काठमाडौं, २९ मंसिर । बैंक तथा वित्तीय संस्थाले शुक्रबार ११ अर्ब ३ करोड करवापतको रकम बुझाएका छ्न् । बिहीवार सर्वोच्च अदालतले मर्जरमा कर तिर्न नपर्ने दावीसहित परेको रिट निवेदन बदर गरेको थियो ।
निबेदन बदर भएपछि बैंक तथा वित्तीय संस्था आज कर बुझाएका हुन् । कुन बैंक वा वित्तीय संस्थाले कति रकम बुझाए त्यसको विवरण प्राप्त भएको छैन ।
शुक्रबार ११ अर्ब तीन करोड रुपियाँ कर असुल भएको ठूला करदाता कार्यालयका प्रमुख जनकराज शर्माले जानकारी दिए ।
उनले भने, ‘अदालतको आदेशसँगै बैंक तथा वित्तीय संस्थाले धमाधम कर दाखिला गर्न सुरु गरेका छन् । जसमा १६ वटा बैंक तथा वित्तिय संस्था सहभागी छन् ।’
Comments