जनसम्बन्ध विस्तार अभियानको २६ औं दिन कुन टोलीको  के कार्यक्रम ?

काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानकालागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा कार्यक्रम अगाडि बढाइरहेका छन् । केन्द्रबाट गठित जनसम्बन्ध विस्तार अभियानको ४ वटा टोलीको २०८१ चैत्र २९ गते सम्पन्न कार्यक्रम  निम्न अनुसार छन् –

टोली नं ः१

यो टोलीले दिनभरी एक जनसभा र ९ वटा कोणसभाहरु सम्पन्न गरेको छ ।

पहिलो कोणसभा ः
सर्लाही जिेल्लाको बयलबास बजारको बसपार्कमा कोण सभा भयो । उक्त कोणसभालाई पार्टी सिसिएम टेकबहादुर विकले सम्बोधन गर्नु भएको थियो ।

दोस्रो कोणसभा ः
बयलबास पोखरी टोलमा कोण सभा भयो । यो काणसभालाई पार्टी पिविएम शारदा महतले सम्बोधन गर्नु भएको थियो ।

तेस्रो कोणसभाः
सर्लाही जिल्लाको इश्वरपुर नपाको खैराबजारमा कोणसभा सम्पन्न भयो, जसलाई सम्बोधन पार्टी पिविएम कृष्णदेव दनुवारले गर्नु भएको थियो ।

चौथो कोण सभाः
पोखरीया बजारमा भयो जसलाई सम्वोधन पिविएम कमरेड रामनारायण सिंहले गर्नु भयो ।

जनसभा ः
अभियान टोलीले बयलबास बजारको चोकमा एक जनसभा सम्पन्न गरेको छ, जसमा पार्टी पिविएम शारदा महत, पिविएम कृष्णदेव सिहं दनुवार र पार्टी स्थायी समिति सदस्य तथा टोली प्रमुख रामसिंह श्रीसले सम्बोधन गर्नु भएको थियो।

 

पाँचौ कोणसभाः
सर्लाही जिल्लाको फुलजोर चोकमा कोण सभा सम्पन्न गरिएको थियो । पार्टी सिसिएम इश्वर ढुंगेलले कोण सभालाई सम्बोधन गर्नु भएको थियो ।

छैटौं कोण सभा
सर्लाहीकै लालबन्दी बजारमा कोणसभा सम्पन्न गरिएको थियो । जसलाईलाई पार्टी सिसिएम टेकबहादुर विकले सम्बोधन गर्नु भएको थियो ।

सातौं कोण सभा ः
लालबन्दी बजारको अर्को चोकमा गरिएको कोणसभालाई पार्टी पिविएम कृष्णदेव दनुवारले सम्बोधन गर्नु भएको थियो ।

आठौ कोण सभा ः
इश्वरपुर नपाको खाल्टे बजार इश्वरपुरमा कोण सभा भयो, जसलाई पार्टी पिविएम कृष्णदेव दनुवारले सम्बोधन गर्नु भएको थियो ।

नवौ कोणसभा ः
बयलबास बजारमा भयो, जसलाई पार्टी पिविएम रामनारायण सिंहले गर्नु भएको थियो ।

माथि उल्लेखित सबै कोणसभाहरु र एउटा जनसभाको संचालन एक ठाँउ बाहेक पार्टीको सर्लाही जिल्ला सचिव सन्ध्याप्रधानले गर्नु भएको थियो र एक ठाँउमा टेक बहादुर बिकले सन्चालन गर्नु भएको थियो ।

कोणसभा सम्पन्न गरिएका सबै र ती बाहेक पनि अन्य ठाँउहरुमा पर्चा वितरण र भित्ते लेखन गरिएका थिए ।

टोली नं.२

अभियानको छब्बीस औं दिन अर्थात् चैत्र २९ गते ओखलढुङ्गा जिल्लाको
चम्पादेवि गाउँपालिका वडा नम्बर ४ फेदिगुठमा कोणसभामा गरिएको छ । सभामा अभियानबारे र पार्टीको धारणा एकीकृत दलित मुक्ति मोर्चा नेपालको कार्यलय सदस्य तथा पार्टीको वैकल्पिक केन्द्रिय सदस्य शोभा सेन्चुरीले राख्नुभएको हो । भित्तेलेखन ५१ वटा भएको छ ।

 

टोली नं ३

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर १ को बुर्तिवाङ बजारमा ३ नम्बर अभियान टोलीले धmान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बाग्लुङ जिल्लाको आयोजनामा “राष्ट्रिय राजनैतिक परिस्थिति र अबको विकल्प ” विषयक अन्तरक्रिया कार्यक्रममा सम्पन्न गरेको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि
पार्टीका स्थाई समिति सदस्य कृष्णराज पौडेल हुनुहुन्थ्यो। प्रमुख अतिथि कृष्णराज पौडलले अन्तरक्रिया कार्यक्रममा बिषयबस्तु राख्नु भएको थियो। कार्यक्रम को अध्यक्षता बाग्लुङ जिल्ला सचिवालय सदस्य गुञ्जयमान घर्तिमगरले गर्नु भएको थियो। सञ्चालन तिलक बुढाले गर्नु भएको थियो।

 

अतिथिमा पार्टीका पिबिएमहरु केश बहादुर परियार, शेरबहादुर देउवा र नारायण योगी हुनुहुन्थ्यो। वैकल्पिक पिबिएम जितामित्र सुनार र केन्द्रीय सदस्यहरु दिलबहादुर कठायत र झनक श्रेष्ठको पनि आतिथ्यता रहेको थियो। कार्यक्रममा अतिथिको हैसियतबाट विषयवस्तु उपर राष्ट्रिय जनमोर्चाका प्रतिनिधि नर बहादुर सुनार, नेपाल कम्युनिष्ट पार्टी ९ विप्लव०का हरि कुँवर, माओवादी केन्द्रका नगर अध्यक्ष हेमचन्द्र घर्ती मगर, एमाले प्रतिनिधि फारम बहादुर कुँवर, नेकपा एकिकृत समाजवादीका प्रतिनिधि बाल सम कुँवर, स्वतन्त्र बाम बुद्धिजीवी दल बहादुर भण्डारी, पत्रकार महासंघका लोकेन्द्र सुनार, ईन्द्रमणी पाण्डे र कुलबहादुर छन्त्यालले आआफ्नो विचार राख्नु भएको थियो। अन्तर्क्रियामा उठेका बिषयहरुमा कृष्णराज पौडेलले प्रष्ट पार्नुभएको थियो। अभियान टोलीले बजार क्षेत्र वरिपरि ब्यापक पर्चा वितरण गर्नुका साथै वाल पेन्टिङ पनि गरेको थियो।

 

टोली नं .४

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाको पिपलनेटामा कोण सभा सम्पन्न भएको छ ।कोण सभालाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा अभियान टोलीका प्रमुख हेमन्तप्रकाश ओली र अखिल क्रान्तिकारीका कार्यालय सदस्य नविन खड्काले मन्तव्य राख्नु भएको थियो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अर्घाखाँची जिल्ला सचिव राजेन्द्र नेपालीले कोण सभाको सञ्चालन गर्नु भएको थियो ।
अर्घाखाँची जिल्लाको मालारानी गापाको गोखुङ्गामा कोण सभा सम्पन्न भएको छ ।कोण सभालाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्यूरो सदस्य सदस्य तथा अभियान टोलीका सदस्य धनेश्व रपोख्रेल र पार्टीका पोलिटव्यूरो सदस्य नरेन्द्रबहादुर थापाले मन्तव्य राख्नु भएको थियो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्यूरो सदस्य कृष्ण केसीले कोण सभाको सञ्चालन गर्नु भएको थियो ।

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको रतनमारेमा कोण सभा सम्पन्न भएको छ ।कोण सभालाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्यूरो सदस्यहरु लालबहादुर जाग्री र कृष्ण केसीले मन्तव्य राख्नु भएको थियो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अर्घाखाँची जिल्ला सदस्य नवीन थापाले कोण सभाको सञ्चालन गर्नु भएको थियो ।अर्घाखाँची , गुल्मी र प्यूठान तीन जिल्लाको सीमाना सौतामारेमा कोण सभा सम्पन्न भएको छ । कोण सभालाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिव्यूरो सदस्य प्रेम सुवेदीले मन्तव्य राख्नु भएको थियो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका समुन्द्रले कोण सभाको सञ्चालन गर्नु भएको थियो ।

 

 

नोट ः यो समाचार टोली नं. १ बाट राम सिंह श्रीस , टोली नं. २ बाट शोभा सेन्चुरी, टोली नं. ३ बाट जितामित्र सुनार र टोली नं. ४ बाट अनिल नेपालीको सहयोगमा तयार गरिएको हो ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित