-नारायण प्रसाद भण्डारी
नेपालको राजनीतिक परिवेश :
सत्ताको रसास्वादन गरिरहेका नेताहरु २०८२ भाद्र २३ र २४ मा भएको जेनजी विद्रोहका कारण आफ्ना विरासत, ब्रह्लुट, मोज –मस्ती, सुख,सयल सबै क्षणभरमै त्यागेर भाग्नु परेको थियो । देश र जनता प्रति भन्दा आफ्नै जिउ ज्यानको सुरक्षाका लागि सुरक्षा दस्ताको सहारामा भाग दौड गर्दै भागेका थिए । नेपालको राज्य सत्ता आफु बाहेक अन्य कसैलाई देख्न, स्वीकार्न नसक्ने र देश हरिकगांल बनाउने ठूला ठेकदार एवं करोडौंको सहकारीसम्बन्धी रकम अपचलनको आरोपमा जेल जीवन विताइ रहेका साम्राज्यवादका प्रिय पात्र जेल ब्रेक गर्दै नक्कली सक्कली रुपमा बाहिर निस्किए । पुनः सम्झौताको नाटक मन्चन गर्दै इमान्दारिता प्रदर्शन गर्नसम्म पछि नपरेका महासय विभिन्न काण्डमा आरोपित भ्रष्टाचारी साम्राज्यवादका पहरेदारहरुको दिमागमा भएको उथलपुथल मन मस्तिष्कमा गएको भूइचालो र ठूलो ज्वालामुखीको विस्फोटनले भित्र भूमिगत रुपमा लुकेर बसेका (र) पश्चिमाहरुका दलाल विचौलिया अब विस्तारै आफना काला कर्तुतका जाल कुनै न कुनै छेउ कुनाबाट प्वाँल पार्दै बाहिर निस्केर विभिन्न रुप धारण गर्दै सार्वजनिक हुन थालेको घटना परिघटना प्रायः मिडियाका भित्ताहरुमा रगिंन थालेको देखिन्छ । ती भविष्यका कर्णधार, राष्ट्रका खम्बा महान योद्धाहरुको लाश एवं रगतमाथि होली खेल्दा कत्ति पनि लाज घीन दाया माया मानवता केही नभएका अपराधीहरुले महशुससम्म गरेनन । ती होनहार युवा हाम्रै देशका सम्पत्ति थिए । उनीहरुमाथि हामीले गोला वर्षाएर हत्या हिंसा नगर्नु पर्ने अन्याय पूर्ण गल्ती ग¥यौं । तिनीहरुको परिवार इष्टमित्र आफन्त नाता गोतामा चोट परेको होला ? पीडाको बोझ बोकेका होलान ? कमसेकम सानो थोरै भए पनि एक दुइ शब्दले सम्बोधन गरेर महशुसको मलमपट्टीसम्म लगाउनु पर्छ भन्ने लचकता देखिएन । यो हामी सम्पूर्ण देशवासीले बुझनु पर्ने सायद हामीमा कतै कमजोरी भयो कि ? आत्मसमीक्षा गर्ने समय हाम्रो अगाडि आएको छ तर महासयहरुको पत्थर भन्दा अझ बलियो हृदयलाई रत्तिभर पनि छुन सकेको देखिन्न । फेरि पनि भ्रष्टाचार हत्या हिंसालाई वैधानिक बनाउन नेपालमा गर्ने भन्ने निवार्चनको हार जितको गुणन, भाग र माइनस, पलस साम्राज्यवादले कोठा कोठामा बसेर हिसाब गर्दै छन् । उनीहरुले गर्ने भोटको गणनामा तिनै हरेक समस्याले मनभरि पीडाको भारी बोकेका बाँच्नका लागि गाउँवस्ती बृद्धाआश्रम बनाएर अहोरात्र सन्तानको मायामा छटपटाइरहेका कोही न्यायको लागि लड्दै गर्दा अंगभंग, घाइते भएका बेपत्ता परिवार सहीद परिवारलाई नै कसरी फसाउने ? कसरी भोट हालेर हार जीतको भएकोे नाटक गर्ने भन्ने ठूलो षडयन्त्र जाल बुन्दै छन् । अब ती लाटा सोझा इमान्दार शोषित पीडितहरुलाई एक छाक मासु भात रक्सी खुवाएर गोझिमा २, ४ सय हाल्देर आफुले ४ वर्षसम्म ब्रह्लुट गर्ने हिसाबमा लागि परेका छन् । यो साम्राज्यवादको योजनामा नेपालीका अनुहार देखाएर आफनो साम्राज्यवाद विस्तार गर्ने दाउँमा नेपाली जनतालाई नयाँ नयाँ भ्रामक छल कपट जालझेलको खेल खेलिंदै छ ।
नेपालमा यस्ता निर्वाचन पन्चायतकालमा दर्जनौं भए । २०३६ सालको जनमत संग्रह २०४६ को नामधारी प्रजातन्त्र २०४८ को निर्वाचन लगायतका दर्जनौं निर्वाचन हुने गरे । ती निर्वाचनहरुमा कहिल्यै जनताका वास्तविक मत खसेको रेकर्ड पनि भएन । मतदान नगरेका नागरिकको नाम बाँकी पनि रहेन । भनिन्थ्यो अत्याधिक मत खस्यो । अझ अर्को रोचक कुरा निर्वाचन कसले जित्ने कसले हार्ने हार जितको हिसाब पहिले नै हुने तर वैधानिकता दिनका लागि चुनावको नौटंकी नाटक नेपाली जनताले नदेखेको न भोगेको होइन । यस्ता खेल अहिले पनि तीव्र रुपमा खेलाइँदै छ ।
१) सर्वप्रथम २०५२ देखि नेपालमा जनयुद्ध शुरु भयो त्यतिबेलाका त्यो खेलका मुख्य पात्रका भनाइ के थिए ?
क) नेपालका गरि खाने वर्ग, गरिव, दुखी, असहाय, निसहाय, सर्वहारावर्ग, मजदुर कोही पनि हाम्रो क्रान्ति सफल हुने निश्चित छ । सबैलाई बेरोजगार हुन गाँस बाँस कपास शिक्षा स्वास्थ्यबाट टाढा रहनु पर्दैन । देश समृद्धशाली स्वीजरल्यान्ड हुने छ । आम जनता सुखि हुनेछन । देशमा समाजवाद आउने छ भन्ने झुटा सपना बाँड्दै जनताले जनताको छोरा छोरीलाई स्वच्छ भएर हित वातावरणबाट मतदान गरेर पठाएको नेतृत्वले आखा पाखा नगरेर समान व्यवहारबाट जीवन बिताउन पाउने छन्, युवा विदेश पलायन हुनु पर्ने दिनको अन्त्य हुने छ । यस्तै यस्तै कुराले सबै पक्ष पछाडि लगाउनु भो नेपाली जनता तिनै सपना बोकेर युद्धमा होमियो । रगतको खोलो बगायो । काख कोख सिउँदो घरबार गृहस्थी सबै गुमायो । महिला दिदी बहिनीले गर गहना सबै पार्टीकरण गरे जनकम्युनको नाममा जग्गा जमिन सम्पत्ति सबै कम्युनमा बुझाए । घरमा बस्ने वातावरण दुवै थरिबाट भएन । बृद्ध बृद्धा असक्त पढ्दै गरेका बालबालिका युवा कोही खाली रहेनन सबै युद्धका सपनाका भारी बोकेर गाउँ बस्ती सुन्य पारेर हिंडे । शान्ति सम्झौता हतियार बुझाउने जनमुक्ति सेना ब्यारेकमा राख्ने जनयुद्धका सम्पूर्ण शक्ति सम्पक्ति पार्टीका अन्य जनवर्गीय युद्धमा ठूला ठूला भूमिका जिम्मा लिएर क्रियाशील सम्पूर्ण अमूल्य सम्पत्ति ध्वंस बनाएर दाह्रा नग्रां झिकिएको बाघ बिष झिकेको सर्प त्यस्तै बनाएर जनमुक्ति सेना ब्यारेकमा नेता रसपानमा अन्य कार्यकर्ता बेकामका छाडा पार्टीको काम परे दुहुने गरि छाडा छोडियो । १० वर्षे जनयुद्धमा रगत पसिना बगाउने पार्टी नेतृत्वको लागि अहोरात्र खटने लडने भीड्ने बाहिर बाहिर जसले युद्धको चरम विरोध गर्नेहरु भित्र पार्टीका प्रिय पात्र तिनै बने अरुलाई असक्षम देखियो बनाइयो । जनतामा भ्रम फिजाइयो नेपालमा संसारकै अब्ब्ल गणतन्त्र आयो भन्ने हल्ला गरेर साम्राज्यवाद “रअ” विचौलिया अवसरवादीहरुको योजना सल्ला सुझावमा सबै तहस नहस विघटन गर्दासम्म जनताले भर विश्वास गरेरै विगतमा मान्दै आएका नेतृत्वलाई आत्मसाथ सहयोग गरेर सरकारमा जानका लागि नेपाली जनताले ठूलो विश्वास हर्ष उमंगका साथ पटक पटक मरेरै जितायो पठायोे तर त्यसको परिणाम कस्तो हात लाग्यो ?
१)देश र जनताको प्रमुख आशा अपेक्षा भनेको भ्रष्टाचारको पूर्ण अन्त्य । देशमा शान्ति सुशासन अमन चयन, युवा शक्ति देशमै बसेर लेख्ने पढने र रोजगारको व्यवस्थापन कुनै पनि स्थानमा समान एवं पारदर्शी सहभागीता महंगी कालाबजारी मिटरब्याजको अन्त्य दमन विभेद अत्याचार जातभात अन्धविश्वासको अन्त्य देश विकसित समृद्धिबाट अन्तर्राष्ट्रिय जगतमा समेत प्रतिस्पर्धाको हैसियत मूल्य मान्यता कायम गरोस जनताको कानुन बनोस भन्ने लगायतका दर्जनौंको कल्पनामा समाजले १० वर्षे जनयुद्धमा अकल्पनीय वलिदानी ग¥यो तर त्यसको ठिक विपरीतका कुकार्य गर्न थाले जसका केही उदाहरण
१)विगतका वास्तविक वलिदान गर्ने वर्गमाथि कुठाराघात सम्बन्धविच्छेद ।
२)सरकारको सुख सुविधा “रअ” र पश्चिमा संस्कृति साम्राज्यवादीहरु संगको सम्बन्ध बाक्लिंदै गयो ।
३) शहर बजार मा ठूला ठूला महल निजी कलकारखाना उद्योग धन्दा तिर बढि इच्छा रहर अवसर पलाउँदै जादाँ भष्टाचार कमिसन देशै भरि मौलायो ।
४)विगतमा जाड रक्सि जुवा तास सुरा सुन्दरी पुराना रिती रिवाज महंगा पँजेरा चढनेलाई भ्रष्टाचारी सामन्तवादी देख्नेहरु स्वयं अग्र भागमा पुगेर बदनामी कमाए ।
५) युद्धमा रगत बगाउने सहीद परिवार बेपत्ता घाइते अगंभगं भएका जनकम्युन बनाउन सम्पत्ति पार्टीकरण गर्नेहरुको हरिविजोगको अवस्था भयो ।
६)देशका महगां निजी स्कूलहरुमा युद्धताक आगजनी गर्नेहरु आफना सन्तान चन्दाका दुहुना गाइ भैंसी जस्ता बनाएर ब्रम्ह्लुट गर्न थाले ।
७)युद्धताक कब्जा गरिएका सामन्तका जग्गा जमिन आफनै नाममा मामसारी गर्न दबाब धम्कीको माध्यमबाट बेचेर पैसा आफै कुम्लाए ।
८)निर्वाचन भन्न्ो साधारण जनता समाजसेवी विद्यमान लगायतको हुन सकेन मात्र पहुँचवाला पैसा गुण्डा २ नम्बरी धन्दा तस्करी ठेकेदारहरुको मात्र बोलबाला हुन थाल्यो ।
यी विषयबस्तु वास्तवमा पश्चिमा र “रअ” विस्तारवादी, साम्राज्यवादीले गराउन बनाउन खोजेकै यस्तै थियो भयो । उनीहरुले नेपालका संसदवादी दलहरुलाई एउटाको मात्र सरकारमा बहुमत हुन दिंदैनन । जहिलेपनि खिचडि किचलो फुटाउने लडाउने बदनाम गराउने क्रान्ति सम्पन्न हुन नदिने सधै दक्षिणपन्थी संशोधनवादी अवसरवादी मिलेरावादी बनाउनकै लागि एउटा पात्र अगाडि बढाउने त्यसलाई समाप्त पार्ने अर्को समयमा फेरि अर्कोलाई अगाडि सार्ने समाप्त पार्दै लाने जुनसुकै शक्तिलाई पनि आफनै कठपूतली बनाएर खेलाइ रहने योजनामा हुन्छन त्यही रुप अहिले फेरि नेपालमा बनाउँदै छन् । पुराना मा.के, ने.का, एमालेको पालो समाप्त भयो अब नयाँ दलाल (र)साम्राज्यवादका प्रिय पात्र उनीहरुकै मतियार भक्तजनहरुलाई मिलाउँदै छन् । जसको एउटा उदाहरण निर्वाचन हुने कहिले हो ? पहिले नै देशको प्रधानमन्त्री तोकियो । जेनजी आन्दोलनको आगो बल्दै थियो नेपालको प्रधानमन्त्री पहिले नै घोषणा भैसकेको थियो । यिनी गतिविधिले के देखाउँछ भने नेपाल साम्राज्यवादको कब्जामा छ । अब हुने ०८२ फागुण २१ कोे निर्वाचन नेपालमा हुन्छ तर योजना सल्लाह जुटाउँने फुटाउँने हराउँने जिताउँने मिलाउने भत्काउने सबै साम्राज्यवादको निर्देशनमा हुन्छ ।

