जनसम्बन्ध विस्तार अभियानको ३५ औं दिन कुन टोलीको के कार्यक्रम सम्पन्न भयो ?

काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानकालागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा कार्यक्रम अगाडि बढाइरहेका छन् । केन्द्रबाट गठित जनसम्बन्ध विस्तार अभियानको ४ वटा टोलीको २०८२ वैशाख ७ गते सम्पन्न कार्यक्रम निम्न अनुसार छन् –

टोली नं १

यो टोलीले दिनभरी बारा जिल्लामा ३ वटा कोणसभाहरु र एक पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

पहिलो कोणसभा
बारा जिल्लाको निजगढमा कोण सभा सम्पन्न भएको छ । उक्त कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटव्यूरो सदस्य चन्द्रहरी सुवदी अटलले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको केन्द्रीय सदस्य तथा १२ नं व्यूरो सेक्रेटरी हरेराम पटेलले गर्नु भएको थियो ।

दोस्रो कोणसभा
बारा जिल्लाको डुमराना बजारमा कोण सभा सम्पन्न भएको छ । उक्त कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य टेकबहादुर विश्वकर्माले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको केन्द्रीय सदस्य तथा १२ नं व्यूरो सेक्रेटरी हरेराम पटेलले गर्नु भएको थियो ।

तेस्रो कोणसभा
बारा जिल्लाको सिमरा बजारमा कोणसभा सम्पन्न भएको छ । उक्त कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिंह श्रीसले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको केन्द्रीय सदस्य इश्वर ढुङ्गेलले गर्नु भएको थियो ।

टोलीले बारा जिल्लाके सिमरा बजारको सम्यक होटेलमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन पार्टीका केन्द्रीय सदस्य तथा १२ नं व्यूरो सेक्रेटरी हरेराम पटेलले गर्नु भएको थियो। अभियान टोलीको तर्फबाट पार्टीका स्थायी समिति सदस्य रामसिङ श्रीसले विषयबस्तु प्रस्तुत गर्नु भएको थियो । पत्रकारहरुले राखेको जिज्ञाशाको जवाफ पनि श्रीसले नै दिनु भएको थियो ।

 

टोली नं २

यस टोलीले दोलखा जिल्ला तामाकोसी गापा वडा नम्बर २,झुले पैयुबोटेको गाउँमा स्थानीय सँग भेटघाट तथा छलफल गर्दै भित्तेलेखन र पर्चा वितरण व्यापक गरेको छ । भेटघाटमा किसान मोर्चाको सदस्यता समेत वितरण गरिएको छ ।

 

टोली नं ३

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जन सम्बन्ध विस्तार अभियान टोली नम्बर ३ ले मिलन विक्रम सेनप्रति श्रद्धाञ्जली ब्यक्त गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वैकल्पिक केन्द्रीय सदस्य तथा स्याङ्जा जिल्ला संगठन समिति ईन्चार्ज शारदा शाहको जेष्ठ सुपुत्र मिलन बिक्रम सेनको गत बैशाख ५ गते दुर्घटनामा परी असामयिक निधन भएको थियो । उहाँको निधन ४१ वर्षकै उमेरमा भएको छ । उहाँको जन्म २०४१ जेष्ठ २१ गते भएको थियो ।
अभियान टोली मृतक मिलन विक्रम सेनको श्रद्धाञ्जली वक्त गर्न र शारदा शाह तथा उहाँको परिवारलाई समवेदना व्यक्त गर्न बैशाख ७ गते शाहकै घर स्याङ्जा जिल्ला , पुतलीबजार नगरपालिका वडा नम्बर ३ लत्रेपिपल पुगेको हो ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा जनसम्बन्ध विस्तार अभियान टोली नम्बर ३ का प्रमुख कृष्णराज पौडेल ,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिट्ब्युरो सदस्यहरू शेरबहादुर खड्का , सीपी शर्मा , शेर बहादुर देउवा , क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वैकल्पिक केन्द्रीय सदस्यहरू जितामित्र सुनार, नारायण अधिकारी ,केन्द्रीय सदस्यहरू आकाश गौतम,विक्रम थापा, बैकल्पिक केन्द्रीय सदस्यहरू झनक श्रेष्ठ,भिम बहादुर श्रीस,दिपक बिष्ट ,कास्की जिल्ला पार्टी सदस्य ,बिष्णु राना लगयतको टोलीले स्याङ्जा पुतलीबजार नगरपालिका वडा नम्बर ३ लत्रेपिपल पुगेर मृतक मिलन विक्रम सेनालाई श्रद्धाञ्जली र शाहको परिवारलाई समवेदना व्यक्त गरेको थियो ।

टोलीले स्याङ्जा जिल्लाको पुतली बजार नगरपालिका को वार्ड नं १ को शहिद चोकमा कोणसभा सम्पन्न गरेको छ। कोणसभालाई ७ नम्बर व्यूरो ईन्चार्ज तथा पिबिएम शेर कुमार खड्काले सम्बोधन गर्नु भएको थियो। उहाँले प्लेटोको भनाई “यदि तपाई राजनीतिमा आउनु भएन भने तपाईमाथि मुर्खहरुले शासन गर्नेछन् ” भन्दै हाम्रो पार्टीले सञ्चालन गरेको जनसम्बन्ध विस्तार अभियानको काम मुर्खहरु होईन हामी सचेत वर्ग राजनीतिमा आउनु पर्छ भन्ने सन्देश प्रवाह गर्दै आएको छ भन्नुभयो। सञ्चालन अभियान टोली सदस्य तथा विद्यार्थी नेता दिपक बिष्टले गर्नु भएको थियो। कोणसभा सञ्चालन हुनुभन्दा पहिले बजार क्षेत्रमा व्यापक पर्चा वितरण गरिएको थियो। टोलीले पोखरा देखिस्याङ्जाको पुतली बजार सम्मको बाटो क्षेत्रको विभिन्न स्थानहरूमा वाल पेन्टिङ गरेको थियो।

 

टोली नं ४

क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालको जन सम्बन्ध विस्तार अभियानको केन्द्रीय अभियान टोली जन परिचालन सहित भारत अतिक्रमित नवलपरासीको सुस्ता पुगेको छ । आइतवार जनपरिचालन सहित जन सम्बन्ध विस्तार अभियानको केन्द्रीय टोली सुस्ता पुगेर नाराजुलुस एंव कोण सभा गरेको हो ।सभामा पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश वली सुर्दशनले सम्बोधन गर्दै सुस्ता लगायतका क्षेत्र अतिक्रमण हुनुमा सत्ता र ब्यवस्था जिम्मेवार रहेको बताउनुभयो । उक्त कार्यक्रमको संचालन पार्टीका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले गर्नुभएको थियो ।
त्यस्तै आइतवार नै सुस्ता गाउँपालिकाको केन्द्र कुडियामा भएको कोण सभालाई सम्बोधन गर्दै सेक्रेटरी पाण्डेयले सिंहदरवारको भष्ट्राचार गाउँ गाउँका आएको हुदाँ त्यसको भण्डाफोर जरुरी रहेको चर्चा गर्नुभयो । बर्दघाटको जिमिरेभार, प्रतापपुरको गोपीगंज र सुर्यपुरा चोकमा पनि कोण सभा भएको सो पार्टीले जनाएको छ । जिमिरेभारमा पार्टी केन्द्रीय सदस्य नवीन खड्काले सम्बोधन र जिल्ला समिति सदस्य चुडामणी भण्डारीले संचालन गर्नुभएको थियो ।त्यस्तै गोपीगंजको सभामा पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले सम्बोधन र जिल्ला समिति सदस्य चुडामणी भण्डारीले संचालन गर्नुभएको थियो ।त्यस्तै सुर्यपुरा चोकको कोणसभालाई सम्बोधन गर्दै पार्टीका पीबीएम लाल बहादुर जाग्रीले राष्ट्रियता जनतन्त्र र जनजिविकाको पक्षमा उभिन जनतालाई आवह्वान गर्नुभयो । सभाको संचालन जिल्ला कार्यालय सदस्य दुर्गा नारायण चौधरीले गर्नुभएको थियो ।
त्यस्तै अभियान टोलीले शहिद स्मृति अस्पतालमा रहेको शहिद सुर्य विक्रम थापा (सलीम)को शालिकमा माल्यार्पण गर्दै शहिद प्रति उच्च सम्मान ब्यक्त गरेको थियो ।यस अघि शनिवार परासीमा पार्टीले पत्रकार सम्मेलन र अन्तरक्रिया गरेको थियो । शुक्रवार सांझ नवलपरासी आएको टोलीलाई सुनवल–७ अस्नैयामा स्वागत कार्यक्रम र लगतै शहिद परिवार ईन्द्र कुमारी क्षेत्रीलाई सम्मान एंव सुनवल चोकमा कोण सभा गरिएको थियो ।जिल्लामा ६ वटा पालिकाको मुख्य बजारमा कोणसभा गरेको टोलीले बेलाशपुर , भुमहीलगायतको स्थानमा कोण सभा र रामग्राम स्तुतको अध्ययन भम्रण गरेको हो ।

 

 

 

 

 

 

 

।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित