२०८१ लाई फर्केर हेर्दा

नेपालीहरुको घर आँगनमा नयाँ वर्षको प्रवेश भएको छ ।२०८१ हाम्रो घर आँगनबाट विदा भएर नयाँ साल २०८२ को आगमन भएको छ । नयाँ सालआएसँगै पुरानो सालको समीक्षा तथा आगामि दिनमा गर्न पर्ने कामहरु र बाँकी कामहरुको बारेमा जानकारी राख्दा राम्रो हुन्छ । समग्ररुपमा हेर्दा अरु सालमा जस्तै २०८१ सालमा पनि नेपाली जनताले सोचेअनुरुप काम हुन सकेको छैन । नेपाली युवाहरु विदेशिन बाध्य हुनु परेको छ । गाउँहरु युवाविहीन हुन पुगेका छन् ।
निजीकरण र व्यापारीकरणले मुलुक आक्रान्त छ । वित्तीय शोषण पीडितहरु सहकारी पीडित, लघुवित्त पीडित,मिटरव्याज पीडितहरुको पीडामा मलल्हम लगाउने काम हुन सकेको छैन । देशमा भ्रष्टाचार ,कमीशनखोरीमा कमी हुन सकेन । नेपालीहरुको भविष्य अनिश्चित नै रह्यो । देशमा यसै सालमा बाढी,पहिरोको प्राकृतिक प्रकोपले कैयौंको ज्यान गयो । कैयौंघरबार विहीन हुनु प¥यो । देशमा प्रकृतिमाथिको अत्यधिक दोहन कायमै छ ।
विगतका वर्षहरुमा जस्तै यो सालमा पनि नेपाल आर्थिक समृद्धिको नारा नारामा मात्रै सीमित हुन पुग्यो । यसैवर्ष नेपालको सार्वजनिक ऋण बढेर २६ खर्ब पुग्यो । यो सालमा पनि सरकार फेरबदल भयो । नेपाली काङग्रेस र माओवादी केन्द्र सहितको सरकार फेरिएर नेपाली काङ्गे्रस र नेकपा एमाले सहितको गठबन्धन सरकार बन्यो । २०८१ असार १७ गते संविधान संशोधन गर्ने सम्झौताका आधारमा एमाले र कांग्रेस गठबन्धनको सरकार बन्यो । यो सम्झौता अनुसार प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा असार ३० गते सरकार निर्माण भयो । सरकार गठन भएको नौ महिना पूरा हुँदा पनि संविधान संशोधनको प्रक्रिया अगाडि बढेको छैन । संविधान संशोधन गर्ने एजेण्डा केवल सत्ता स्वार्थको बहाना मात्रै थियो भन्ने कुरा नौ महिनाको सरकारको गतिविधिले पुष्टि गरेको छ । देशमा द्वन्द्वपीडितहरुले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । संक्रमणकालीन न्यायसम्बन्धी काम अगाडि बढ्न सकेन । सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी विहीन हुन पुग्यो ।पदाधिकारीहरु नियुक्तगर्नुकोलागि सिफारिस समिति बनाए पनि समितिको अवधि नै सकियो । तर पदाधिकारी नियुक्त हुन सकेन । सरकार अध्यादेशको बाटोमा हिँड्यो । सरकारको हिउँदे अधिवेशनले अध्यादेश पारित गर्ने र सरकार अध्यादेशको बाटोमा हिँड्यो । संसदको हिउँदे अधिवेशनकोमा संसदले पाँच अध्यादेश पारित गर्नेकाम ग¥यो । आवश्यकता अनुसार विधेयकहरु पारित गर्न सकेन ।
२०८० सालमा देशमा क्रियाशील नेकपा (बहुमत)र नेकपा क्रान्तिकारी माओवादीबीचमा एकीकरण भई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको गठन भएको थियो ।सँग २०८१ बैशाख १९गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा(मशाल)को बीचमा एकीकरण भई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको पुनर्गठन भएको थियो । यो एकीकरण नेपालको इतिहास र क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउनकोलागि निकै महत्वपूर्ण रह्यो । आफूलाई कम्युनिष्ट पार्टी बताउनेहरु वर्तमान संसदीय व्यवस्थाबाट नै नेपाली जनताको मुक्ति हुन्छ भनिरहेको अवस्थामा यो व्यवस्थाको विकल्प खोज्नु पर्दछ भनेर सत्ताको विपक्षमा उभ्याउने काम क्रान्तिकारी कम्युनिष्ट पार्टीले गरिरहेको छ ।
देशमा पछिल्लो समयमा राजनीतिक परिवर्तनका विरुद्धमा राजतन्त्र पुनस्थापनाको नारा लिएर केही राजावादीहरुको प्रदर्शन भयो । यो प्रदर्शन निकै हिंसात्मक बन्न पुग्यो ।
विद्यालय शिक्षा ऐनको माग गर्दै देशभरिका शिक्षकहरु आन्दोलित छन् ।आन्दोलनमा चैत्रको २० गतेबाट देशभरिका शिक्षकहरु राजधानी केन्द्रित आन्दोलनमा छन् । यो सालमा सरकारले शिक्षकहरुको जायज मागहरुको सम्बोधन गर्न सकेन । आन्दोलन जारी छ ।
नेपाली जनताको सुख शान्ति समृद्धिको सपना सपना नै रह्यो । नेपाली जनताको रोजगारी प्राप्त गर्ने आशा आशा मात्रै भयो । भाषणमा निकै चर्का कुरा गरेपनि व्यवहारमा नेपाली जनताले निकै कठिनाइ भोग्नु परेको छ । २०८१ सालमा केही होला कि भन्ने नेपालीको आशा निराशामा परिणत हुन पुगेको छ । देशमा नेता फेरिए पनि देशको अवस्था नेपाली जनताको अवस्था निकै दयनीय हुन पुगेको छ । देश भ्रष्टाचार ,घुसखोरी ,दलालीले देश अक्रान्त बन्न पुग्यो । नयाँ सालमा क्रान्तिकारी शक्तिहरु सवल बन्दै जाउन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित