्धविश्वासी प्रभाव पूर्णरुपमा हट्न सकेको थिएन । त्यसैले चीनमा माओको नेतृत्वमा महान सर्वहारा सांस्कृतिक क्रान्तिको झण्डा उठेको थियो । सर्वहारा सांस्कृतिक क्रान्ति एउटा राजनीतिक विचारधारात्मक क्रान्ति मात्र थिएन पूँजीवादी शिक्षा व्यवस्थामा आमूल परिवर्तनको उद्घोष पनि थियो । समाजवादी शिक्षा व्यवस्थाको विषयमा कोरियाली श्रमिक पार्टीका नेता किम इल सुङको विचारहरु पनि महत्वपूर्ण देखिन्छन् । यी सबै विचारहरु सन् १९१७ को समाजवादी क्रान्तिपश्चात सोभियत शिक्षा व्ययवस्थाका देनहरु थिए, त्यसका जनक लेनिन हुन् । जसले समाजवादी शिक्षाको सैद्धान्तिक भाष्यलाई व्यवहारिक रुप दिने कामको नेतृत्व गरे ।
समाजवादी वैज्ञानिक शिक्षा व्यवस्थाले सोभियत संघका सम्पूर्ण जनतालाई नयाँ मानवका रुपमा उभ्यायो । अमेरिकी पत्रकार अन्न लुई स्ट्रङले आफ्नो पुस्तक स्टालिन युगमा सोभियत जनतालाई ‘नयाँ मानव’ भनेकी छन् । यिनै नयाँ मानवले निर्माण गरेको हतियार, सशस्त्र लडाकू विमान र बोल्सेभिक क्रान्तिकारी स्प्रिटले द्वितीय विश्वयुद्धमा नाजी र फासिस्टहरुलाई धराशायी पारेका थिए । त्यो शिक्षा व्यवस्थाले नारी, मजदूर र किसान शिक्षालाई प्राथमिकतामा राख्दा सोभियत संघको जनता आत्मनिर्भर, जीवनपक्षीय र कर्मयोगी बनेका थिए । सोभियत संघको विज्ञान शिक्षाको परिणामहरु धेरै थिए । स्टालीन युगमा सोभियत संघमा कृषि, उद्योग, वाणिज्य, साहित्य, कला इतिहासको ज्ञान आदि क्षेत्रमा आएको क्रान्ति सोभियत समाजवादी शिक्षा नीतिको देन थियो ।
दुईवटा महादेशमा फैलिएको तर मूलतः युरोपियन मुलुकमा गणना हुने रुसमा उन्नाइसौं शताब्दीको अन्तसम्म २० प्रतिशतमात्र शिक्षित थिए, जारशाहीको शासन अन्तर्गत भोकमरी, अभाव र वेरोजगारी व्याप्त थियो । समाजवादी क्रान्ति सम्पन्न भएपछि शिक्षालाई निःशुल्क बनाएर सबैका लागि अनिवार्य शिक्षाको कार्यक्रम ल्याइयो । सबै शोषणको अन्त्यको घोषणा गरेर भाषा तथा संस्कृतिमा जोड दिइयो । शिक्षा आर्जनमा उमेरको हद तोकिएन । युवा तथा प्रौढहरुको समेत कम्तिमा साक्षर हुने राष्ट्रिय अभियान सञ्चालन गरियो । सन् १९२२मा लागु गरिएको शिक्षा व्यवस्थाको उद्देश्यमा तीक्ष्ण नागरिक भावना, विश्वका किसान मजदूरबीचमा बन्धुत्व, सहकारिता, व्यावसायिकता तथा जीवनोपयोगी शिक्षामा जोड दिएको पाइन्छ । सोभियत रुसमा समाजवादी व्यवस्था भएको समयमा शिक्षा आम जनताको समान पहुँचमा थियो । सन् १९९० मा पूँजीवादको पुनस्र्थापना भएपछि समाजवादी शिक्षा व्यवस्था ध्वस्त भयो, आजको रुसमा सबैका लागि समान शिक्षा व्यवस्था छैन, त्यतिबेलाको सोभियत रुस त्यहाँका जनताका लागि मात्र नभएर विश्वका आम जनताका लागि शिक्षा आर्जन गर्ने थलोका रुपमा स्थापित थियो । आज युद्धका कारण खग्रास बनेको युक्रेन समाजवादी कालमा विश्वकै एउटा प्राज्ञिक हबका रुपमा परिचित थियो । नेपालमै पनि तत्कालीन सोभियत संघमा गएर शिक्षा आर्जन गर्नेको संख्या कम थिएन ।
माक्र्सवाद, लेनिनवाद दर्शन, सिद्धान्त, राजनीति, साहित्य कला, धर्म, अर्थशास्त्र र संस्कृतिका प्रश्नमा मात्र होइन शिक्षा व्यवस्थामा समेत प्रतिधु्रवीय विचारधारा हो, जुन विचारधाराले दुई सय ७७ वर्षमा विश्वका करोडौं मनुवाहरुको दिमाग हल्लाएको छ । आज माक्र्सवादी–लेनिनवादी दर्शन, सिद्धान्त–राजनीति, अर्थनीति, साहित्य, कला र संस्कृतिले मात्र होइन शिक्षा व्यवस्थाले समेत धक्काको सामना गर्नुपरेको छ, तर राज्य सञ्चालनको प्रवाहमा कुनै न कुनै रुपमा माक्र्सवाद लेनिनवादको प्रभाव छ । माक्र्सवाद, माक्र्सवादी–लेनिनवादी दर्शन तथा सिद्धान्तमा आधारित शिक्षा व्यवस्था कसरी पराजित भयो यो बेग्लै छलफलको विषय हो । तर सबैका लागि वैज्ञानिक शिक्षा, शिक्षामा आम जनताको समान अधिकार र हैसियत, श्रमशिक्षा र उच्चप्रकारको मानवीय चरित्र निर्माण, समानता र स्वतन्त्रताको निर्माण तथा सृजना, अन्धविश्वास र पाखण्डका स्थानमा सत्य, यथार्थता र माक्र्सवादी शिक्षा व्यवस्थाका आधारहरु हुन् । सही अर्थमा मानव सभ्यताको विकास हुने मार्ग पनि यही हो । आज परलोक र भाग्यवादका पछाडि दौडिने धार्मिक तथा सामन्ती पूँजीवादी शिक्षा व्यवस्थाले मानव सभ्यतालाई बर्बाद बनाइरहेको छ । सामन्तवादी पूँजीवादी दार्शनिक चेतको जगमा उभिएको आजको शिक्षा व्यवस्थाले एउटा चिन्तक होइन विश्व साम्राज्यवादको कठपुतली बन्ने कारिन्दा उत्पादन गरिरहेको छ भने सोभियत संघको समाजवादी संस्कृति र शिक्षा व्यवस्थाले हिटलरका नाजी पल्टन र मुसोलिनीका फासिस्ट पल्टनसँग जीवन–मरणको लडाईं लड्ने महापुरुषहरु जन्माएको थियो । द्वितीय विश्वयुद्धमा लडेका कैयौं सिपाहीहरु पछि दिग्गज साहित्यकारका रुपमा उदाएका थिए । यो ऐतिहासिक परिदृष्यले वैज्ञानिक समाजवादी सैनिक शिक्षाको महत्वलाई दर्शाएको छ ।
धर्मको आविष्कार भएदेखि नै धर्म, अन्धविश्वास, रुढिवाद र कुरीतिहरुले यथास्थितिवादको पक्षपोषण गर्दै आएका छन् । यो कुरा सबै धर्मका सन्दर्भमा सत्य हो । इतिहसको वैज्ञानिक सच्चाई यो हो कि मानव जाति धर्मशास्त्रका उपदेशबाट कम र कानुनदेखि धेरै डराउँदै आएको छ । त्यसैले धार्मिक अनुष्ठानहरु भ्रष्टाचार र अनियमितताका अखाडा बनेका हुन्छन् । केही परोपकारका काम भएका छन्, तर तिनले गौण स्थान राख्छन् । ज्ञानोदय कालका विचारक रुसोले ‘जब एउटा बालक स्वतन्त्र भएर जन्मिन्छ, त्यसपछि ऊ चारैतिरबाट बन्धनमा परेको महसुस गर्छ’ भनेका छन् । एउटा स्वतन्त्र बालक जब अन्धविश्वास र मिथकीय सिद्धान्तमा आधारित शिक्षा आर्जन गर्न थाल्छ । त्यसपछि उसको ज्ञान आर्जनको शुरुवात हुँदैन, ज्ञानको मृत्युको शुरुवात हुन्छ । बट्रेन्ट रसेलका अनुसार समाजका सबभन्दा धेरै मिथकको खेती गर्नेहरुमा परम्परावादी र राजनीतिकर्मी हुन्छन् । आजको भूमण्डलीकृत पूँजीवादमा धर्म राजनीति गजबका बिजनेश मोडेल भएका छन् । यसमा आधारित शिक्षा व्यवस्थाले पैदा गराएको प्रज्ञाले कसको सेवा गरिरहेको छ भन्ने कुरा हाम्रा अगाडि जगजाहेर छ । त्यसकारण सोभियत संघले समाजवादी क्रान्तिपश्चात अगाडि सारेको शैक्षिक व्यवस्था र त्यसले निर्माण गरेको विश्वदृष्टिकोण आज झन सान्दर्भिक भएको छ । भूमण्डलीकृत पूँजीवादले जति भ्रम सिर्जना गर्दै जान्छ, जति शोषणका नयाँ विधिहरु अगाडि सार्दै जान्छ, जति यन्त्रमानव सिर्जना गर्ने शिक्षा प्रणाली लागु गर्दै जान्छ, समग्रमा पूँजीवाद जति छिप्पिदै जान्छ, त्यत्तिकै रुपमा लेनिन र उनको नेतृत्वमा प्रस्तावित शिक्षा व्यवस्थाको महत्व बढ्दै जान्छ । मानव सभ्यताको विकास तथा नयाँ चरित्रको नागरिक उत्पादन गर्न वैज्ञानिक शिक्षा अपरिहार्य बन्दै जानेछ । शिक्षाको पराजय अस्थायी कुरा हो । तार्किक, वैज्ञानिक, गैरमिथक शिक्षा अगाडि–अगाडि यथास्थितिवादी तथा प्रतिगामी शिक्षा यही नै इतिहासको सच्चाइ हो ।

