घोराही । पुस्तक दिवसको अवसर पारेर उत्कृष्ट वर्षपाठक घोषणा गरिएका दाङका दुईजना अध्यताहरुलाई सम्मान गरिएको छ ।
घोराहीको सर्वोदय पुस्तकालयमा एक शुक्रवार एक औपचारिक कार्यक्रमको आयोजना गरि प्रहरी निरिक्षक तथा लेखक राम बहादुर जी.सी. र पत्रकार गोबिन्द खड्कालाई सम्मान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सर्वोदय पुस्तकालयका अध्यक्ष तथा लेखक सुशील गौतमले आफूलाई आलोचनात्मक बनाउन र बिचलनबाट जोगाउन पुस्तक अध्ययनले नै सघाएको चर्चा गरे । आज यति छिट्टै राजनीतिक सामाजिक क्षेत्रमा विचलन र संकट आउनुको कारण अध्ययन संस्कृतिमा आएको ह्रास जिम्मेवार रहेको उनले बताए । कार्यक्रममा सम्मानित व्यक्तिहरु राम बहादुर जी.सी. र गोबिन्द खड्काले अध्ययन सम्बन्धि आफ्ना अनुभवहरु सुनाएका थिए ।
विपिन आचार्य, बिनोद के.सी., सशांक पोख्रेल, राजनीतिकर्मी, गणेश आचार्य र राम बहादुर जि.एम.ले पठन संस्कृति सम्बन्धि आफ्ना अनुभवसहित सम्मानित व्यक्तिहरुलाई बधाई दिएका थिए ।
मेधावी कन्सर्न घोराहीका संचालक, प्रकाशक तथा साहित्यकार सुर्य वि.सी.ले सहजीकरण गर्नुभएको कार्यक्रम अध्ययन समूहका प्रमोद धितालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रम अध्ययन समूह दाङ र मेधावी कन्सर्न घोराहीको संयुक्त आयोजनामा भएको थियाे ।



