काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानकालागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा कार्यक्रम अगाडि बढाइरहेका छन् । केन्द्रबाट गठित जनसम्बन्ध विस्तार अभियानको ४ वटा टोलीको २०८२ वैशाख ५ गते सम्पन्न कार्यक्रम निम्न अनुसार छन् –
टोली नम्बर १

यो टोलीले विहान बारा जिल्लाको महागरिमाई नगरपालिका वडा नं. २ इनरुवा टोलमा स्थानीय बासीहरूसँग व्यापक छलफल, बहस र अन्तरक्रिया गरेको थियो । उक्त छलफल र अन्तरक्रियामा अभियान टोलीको तर्फबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य चन्द्रहरी सुवेदी, पोलिटब्यूरो सदस्य बीरेन्द्र कुमार यादव, केन्द्रीय सद्स्य वीन्देश्वर पटेल र केन्द्रीय सदस्य हरेराम पटेलले आ—आफना भनाइहरु राख्नु भयो । स्थानीय वासीहरुको तर्फबाट पनि विभिन्न प्रश्नहरु र जिज्ञासाहरु राखिएका थिए ।

स्थानीय बासीहरुले कम्युनिस्टहरू किन एक जुट हुन नसकेको भनेर प्रश्न गरेका थिए। अभियानकर्मीहरुले एमाले , मा के कम्युनिष्ट होइनन् । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नै सच्चा कम्युनिष्ट हो भनेर स्पष्ट पारेका थिए ।
टोली नम्बर २
रामेछाप जिल्ला मन्थली ३ नम्बर वडा सेल्केटारमा सहिद गोकर्ण कार्कीको परिवार(मनमाया कार्की) लाई अभियान टोलीका नेता सन्तबहादुर नेपालीले खादा लगाएर सम्मान गर्नु भएको थियो ।

लिखु तामाकोसी खिम्ती बजारमा कोणसभा गरिएको छ । सभाको संचालन मजदुर नेता तथा पार्टीको बैकल्पिक केन्द्रिय सदस्य रंगवीर दोङले गर्नुभएको हो । पार्टी अभियानबारे जिल्ला इन्चार्ज लाङ्घाली मगरले र पार्टीको नीति तथा आगामी कार्यक्रमबारे किसान नेता तथा पार्टीको केन्द्रीय सदस्य क्षेत्रबहादुर थापाले गर्नुभएको हो । साँस्कृतिक प्रस्तुति नारायण शर्माले दिनु भएको हो । व्यापक पर्चा बितरण गरिएको थियो । भित्तेलेखन ४५ वटा गरिएको थियो ।
टोली नम्बर ३
यो टोलीले कास्कीको पोखरामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकोछ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा जनसम्बन्ध विस्तार अभियान टोली नम्बर ३ का प्रमुख कृष्णराज पौडेलले “देशको राष्टिय राजनीतिक परिस्थिति र अबको बिकल्प” विषय माथि आधारपत्र प्रस्तुत गर्नु भएकोथियो । पौडेलले आर्थिकरूपमा देश नव औपनिवेशिकरणको शोषणबाट परनिर्भर हुँदै गएको , सामाजिक साँस्कृतिकरूपमा देशमा उपभोक्तावाद र व्यक्तिवादी चिन्तन हाबी हुँदै गएको र राजनीतिकरूपमा संसदीय ब्यबस्था असफल हुंदै गएको स्पष्ट गर्दै अबको बिकल्प नयाँ जनवाद र बैज्ञानिक समाजवाद हो भन्नू भयो ।

आधार पत्र माथि वाम बुद्धिजीवी रामराज रेग्मीले टिप्पणी गर्नु भयो । रेग्मीले २०४६ पछि देशलाई नवउदारादको पासोमा देशलाई फसाइएको र गणतन्त्र आएपछि पनि नवदारवादले देशलाइ झन परनिर्भर बनाउँदै लगेको बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा नेसपाका टिकाराम पौडेल ,नेकपा बहुमतका प्रेम चलाउने ,मार्क्सवादी अध्ययन स्रोत केन्द्रका झलकमणी तिवारी ,साँस्कृतिक रुपान्तरण अभियानका पूर्ण गिरी,गण्डकी साँस्कृतिक सङ्गमका भीम रानाभाट लगायतले पनि कार्यपत्र माथि आफ्ना भनाई राख्नु भएकोथियो । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य तथा ७ नम्बर ब्युरो ईन्चार्ज शेरकुमार खडका,पोलिटब्युरो सदस्य तथा ६ नम्बर ब्युरो ईन्चार्ज केशबहादुर परियार , पोलिटब्युरो सदस्य शेर बहादुर देउवा , पोलिटब्युरो सदस्य तथा अभियान टोली सदस्य,सीपी शर्मा, बैकल्पिक पोलिटब्युरो सदस्य जितामित्र सुनार , बैकल्पिक पोलिटब्युरो सदस्य नारायण अधिकारी लगायतलाई आसन ग्रहण गराइएकोथियो । कार्यक्रमको अध्यक्षता कास्की जिल्ला ईन्चार्ज आकाश गौतम , सन्चालन कास्की जिल्ला सचिव बिक्रम थापा र सीसीएम तथा कास्की जिल्ला सचिवालय सदस्य शुशिला थापाको स्वागतबाट कार्यक्रम सन्चालन भएकोथियो ।
टोली नम्बर ४
जन सम्बन्ध विस्तार अभियान अन्तर्गत केन्द्रीय अभियान टोली नम्बर ४ लाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपरासी जिल्ला समितिले स्वागत गरेको थियो ।

सुनवल(७ अस्नैयामा स्वागत कार्यधmम राखिएको थियो । सहिद परिवार सित भेटघाट पछि सुनवल बजारमा कोण सभा तथा पर्चा बितरण कार्यक्रम भएको छ । सुनवल चोकमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बै के स नवीन खड्काले बोल्नु भयो । जिल्ला कार्यालय सदस्य गणेश बहादुर ढकालले संचालन गर्नुभयो।

