जनसम्बन्ध विस्तार अभियानको ३२ औं दिन कुन टोलीको के कार्यक्रम सम्पन्न भयो ?

काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानकालागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा कार्यक्रम अगाडि बढाइरहेका छन् । केन्द्रबाट गठित जनसम्बन्ध विस्तार अभियानको ४ वटा टोलीको २०८२ वैशाख ४ गते सम्पन्न कार्यक्रम निम्न अनुसार छन् –

टोली नं १

रौतहट जिल्लाको कल्पुवा जयपुरमा लघुवित्त र मिटरव्याज पीडितहरुसित अभियान टोेलीको बृहत छलफल तथा अन्तरक्रिया भयो । पहिलेका मिटरव्याज लघुवित्त पीडितहरुको  नेतृत्वको तर्फबाट आन्दोलनलाई धोका दिइएको निश्कर्ष निकालियो ।त्यसकारण इद महम्मद अन्सारीको संयोजकत्वमा लघुवित्त तथा मिटरव्याज पीडितहरुको ११ सदस्सीय संघर्ष समिति बनाइएको छ । त्यो संघर्ष समितिले जिल्लाका अन्य पीडितहरुसित पनि भेटघाट छलफल गरी आन्दोलन र संगठनलाई व्यापक रुप दिने निर्णय भएको छ । टोलीले कल्पुवा जयपुरमा व्यापक रुपमा पर्चा वितरण, वाल पेन्टिङ गरेको छ ।

 

 

टोली नं.२

अभियानको ३२ औं दिन अर्थात् बैशाख ४ गते बिहानै रामेछाप जिल्ला रामेछाप नगरपालिका वडा नम्बर ६ च्यास्कु बजारमा चिया नास्ता पश्चात् रामेछाप नगरपालिका कार्यालय गेट अगाडि कोणसभा गरिएको छ । सभाको संचालन शोभा सेन्चुरीले गर्नुभएको छ । सभाको सम्बोधन जिल्ला इन्चार्ज लाङ्घाली मगरले गर्नुभएको थियोे । अभियानबारे एवम् पार्टीको नीति तथा कार्यक्रम बारे पार्टीको पोलिटब्युरो सदस्य एवम् १० नम्बर ब्यूरो इन्चार्ज सुरेश श्रेष्ठले गर्नुभएको हो । सास्कृतिक प्रस्तुति नारायण शर्माले गर्नुभएको हो । रामेछाप नगरपालिकाबाट मन्थली नगरपालिका प्रवेश गर्ने कार्यक्रम गरिएको हो । मन्थली नगरपालिका सचिव विजय पोखरेल र डाक्टर भुमी बुडाथोकीले अभियान टोलीलाई अबिर र खादा लगाएर भव्य स्वागत गर्नुभएको हो ।स्वागत पश्चात् मन्थली बजारमा कोणसभा गरिएको छ । सभाको संचालन जिल्ला कमिटी सदस्य जितमान घतानेले गर्नुभएको हो । सभाको सम्बोधन किसान नेता एवम् पार्टीको केन्द्रिय सदस्य बाबुराम सुबेदिले गर्नुभएको हो । सास्कृतिक प्रस्तुति नारायण शर्माले गर्नुभएको हो ।

 

टोली नं.३

अभियान टोली कास्की जिल्लाको पोखरा आईपुगेको छ। पर्वत जिल्ला र कास्की जिल्लाको सिमाना नयाँ पुलमा ७ नम्बर व्यूरो ईन्चार्ज  शेर कुमार खड्का, ब्यूरो सचिव नारायण अधिकारीले, कास्की जिल्ला ईन्चार्ज आकाश गौतम, कास्की जिल्ला सचिव विक्रम थापा लगायत अभियान टोलीलाई स्वागत गर्न उक्त स्थानमा पुग्नु भएको थियो। ब्यूरो ईन्चार्ज शेर कुमार खड्काले खादा ओडाएर स्वागत गर्नुभएको थियो।

अभियान टोली पोखरा पुगेपछि पार्टी कार्यालयको सभा कक्षमा पत्रकार भेटघाट कार्यक्रम गर्यो। कार्यक्रमको सहजीकरण ब्यूरो सचिव नारायण अधिकारीले गर्नु भएको थियो। विषय वस्तु अभियान टोली प्रमुख तथा स्थायी समिति सदस्य कृष्णराज पौडेलले राख्नु भएको थियो। पार्टीको जनसम्बन्ध विस्तार अभियानको उद्देश्य, पार्टीको आगामी कार्यदिशा, देशको तात्कालीन राजनैतिक परिस्थिति र निकासको विषयमा बोल्नु भएको थियो। राज्य सत्ताले नेपाली जनतालाई दास र भाडाको बस्तु बनाउने भन्दा केही गर्न नसकेको भन्नु भयो । पुँजीबादी राष्ट्रहरूले शिक्षा, स्वास्थ्य र रोजगारीमा केही गर्न सके पनि न्याय, समानता र जनधनको सुरक्षाको ग्यारेण्टी गर्न सक्दैनन्। यो सबै सम्भावना कम्युनिष्ट पार्टीको नेतृत्वमा हुने राज्य व्यवस्थाले मात्र गर्न सक्ने बताउनु भएको थियो। अभियानको क्रममा उहाँले जनप्रतिनिधिहरु, जिल्लाका प्रशासकहरु र आम जनसमुदायको बीचमा पुगेको बताउनु भयो। हामीले अभियान सम्पन्न गरेपछि यस्को गम्भीर समिक्षा गर्नेछौं र आगामी कार्यक्रम के हुने , यसका धेरै आधारहरू पहिचान भएकाछन् त्यसका आधारमा आगामी कार्यक्रम बन्ने बताउनु भएको थियो।

पत्रकारहरुले उठाएका जिज्ञासा  बारेमा थप समयमा प्रष्ट पार्नुभएको थियो। बैशाख ५ गते कास्की जिल्लाको आयोजनामा राष्ट्रिय राजनैतिक परिस्थिति र अबको विकल्प विषय अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ। उक्त कार्यक्रम घनश्याम स्मृति हल शहीद पार्क राष्ट्र बैंक चोक पोखरामा हुनेछ। पार्टीका स्थायी समिति सदस्य  कृष्णराज पौडेलले आधार पत्र प्रस्तुत गर्नुहुनेछ भने टिप्पणी वरिष्ठ अधिवक्ता तिलक पराजुली र बाम बुद्धिजीवी रामराज रेग्मीले गर्नुहुनेछ।

 

 

टोली नम्बर ४

वुटवलमा एक अन्तरक्रिया कार्यक्रम र ३ ओटा कोण सभा सम्पन्न भयो ।नेपाल बार एशोसिएसन उच्च अदातलको सभा कक्षमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । “देशको वर्तमान राजनीतिक संकट र समाधानको प्रश्न” विषयक अन्तरक्रियामा कार्यपत्र टोली प्रमुख तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शनले प्रश्तुत गर्नु भएको थियो ।
कार्यक्रममा नेकपा (विप्लव समुहको) पोलिटव्यूरो सदस्य वसन्त श्रेष्ठ ,नेकपा (मसाल)रुपन्देहीका प्रवक्ता लाल पन्त ,नेकपा (एस) का जिल्ला अध्यक्ष हिराध्वज शाह ,नेकपा (एमाले) का हितराज पन्थी , नेसपा (नयाँशक्ति)का नारायन नागिना , नेकपा (बहुमत)का रेखा खनाल , माक्र्सवादी विचार मञ्चका सचिव विनबहादुर कुँवर  लगायतले मन्तव्य राख्नु भएको थियो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्यूरो सदस्य लालबहादुर जाग्री ,धनेश्वर पोख्रेल ,प्रेम सुवेदी ,नेकपा ( माले) का गोपाल मणि गौतमलाई पनि आसन ग्रहण गराइएको थियो ।
अन्तरक्रिया कार्यक्रमको अध्यक्षता लक्ष्मीकात पौडेल (क्रान्तिकारी कमयुनिष्ट पार्टि नेपालका रुपन्देही जिल्ला सचिव) संन्चालन पूर्ण विक्रम नेपाली क्रान्तिकारी कम्युनिष्ट पार्टि नेपाल रुपन्देही जिल्ला सचिवालय सदस्यले गर्नु भएको थियो । स्वागत दयाराम खनाल, वुटवल उपमहानगर सचिवले गर्नु भएको थियो । कार्यक्रममा सहिदहरु प्रति १ मिनेट मौन धारण गरिएको थियो ।

टोलीले पहिलो कोणसभा अमर पथमा सम्पन्न गरेको छ । जसको सम्बोधन धनेश्वर पोख्रेलले गर्नु भएको थियो भने सन्चालन दिनेश थापाले गर्नु भएको थियो ।

दोस्रो कोण सभा वुटवल हस्पिटल लाईनमा सम्पन्न भएको छ जसमा वक्ता टोली प्रमुख तथा क्रान्तिकारी कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली हुनुहुन्थ्यो । सन्चालन दिनेश थापाको रहेको थियो ।

तेस्रो कोण सभा वुटवल चौराहामा सम्पन्न भएको छ । जसमा सम्बोधन प्रेम सुवेदीको रहेको थियो भने सन्चालन विक्रम नेपालीले गर्नु भएको थियो ।

 

 

 

 

 

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित