बेंगलोरमा प्रशिक्षण कार्यक्रम सम्पन्न

बेंगलोर । अखिल भारत नेपाली एकता समाज बेङ्गलोर उत्तर र दक्षिण नगर समितिको २३ अप्रिल २०२३ का दिन एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन ने.क.पा.(मशाल) केन्द्रीय सदस्य तथा प्रगतिवादी लेखक शशिधर भण्डारीले दिपप्रज्वलन गरी तालीको गडगडाहटका साथ कार्यक्रमको उद्घाटन गरेका थिए । भण्डारीले मन्तव्यको क्रममा देशको समसामयिक राजनीति र अहिलेको दलाल नोकरशाही पुँजीवादी वर्गको सरकारसम्बन्धी प्रशिक्षण दिनुका साथै कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुले राखेका प्रश्नको उत्तर दिएका थिए ।

अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा दक्षिण नगर समितिका अध्यक्ष किसन बहादुर विकले अखिल भारत नेपाली एकता समाजको लक्ष्य र उद्देश्यबारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको शुभकामना दिने अन्य अतिथिहरुमा अखिल भारत नेपाली एकता समाज केन्द्रीय सचिव रामसिंह विक, केन्द्रीय प्रतिनिधि धर्मराम विक, अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय उपाध्यक्ष नारायण गिरी, महिला क्षेत्रीय विभागकी सदस्य कलावती दयाल, अखिल भारत नेपाली विद्यार्थी केन्द्रीय सदस्य कमला विक र केन्द्रीय सदस्य प्रतिभा विक रहेका थिए ।

कार्यक्रम अतिथि आसन पश्चात् ज्ञात अज्ञात सहिदहरु प्रति एक मिनेट मौनधारणपछि उपस्थित जनसमुदायलाई दक्षिण नगर समितिका सहचिव रामदत्त पाण्डेले शब्दबाट स्वागत गरेका थिए । कार्यक्रमको अध्यक्षता उत्तर नगर समितिका अध्यक्ष दिलिप विक र कार्यक्रमको सञ्चालन शेरसिंह विकले गरेका थिए । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुको जनवादी गीत, संगीत प्रस्तुति रहेको थियो । कार्यक्रम समापन अध्यक्ष दिलिप विकले गरेका थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित