क्रान्तिकारी योद्धाहरु

गीत रचना- निलिमा पुन

क्रान्तिकारी योद्धाहरु अघि अघि बढ

बर्गयुद्द चलाउन एकजुट भइ लड

धर्ती हाम्रै हो बाटो हाम्रै हो

संसार भरिका युवाहरु हो…

युग हाँक्ने वीरहरु नथाकेर लड

अग्रगामी पाईला चाल्दै उच्च शिखर चढ

धर्ती हाम्रै हो, बाटो हाम्रै

संसार भरिका मज्दुरहरु हो…

धर्ती भरि नयाँ नयाँ फुल फुलाउनु छ

मानवीय समताको नियम बनाउनु छ

धर्ती हाम्रै हो, बाटो हाम्रै

संसार भरिका सर्बहारा हो…

हामी जुटे संसार जित्छौ सारा बन्धन तोड्छौं

वर्गविहिन समाजको निर्माण गरि छोड्छौं

धर्ती हाम्रै हो बाटो हाम्रै हो

संसार भरिका युवाहरु हो

संसार भरिका मज्दुरहरु हो

संसार भरिका सर्बहारा हो

( रक्तिमकी उपाध्यक्ष वरिष्ठ जनगायिका निलिमा पुनको यो गित रक्तिमका महासचिव , जनगायक उदय रिजाल सङ्गैको स्वरमा केही दिनमै युटुब बाट सार्वजनिक  हुदैछ ।)

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित