तीन दिन नेप्से नचल्ने

काठमाडौं, २५ पुषा । बिहीवार साँझदेखि शनिवारसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को वेबसाइट नचल्ने भएको छ । एक सूचना जारी गर्दै नेप्सेले तीन दिनसम्म कारोबार प्रणाली नचल्ने जानकारी दिएको छ ।

“विद्युत मर्मत तथा सम्भार सम्बन्धी कार्य गर्ने भएकाले बिहीबार साँझ ५:०० बजेदेखि शनिवार राति ११:०० बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,” सूचनामा भनिएको छ ।

विद्युतीय प्रणाली अद्यावधिक गर्ने यस कार्यबाट पर्न गएको असुविधाका लागि नेप्सेले सेवाग्राहीमा क्षमा समेत मागेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित