काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानकालागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा कार्यक्रम अगाडि बढाइरहेका छन् । केन्द्रबाट गठित जनसम्बन्ध विस्तार अभियानको ४ वटा टोलीको २०८१ चैत्र २८ गते सम्पन्न कार्यक्रम निम्न अनुसार छन् –
टोली नं ः१
यो अभियान टोलीले सर्लाही जिल्लामा २ वटा कोण सभा सम्पन्न गरेको छ । कार्यक्रम सम्पन्न गरेर सर्लाही जिल्लामा प्रवेश गरेको छ ।

पहिलो कोण सभा –
सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिकाको शंकरगन्जमा कोण सभा सम्पन्न भएको छ । उक्त कोण सभालाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्यूरो सदस्य कृष्ण देवसिङ दनुवार पोलिटब्युरो सदस्य शारदा महत र र जिल्ला सदस्य कृष्ण देव शर्माले सम्बोधन गर्नु भएको थियो ।उक्त कोण सभाको सञ्चालन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सर्लाही जिल्ला सचिव सन्ध्या प्रधानले गर्नु भएको थियो ।
दोस्रो कोण सभा –
सर्लाही जिल्लाको पर्सा गाउँपलिका २ संग्रामपुरमा कोण सभा सम्पन्न भएको छ । उक्त कोण सभालाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका १३ नम्बर ब्योरो सेक्रेटरी रामनारायण सिंह र सर्लाही जिल्ला सदस्य कृष्देव शर्माले सम्बोधन गर्नु भएको थियो । संग्रामपुर ,रामपुरी बजारमा स्थानीय जनता शीत छलफल भएकिछ । कोण सभा भएका सबै स्थानहरुमा पर्चा वितरणका साथै व्यापक भित्तेलेखन कार्य भएको छ ।
टोली नं. २

अभियानको पच्चीस औं दिन अर्थात् चैत्र २७ गते ओखलढुंगा सुनकोसी गाउँपालिका वडा नम्बर ९ कोष भङ्ज्याङमा भित्तेलेखन गर्दै पर्चा बाड्ने काम भएको छ ।
टोली नं. ३

विहान रोल्पाको थवाङबाट हिडेपछि अभियान टोलीले भुमे गाँउपालिका को महतमा रहेको युद्ध स्मारकको अध्ययन अवलोकन गरेको थियो। त्यसपछि मध्य पहाडी राजमार्गमा रहेको भुमे गाँउपालिका २ को खावाङ बजारमा कोणसभा तथा पर्चा वितरण गरिएका छ । सम्बोधन वैकल्पिक पिबिएम तथा ३ नम्बर व्यूरो सचिव दिपक शाहीले गर्नु भएको थियो। अव देश पछाडि बाटो फर्कन हुदैन। अहिले केही उपलब्धिहरु छन्, त्यही उपलब्धि को जगबाट हामी अग्रगामी दिशातर्फ अगाडि बढ्नु पर्छ भन्नुभयो। कार्यक्रमको सञ्चालन अभियान टोली सदस्य तथा विद्यार्थी नेता दिपक बिष्टले गर्नु भएको थियो। कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए भने नारायण योगीले गीत गाउनु भएको थियो।

अभियान टोली बाग्लुङ जिल्ला र रुकुम पूर्व को सिमाना पातिहाल्नाबाट रुकुम पूर्वले विदाई गरेपछि अभियान बाग्लुङ जिल्लातर्फ अगाडि बढ्यो। ३२ सय ३० मिटर उँचाईमा रहेको पातिहाल्ना कुहिरोले ढपक्क छोपेको थियो। रुकुम पूर्वले सामुहिक फोटो खिचे पछि अभियान टानेलीलाई विदा गरेको थियो। अभियान टोलीलाई स्वागत गर्न पार्टीका ५ नम्बर व्यूरो ईन्चार्ज तथा पिबिएम केशबहादुर परियार, केन्द्रीय वैकल्पिक सदस्य तिलक बुढा र जिल्ला सचिवालय सदस्य गुञ्जयमान घर्तिमगर पातिहाल्ना पुग्नु भएको थियो। अभियान टोली चैत्र २८ गते बाग्लुङको बुर्तिवाङ बजारमा बास बसेको छ। बाटोमा वाल पेन्टिङ पनि गरेको छ।

टोली नं.४
यो टोलीले प्यूठान बिजुवारमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा जनसम्बन्ध विस्तार अभियान टोली नम्बर ४ का प्रमुख हेमन्त प्रकाश ओली सुदर्शन हुनुहुन्थ्यो ।
सुदर्शनले अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्नु भएकोथियो । सुदर्शनले विश्व राजनीतिमा साम्राज्यवादीहरू संकटमा पर्दै गएको र साम्राज्यवादको आडभरोसामा टिकेका नेपाल जस्ता उत्पीडित देशका प्रतिक्रियावादी शासकहरू पनि संकटमा पर्दै गएको बताउनु भयो । सुदर्शनले अगाडि भन्नुभयो,“यो अबस्थामा छरिएका क्रान्तिकारीहरू ध्रुबीकृत हुँदै गएर ,शक्ति बलियो बनाउँदै गएर सत्ता कम्युनिस्टले लिनुपर्दछ । जनतालाई यो शिक्षा दिनु पर्दछ । प्रतिकृयावादी सेनाको क्याम्प र प्रहरीका क्यामपमा बसेका सेना प्रहरीहरूलाई पनि यो शिक्षा दिनु पर्दछ । हामीले उनीहरुलाई बुझाउनु पर्दछ ।” सुदर्शनले निर्वाचन आयोगमा २७ वटा कम्युनिस्ट पार्टी दर्ता भएका छन तर ती कम्युनिस्ट हुन कि होइनन् छुट्टाउन सक्नु पर्दछ भन्नू भयो । उहाँले कम्युनिस्ट एकता र ध्रुबिकरणमा जोड दिदै कम्युनिस्ट चरित्र र आचरण तथा कम्युनिष्ट मूल्यमान्यताका आधारमा एक हुनुपर्ने बताउनु बताउनु भयो । उहाँले भन्नू भयो ,“ जीवन भरी मनमोहन अधिकारीले भौतिकवादको कुरा गरे । तर प्रधान मन्त्री भएका बेला कालो बोको काटेर निवास प्रबेशगरे । ओलीले भौतिकवादका कुरा गरे तर अहिले राममन्दिर खोज्दै हिडेका छन् । पशुपतिमा करोडौको जलहरी चढाउँछन् । प्रचण्डले भौतिकवादका कुरा गरे । चतारा धाम गएर जोगीलाई हात देखाउँछन । भैंसी पूजा गर्छन् । कम्युनिस्ट हुनका लागि कम्युनिस्ट आचरण चाहिन्छ । यो असजिलो छ ।गाह्रो छ तर हामीले आँट गर्नै पर्दछ ।” सुदर्शनले लेनिनको भनाई उल्लेख गर्दै कम्युनिस्ट हुनका लागि वर्ग संघर्ष मात्र मानेर हुंदैन सर्वहारा वर्गको अधिनायकत्वलाई स्वीकार गर्नु पर्दछ भन्नू भयो ।

सुदर्शनले पार्टी एकता र कम्युनिस्ट ध्रुवीकरणको आधार पेश गर्दै भन्नू भयो मार्क्सवाद, लेनिनवाद र माओवाद ,माओ विचारधारालाई पथपर्दर्शक सिद्धान्त मान्ने ,यो संसदीय ब्यास्थाका विरुद्धमा उभिने , दलाल पुँजीवादका सम्पत्ति खोस्न तयार हुने पार्टीहरूका बीचमा एकता हुन सक्छ भन्नू भयो । कार्यक्रममा पोलिटब्युरो सदस्यहरू के बि गुरुङ ,शशिधर भण्डारी , लालबहादुर जाग्री,माओवादी केन्द्रका जिल्ला अध्यक्ष प्रभात के सी ,नेपाल बामपन्थी कम्युनिस्ट पार्टीका संयोजक राजकुमार कक्षपति,निबृत्त शिक्षकहरू टोपाराम आचार्य ,कृष्ण प्रशाद पोख्रेल, प्यूठान क्याम्पसका प्रतिनिधि देविराम वैदिक ,साहित्यकार सुमन सुवेदी ,हार्डवेर व्यवसायी संघ प्यूठानका अध्यक्ष रमेश पौडेल लगायतले मन्तव्य राख्नु भएकोथियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य धनेश्वर पोख्रेल र चार नम्बर ब्युरो ईन्चार्ज अटल लगायतलाई कार्यक्रममा अतिथि आसन ग्रहण गराइएकोथियो । कार्यक्रममा उठेका प्रश्नहरूलाई कार्यक्रमका प्रमुख अतिथि सुदर्शनले स्पष्टीकरण दिनु भएको थियो । अन्तरकृया कार्यक्रमको अध्यक्षता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्यूठानका ईन्चार्ज टिकाराम पौडेल, सन्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्यूठानका जिल्ला सचिब बिरबहादुर पुनले सन्चालन र पार्टीका जिल्ला सदस्य गोबिन्द पोख्रेलले स्वागत गर्नु भएको थियो । सहिदहरू प्रति एक मिनेट मौन धारण गरिएकोथियो ।
अन्तरक्रिया कार्यक्रम पछि बाग्दुला बजारको चोकमा कोण सभा सम्पन्न भयो। कोण सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली सुदर्शनले सम्बोधन र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्यूठानका सचिब बिरबहादुर पुनले सन्चालन गर्नु भएकोथियो ।

