रुपन्देहीमा दुइ कार्यक्रमहरु सम्पन्न

रुपन्देही । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसका विद्यार्थीले २ फरक फरक कार्यक्रम मणिग्राम, २१ जेठ, बिहीबार सम्पन्न भएका छन् । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको समूह क्वालिटी सर्कल अर्थात विद्यार्थी गुणस्तर समूहले क्याम्पस परिसर सहित स्थानीय सडक सरसफाई गरेको हो ।
कार्यक्रममा विद्यार्थी, कर्मचारी, प्राध्यापकहरू र क्याम्पस प्रमुखको समेत सहभागिता रहेको थियो । यसैगरी, विद्यार्थी उद्यमशीलता मेला कार्यक्रम पनि मणिग्राम, २१ जेठ, बिहीबार क्याम्पसमा सम्पन्न भएको छ । बी.बी.एस.पहिलो वर्षका विद्यार्थी आरती पल्लीको संयोजकत्वमा कार्यक्रम भएको हो । तिलोत्तमा नगरपालिकाको स्वीकृत कार्यक्रम स्टुडेण्ट च्यालेञ्ज फण्ड अन्तर्गतको मेलामा विद्यार्थीहरू विभिन्न परिकार तयार गरि बिक्री गरेका थिए ।क्याम्पस प्रमुख तारा प्रसाद पराजुलीले मेलाको उद्घाटन गर्नुभएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित