जनसम्बन्ध विस्तार अभियानको ३१ औं दिन कुन टोलीको के कार्यक्रम सम्पन्न भयो ?

काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानकालागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा कार्यक्रम अगाडि बढाइरहेका छन् । केन्द्रबाट गठित जनसम्बन्ध विस्तार अभियानको ४ वटा टोलीको २०८२ वैशाख ३ गते सम्पन्न कार्यक्रम निम्न अनुसार छन् –

टोली नं ः१

यो टोलीले दिनभरी रौतहट जिल्लामा ७ वटा कोणसभाहरु सम्पन्न गरेको छ । भित्तेलेखन ,पर्चा वितरण ,जनभेटघाट कार्यक्रम सम्पन्न गरेकोछ ।

 

पहिलो कोणसभा ः
रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नं. ५ को शिव नगरमा कोण सभा सम्पन्न भएको छ । उक्त कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य तथा १२ नम्बर ब्युरो ईन्चार्ज बीरेन्द्र कुमार यादवले सम्बोधन गर्नु भएको थियो ।

दोस्रो कोणसभा ः
रौतहट जिल्लाको गझडा नगरपालिका वडा नं १ जयनगरमा कोण सभा सम्पन्न भएको छ । उक्त कोण सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटव्यूरो सदस्य शारदा महतले सम्बोधन गर्नु भएको थियो ।

तेस्रो कोणसभाः
रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर १ दीपही बजारमा कोणसभा सम्पन्न भएको छ । उक्त कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य टेकबहादुर वि.क.ले सम्बोधन गर्नु भएको थियो।

चौथो कोण सभा ः
रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर ५ मौलापुर बजारमा कोण सभा सम्पन्न भयो । उक्त कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य चन्द्रहरी सुवेदी अटलले सम्बोधन गर्नु भएको थियो ।

पाँचौ कोणसभाः
रौतहट जिल्लाको सुनररिया चोकमा कोण सभा सम्पन्न थियो । उक्त कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटव्यूरो सदस्य विरेन्द्र कुमार यादवले सम्बोधन गर्नु भएको थियो ।
छैटौं कोण सभा
रौतहट जिल्लाको सन्तपुर (दो)मा कोणसभा सम्पन्न गरिएको थियो । उक्त कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य टेकबहादुर विश्वकर्माले सम्बोधन गर्नु भएको थियो ।
सातौं कोण सभा
सातौं कोण सभा रौतहट जिल्लाको कटहरिया बजारमा सम्पन्न भयो ।उक्त कोण सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य चन्द्रहरी सुवेदी अटलले सम्बोधन गर्नु भएको थियो ।
माथि उल्लेखित सातवटै कोण सभाको सञ्चालन पार्टीका रौतहट जिल्ला इन्चार्ज प्रह्लाद साहले गर्नु भएको थियो।

 

टोली नं.२

अभियानको ३१ औं दिन अर्थात् बैशाख ३ गते सिन्धुली जिल्ला गोलान्जोर वडा नम्बर ७ खुर्कोट बजारमा कोणसभा सम्पन्न गरिएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सिन्धुली जिल्ला समितिले अभियान टोलीलाई विदाई गर्ने र रामेछाप जिल्लाले स्वागत गर्ने कार्यक्रम अन्तर्गत कोणसभा पनि सम्पन्न गरिएको हो । उक्त सभाको संचालन सिन्धुली जिल्ला इन्चार्ज एवम् सचिव भरत बुर्जा मगरले गर्नुभएको हो । सभाको सम्बोधन पार्टीको स्थायी समिति सदस्य सन्तबहादुर नेपालीले गर्नुभएको थियो । साँस्कृतिक प्रस्तुति नारायण शर्माले गर्नुभएको हो । रामेछाप जिल्लामा प्रवेश गरे पश्चात रामेछाप नगरपालिका वडा नम्बर ६ च्यास्कु बजारमा अभियान टोलीलाई स्वागत गरिएको छ । स्थानीय पार्टीको महिलाहरुद्वारा उनिएको फुलमाला लगाएर अभियान टोलिलाई भव्य स्वागत गरिएको छ । स्वागत पश्चात् कोणसभा गरिएको छ।सभाको संचालन जिल्ला इन्चार्ज कमरेड लाङ्घालिले गर्नुभएको हो । स्वागत मन्तव्य पोलिटव्यूरो सदस्य गगनले गर्नुभएको थियोे । अभियानबारे तथा पार्टीको धारणा पार्टीको स्थायी सदस्य सन्तबहादुर नेपालीले राख्नुभएको हो । अभियान टोलीले व्यापक भित्तेलेखन सम्पन्न गरेको छ । अभियानको क्रममा व्यापक मात्रामा पर्चा वितरण गरिएको छ ।

टोली नं. ३

अभियान टोलीले
पर्वतको कुश्माबजारमा व्यापक पर्चा वितरण र माईकिङ गरेपछि अभियान टोलीले शिवालय चोकमा कोणसभा सम्पन्न गरेको छ । कोणसभालाई अभियान टोली प्रमुख तथा स्थायी समिति सदस्य कृष्णराज पौडेलले सम्बोधन गर्नु भएको थियो। देशलाई माफिया र विचौलियाले लुटेको बताउनु भयो। राजनैतिक दलहरुमा नै उनीहरुको हालिमुहाली भएकाले यो व्यवस्थाबाट माफिया र बिचौलियाहरुको नै उत्थान हुने र सर्वसाधारणलाई भोट बैंकको रुपमा मात्र प्रयोग गर्ने दलहरूको प्रवृति रहेको बताउनु भयो। कोणसभाको सञ्चालन अभियान टोली सदस्य तथा पिविएम शेरबहादुर देउवाले गर्नु भएको थियो। नारायण योगीले गीत गाउनु भएको थियो।

बाग्लुङको बाग्लुङ बजारको ट्राफिक चोकमा कोणसभा सम्पन्न भएको छ। कोणसभालाई अभियान टोली प्रमुख कृष्णराज पौडलले सम्बोधन गर्नु भएको थियो। सञ्चालन अभियान टोली सदस्य शेरबहादुर देउवाले गर्नु भएको थियो। बजार क्षेत्रमा व्यापक प्रचार प्रसार र माईकिङ गरेको थियो। अभियान टोलीले म्याग्दीको बेनी बजारमा कोणसभा गरेको छ। जिल्ला प्रशासन कार्यालय अगाडि विरेन्द्र चोकमा सम्पन्न कोणसभालाई अभियान टोली सदस्य तथा पिविएम शेरबहादुर देउवाले सम्बोधन गर्नु भएको थियो। बजार क्षेत्रमा व्यापक पर्चा वितरण र माइकिङ गरेको थियो।

टोली नम्बर ४
टोलीले रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको मैलादेवी चोक बजारमा कोणसभा कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको सन्चालक पार्टी केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज दिनेश थापा र सम्बोधन पार्टी केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी ) केन्द्रीय कार्यालय सदस्य नवीन खड्काले गर्नु भयो ।दोस्रो कोणसभा गैडहवा गाउँपालिका सुर्यपुरा बजारमा सम्पन्न भयो, जसलाई पोलिट्व्युरो सदस्य धनेस्वर पोख्रेलले सम्बोधन गर्नु भयो र संचालन पार्टीका स्थानीय नेता बाबुराम आचार्यले गर्नुृ भयो ।
तेस्रो सैनामैना नगरपालिकाको कलौनी बजारमा कोणसभा सम्पन्न गरियो। जसलाई नगरपालिका इन्चार्ज एकदेव पौडेलले संचालन र पोलिट्ब्युरो सदस्य तथा ३ नं. ब्युरो इन्चार्ज लाल बहादुर जाग्रीले सम्बोधन गर्नु भएको थियो ।
सैनामैना नगरपालिका रानिबगिया बजारमा चौथो कोणसभा सम्पन्न भयो । रुपन्देही जिल्ला सचिवालय सदस्य विग्रम नेपालीले सम्बोधन गरेको कोणसभाको संचालन केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज दिनेश थापाले गर्नु भएको थियो ।
कोणसभा गरिएका स्थानहरमा व्यापक पर्चा बितरण गरिएका थिए । जनसम्वन्ध विस्तारका दौरान ४ न. अभियान टोलीले लुम्बिनी भ्रमण तथा महत्त्वपूर्ण भेटघाट पनि सम्पन्न गरेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित