बैङ्गलोरमा मनाइयो १३४ औँ मई दिवस

बैङ्गलोर । “संसारका मजदुर एक हौँ ‌, नेपाली एकता जिन्दाबाद” नाराका साथ अखिल भारत नेपाली एकता समाज बेङ्गलोर उत्तर र दक्षिण नगर समितिले १३४‌ औँ मई दिवस मनाइएको छ ।

कार्यक्रममा अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव रामसिंह विक, क्षेत्रीय सदस्य तथा नगर अध्यक्ष किसन बहादुर विक, केन्द्रीय सदस्य तथा तथा हाँक साप्ताहिकका सम्पादता करन दयाल, अखिल भारत नेपाली एकता समाज‌‌ केन्द्रीय सदस्य तथा नगर उपाध्यक्ष सेर बहादुर दयाल, अखिल भारत नेपाली एकता समाज महिला क्षेत्रिय बिभागका सदस्य कलावती दयाल, महिला नगर समिति कि सदस्य पार्वती बयानी, रक्तिम सांस्कृतिक अभियान क्षेत्रीय सदस्य शान्ति परियार, अखिल भारत नेपाली विद्यार्थी नगर सदस्य संगिता विकले ‌अतिथि आशन ग्रहण गरेका थिए ।

आशन ग्रहण पछि सहिदहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । उपस्थितलाई शब्दबाट नगर समितिका सहसचिव राम दत्त पाण्डे स्वागत गरेका थिए भने रक्तिम सांस्कृतिक अभियानका कलाकारले ‌गीत र संगीतबाट स्वागत गरेका थिए ।

करन दयाल, शान्ति परियार, सेर बहादुर दयाल, कलावती दयाल, पार्वती बयानी, किसन बहादुर विकले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको अन्त्यमा “संसारका मजदुर एक हौँ, मजदुर दिवस अमर रहोस अमर रहोस्, नेपाली एकता जिन्दाबाद । इनक्लाव जिन्दाबाद” नारा लगाइएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित