राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपाल घोषणा कार्यक्रम

काठमाडौँ, भाद्र २० । राष्ट्रिय क्रान्तिकारी मोर्चाद्वारा वार्ता र भेटघाट कार्यक्रम सम्पन्न भएको छ । भाद्र १९ गते रिपोटर्स क्लब काठमाडौँबाट राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल घोषणा कार्यक्रमको पूर्व सन्ध्यामा क्रान्तिकारी मोर्चामा आबद्ध पार्टी, सङ्घ, संस्था, समूहको मोर्चाका संयोजक नारायण शर्मा सहितको एक प्रतिनिधि मण्डलले नेकपाको अध्यक्ष ऋषि कट्टेलसँग भाद्र १६ गते आफ्नै कार्यालय कपनमा भेटघाट कार्यक्रम गरेको छ । देश जटिल र गम्भीर बन्दै गैरहेको अवस्थामा राष्ट्रियता जनतन्त्र र जनजीविकाका समस्यालाई लिएर प्रभावकारी र परिणाममुखी संयुक्त र सशक्त जनआन्दोलन सिर्जनार्थ मोर्चाको विस्तार र सवलीकरण गर्दै दीर्घकालीन प्रकृतिको बृहत र व्यापक संयुक्त मोर्चा निर्माणको आवश्यकताका बारेमा छलफल गर्न उक्त भेटघाट भएको हो ।

भेटघाटका क्रममा नेकपाका अध्यक्ष ऋषि कट्टेलले “यस प्रकारको मोर्चाबाटै सङ्घर्ष गर्दै जानु पर्ने र संयुक्त सङ्घर्ष कै दौरानमा हुने आपसी सहकार्य र छलफलबाट सच्चा र शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गरी नेपाली क्रान्तिलाई सफलता र विजयसम्म पुर्‍याउनु विकल्प नभएको” बताए । क्रान्तिकारी मोर्चाले गरेको पहल र प्रयत्नलाई सकारात्मक भन्दै यसलाई विस्तार र सफल पार्नको लागि सक्दो सहयोग र सहभागिताको लागि पहल गर्ने प्रतिबद्धता पनि प्रकट गरेका थिए ।

प्रतिनिधि मण्डलमा संयोजक नारायण शर्मा, घटक सदस्यहरू क्रमश: नेकपा (मशाल) का प्रतिनिधि द्वय क. सागर भण्डारी र क. टेकहरि न्यौपाने, नेकपा (रातो तारा)का महासचिव क. लक्ष्मण उप्रेती, जनसमाजवादी मंचका संयोजक क. भूमि देवकोटा, माक्र्सवाद तथा पुष्पलाल विचार मंचका अध्येता क. महेश्वर श्रेष्ठ, माक्र्सवादी एकता अभियानका अभियन्ता क. श्रीकान्त पण्डित, क्रान्तिकारी मोर्चा, नेपालका संयोजक क. विष्णु खड्का, स्वतन्त्र बौद्धिक व्यक्तित्व क. पुष्कर गौतम र प्रा. मोहन खतिवडालगायतका क्रान्तिकारी शक्ति, संस्था र व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित