इलाहाबादमा संयुक्त रूपमा १३४ औँ मई दिवस मनाइयो

इलाहाबाद । अखिल भारत नेपाली एकता समाज इलाहाबाद नगर समिति र भारतीय भाइचारा संगठन सियुटिआइ ट्रेड युनियनको संयुक्त आयोजनामा १३४ औँ अन्तराष्ट्रीय मज़दूर दिवस मनाइएको छ ।

मई दिवसका अवसरमा सिविल लाइन गिरीजा पत्थर घरबाट शुरू भएको जुलुस “मई दिवस ज़िन्दाबाद, मज़दूर एकता ज़िन्दाबाद”, “अखिल भारत नेपाली एकता समाजक ज़िन्दाबाद”, “भाईचारासंगको एकता अमर रहोस्” लगायत नारा लगाउँदै सुवास चौराहासम्म पुगेर कोण सभामा परिणाम भएको थियो ।

सभालाई अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष खिमानन्द न्यौपाने र सीयूटीआईका नेता मोहन सिंहले संवोधन गरेका थिए । कार्यक्रमको संचालन हरेंद्रनाथले गरेका थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित