काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानकालागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा कार्यक्रम अगाडि बढाइरहेका छन् । केन्द्रबाट गठित जनसम्बन्ध विस्तार अभियानको ४ वटा टोलीको २०८२ वैशाख ८ गते सम्पन्न कार्यक्रम निम्न अनुसार छन् –
टोली नं १
यो टोलीले दिनभरी बारा जिल्लामा १ र पर्सा जिल्लामा २ गरी ३ वटा कोणसभाहरु सम्पन्न गरेको छ ।
![]()
पहिलो कोणसभा
बारा जिल्लाकोजितपुर सिमरा उपमहा नगरपालिका वडा नं ७ को जितपुरमा कोण सभा सम्पन्न भएको छ । उक्त कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटव्यूरो सदस्य शारदा महतले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सन्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य इश्वर ढुङगेलले गर्नु भयो ।
दोस्रो कोणसभा
पर्सा जिल्लाकोवीरगञ्ज महानगरपालिका वडा नम्बर २९ को बसडिलवा गाउँमाकोण सभा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन पार्टीका पिविएम विरेन्द्र कुमार शाहले गर्नु भएको थियो र १२ नं व्यूरो सेक्रेटरी हरेराम पटेलले सञ्चालन गर्नु भएको थियो ।
तेस्रो कोणसभा
पर्सा जिल्लाको ठोरी गाउँपालिका २ ठोरीमा कोणसभा सम्पन्न भएको छ । उक्त कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटव्ूरो सदस्य चन्द्रहरी सुवेदीले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन इश्वर ढुङगेलले गर्नु भएको थियो ।कोण सभा भएका सबै स्थानहरुमा पर्चा वितरण र भित्तेलेखन भएको छ । अभियान टोलीले ठोरीको सीमा अवलोकन पनि गरेको छ ।
टोली नम्बर २
![]()
दोलखा जिल्ला तामाकोसी गाउँपालिका वडा नम्बर ४, मालु डाडागाउमा कोणसभा सम्पन्न गरिएको छ । सभाको संचालन जिल्ला सचिव गोबिन्द काफ्लेले गर्नुभएको हो । सभामा अभियानबारे र पार्टीको धारणा पार्टीको पोलिटब्युरो सदस्य एवम् १० नम्बर इन्चार्ज सुरेश श्रेष्ठले मन्तव्य मार्फत प्रष्ट पार्नुभएको हो । साँस्कृतिक प्रस्तुति रक्तिमका अध्यक्ष नारायण शर्माले राख्नुभएको हो ।
![]()
तामाकोसी गाउँपालिका वडा नम्बर ४ चापाबोटको दलित बस्तिमा साझ स्थानीयहरु सँग अन्तरक्रिया सहित पिडिसभा गरिएको छ । पिडिसभामा संचालन दोलखा जिल्ला इन्चार्ज पुर्ण बहादुर खड्काले गर्नुभएको थियोे । अभियानबारे पार्टीको पोलिट ब्यूरो सदस्य सुरेश श्रेष्ठले राख्नुभएको थियोे । त्यस्तै पार्टीको नीति तथा आगामी कार्यक्रमबारे सन्तबहादुर नेपालीले राख्नुभएको हो । प्रहसन सहितको सास्कृतिक प्रस्तुति रक्तिमका अध्यक्ष नारायण शर्माले राख्नुभएको हो ।
![]()
भित्तेलेखन ५५ वटा गरिएको छ । विभिन्न मोर्चाको सदस्यता बितरण गरिएको छ ।
टोली नम्बर ३
अभियान टोली कास्की जिल्लाको भुगोलको हिसाबले सबै भन्दा ठुलो गाँउ पालिका मादी गाँउ पालिका पुग्यो। गाँउपालिका पुग्दा अध्यक्ष देवीजङ्ग गुरुङ कार्यव्यस्तताका कारण भेट्न न सक्ने जानकारी गराउनु भयो। अभियान टोली गाँउ कार्यपालिकाको कार्यालयमा पुग्दा उपाध्यक्ष कल्पना गुरुङ्ग र प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेललाई पनि भेट्न सकिएन। हामीसंग सुवोध खनाल सूचना अधिकृत र अधिकृत सातौं ले गाँउपालिकाको तर्फबाट स्वागत गर्नुभएको थियो।
![]()
गाँउ पालिकाको सभाहलमा अन्तरक्रियात्मक छलफल कार्यक्रम भयो। अभियान टोली प्रमुख तथा स्थाई समिति सदस्य कृष्णराज पौडेलले विषय वस्तु राख्नु भएको थियो। देशको तात्कालिक राजनैतिक अवस्था, पार्टीको जनसम्बन्ध विस्तार अभियान र आगामी कार्यदिशाको बारेमा विषय राख्नु भएको थियो। छलफलमा अभियान टोली सदस्यहरू पनि सहभागी हुनुभएको थियो। गाँउ पालिकाको बजेट कार्यान्वयन, सामाजिक विकास र पूर्वाधार विकास, न्यायिक समिति र दलित जनजाति र महिला अधिकारको बिषयमा छलफल भएको थियो। महिला बालबालिका तथा सामाजिक विकास शाखा अन्तर्गत अत्यन्त कम बजेट बिनियोजन भएको पाईयो। दलित सञ्जालको निर्माण न गरिएको र दलित लक्षित बजेट निकै कम भएको पाइयो।
लगभग ६८ करोड बजेट रहेको उक्त गाउँ पालिका को एक करोड ५० लाख आन्तरिक बजेट रहेको जानकारी भयो। वार्ड नं १२ का अध्यक्ष कृष्णराज दाहाल आफ्नो श्रीमतीलाई अमेरिकाको डिभि परेपछि श्रीमती संगै अमेरिका विस्थापित भएपछि उक्त वार्ड अध्यक्ष विहिन भएको पाईयो।
छलफलमा उठेका विषयमा सूचना अधिकृत सुवोध खनालले प्रष्ट पार्ने कोशिश गर्नुभएको थियो। र अभियान टोली प्रमुख कृष्णराज पौडलले पनि उठेका विषयमा थप बोल्नु भएको थियो। कार्यक्रमको सहजीकरण ७ नम्बर व्यूरो सचिव नारायण अधिकारीले गर्नु भएको थियो।
मादी गाउँपालिका नेपालकै मध्य बिन्दु रहेको गाउँपालिका हो। अक्षांश र देशान्तर दुवै रेखाबाट काटिदा कायम भएको मध्यबिन्दु यसै गाउँपालिकाको कोरी क्षेत्रमा रहेको छ।
हिमालय श्रृङ्खलाको सबैभन्दा कम उचाइ (२४३५मि)मा निर्मित १०.०४ हेक्टर क्षेत्रफल ओगटेको र १८,१६,३०० मिटर क्युविक पानी भएको क्वाफुची हिमताल पनि यसै गाउँपालिकामा रहेको छ।
समुद्री सतहबाट ५२० मिटरदेखि ७,९३७ मिटर सम्मको उचाइमा अवस्थित यस गाउँपालिकामा प्रायः सबै प्रकारका धरातलीय स्वरूप, हावापानी र जैविक विविधता रहेको छ।
१२ वटा वार्ड रहेको यस गाँऊ पालिका को ५६३ वर्गकिलोमिटर क्षेत्रफल रहेको छ भने २०७८ को जनगणना अनुसार १६,१४२ जनसंख्या र ४,०९४ घरधुरी रहेको छ। बसाइ सराइ र विदेश पलायन हुने क्रम ब्यापक भएकाले खेतबारी प्रायजसो बाझिएको पाईयो।
गुरुङ बाहुल्यता भएको यस गाउँपालिकामा दलित समुदायको बसोबास गुरुङ पछि रहेको देखिन्छ। बाहिर त्यति छुवाछुत न देखिएपनि आन्तरिक छुवाछुत र भेदभाव भएको पाईयो।
टोली नं.४
क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल नवलपरासीले जन सम्बन्ध विस्तार अभियानको केन्द्रीय टोलीलाई पार्टी र रास्ट्रिय झन्डा प्रदान गरेर बिदाइ गरेको छ । बर्दघाटको त्रिबेणी चोकमा स्थायी समिती सदस्य हेमन्त प्रकाश ओली सुदर्शनलाई पिबिएम एवं ब्युरो इन्चार्ज प्रेम सुबेदीले पार्टीको झन्डा र जिल्ला सेक्रेटरी रवि पाण्डेयले रास्ट्रिय झन्डा प्रदान गर्नुभएको थियो । सो अवसरमा अभियान टोलीले देशैभर उत्साहजनक रुपमा अभियान संचालित भएको र नवलपरासीमा जन परिचालन सहित कार्यक्रम भएकोमा थप हौसला मिलेको अनुभव सुनाउनुभएको थियो । उक्त कार्यक्रममा पार्टीका कार्यालय सदस्य गणेश बहादुर ढकाल, सचिवालय सदस्य एवं बर्दघाट नगर संयोजक राम प्रसाद अर्गेजा, क्रान्तिकारी संयुक्त मोर्चा नेपालका जिल्ला संयोजक चुडामणि भन्डारी, क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य ज्ञान बहादुर केसीलगायतले केन्द्रीय टिमलाई बिदाइ गर्दै अबिर लगाइदिनु भएको थियो । सो कार्यक्रमको संचालन जिल्ला सचिवालय सदस्य रामचन्द्र पोखरेलले गर्नुभएको थियो । नवलपुरको दुम्कीबासमा व्यूरो नं ११ले अभियान टोली नं चारलाई स्वागत गरेको छ । व्यूरो इञ्चार्ज अशोक लम्साल र नवलपुर जिल्ला सेक्रेटरी उत्तम थापाले स्वागत गर्नु भएको हो । अरुणखोला बजारमा पपिविएम धनेश्वर पोख्रेलले सम्बोधन गर्नु भयो । उत्तम थापाले सञ्चालन गर्नु भयो । अभियान टोलीले पूर्व जनमुक्ति सेना गुँुरास र बल्बसित भेटघाट गरेको थियो । चोरमाराको कोण सभामा अभियानका टोली सदस्य नविन खड्काले सम्बोधन र उत्तम थापाले सञ्चालन गर्नु भयो । टोली गिरुबारीमा बास बस्यो ।


