-अपत्य शर्मा
विश्वमा माल सामान साटासाट गरेर प्रारम्भ भएको व्यापार परिवर्तन भएर मुद्रामा व्यापार हुन थाल्यो । सीमित मुलुक वा क्षेत्रमा हुने व्यापार विश्वव्यापी भएको छ । व्यापारले गर्दा सहर बजारको विकास, ज्याला फाइदा हुने नाफाका लागि माल सामान उत्पादन गरिन थाल्यो । प्राचीनकालको रेशम मार्ग व्यापारका लागि प्रसिद्ध थियो । यो रेशम मार्ग करिब ६,४३७ किलोमिटर थियो । यो रेशम मार्ग चीनका हान वंशीय वादशाहले बनाएका हुन् । प्राचीन रेशम मार्गले एसिया, यूरोप, अफ्रिका र चीनलाई छुँदै केन्द्रीय एसियाली राष्ट्रहरु, मध्यपूर्व र यूरोपसम्म पुगेको थियो । यो रेशम मार्गले अन्दाजी २०–३० मुलुकहरुलाई छुन्थ्यो । आजको रेशम मार्ग ३३ वटा सदस्य मुलुकहरु अल्वानिया, आर्मेनिया, अजरवैजान, बंगलादेश, बल्गेरिया, चीन, क्रोसिया प्रजातान्त्रिक गणतन्त्र कोरिया छन् । रेशममार्ग एउटै सडक नभएर जमीन र समुद्री बाटाहरुले जोडिएका थिए जसमा चीन सुदूर पूर्व (फार इस्ट) सँगै यूरोप र मध्यपूर्वसँग जोडिएका थिए । पूर्व पश्चिम रेशम मार्गको व्यापार पहिलो दोस्रो शताब्दी ई.पूू. ग्रीक र चीनका बीचमा भयो । पूर्व पश्चिम मार्गले व्यापार, सूचना आदान प्रदान, विभिन्न विचारहरु, संस्कृति र धर्म सम्पूर्ण विश्वमा फैलिनमा मद्दत ग¥यो । रेशम मार्गले चीनलाई समृद्ध गराउन ठूलो सहायता ग¥यो । चीनले विशेष गरेर रेशम बहुमूल्य मालसामानहरु निर्यात ग¥यो । रेशम मार्ग यो पूर्व पश्चिम जोड्ने बाटो मात्र नभएर रेशम, मसलाहरु, बहुमूल्य धातुहरु, हस्तकला, चित्रकला आदिको निर्यात गर्न र सांस्कृतिक आदानप्रदान गर्न जसमा नाटक, नृत्य र संगीत कला आदि छन् । के पनि भनिन्छ भने रेशम मार्गले गर्दा नै बुद्धधर्म, क्रिश्चियन धर्म, इस्लाम धर्म र अरु धर्महरु रेशम मार्गमा फैलिएको थियो ।
विश्वमा पहिलो व्यापार युद्ध ३००ई. पू.तिर मेसोपोटामिया (हाल इराक) र इन्डस भ्यालीका बीचमा भएको थियो । त्यसताका धेरै किसिमका मसलाहरु धातुहरु र कपडाहरुको व्यापार गरिन्थे । सभ्यताको विकास जति ठूलो भयो त्यति नै धेरै मानिसहरुलाई धेरै स्रोत र साधनहरुको आवश्यकता बढ्यो र व्यापारमा तीब्र विकास भयो । व्यापार भनेको नै दुई पक्षका बीच हुने मालसामानहरु र सेवाहरुको आपसी लाभका लागि गरिन्छ । व्यापारले सरकारहरुका बीचमा विश्वास र मित्रताको विकास गर्दछ । तर जब आफ्नो मुलुकका कलकारखानाहरुलाई संरक्षण गर्नु आवश्यक हुन्छ तब व्यापार युद्ध हुन्छ । चरम संरक्षणवादी सोंच सत्ताधारीमा आउँछ अनि हालका राष्ट्रपति डोनाल्ड ट्रम्पकै नीति लागु विगतमा पनि घटित भएको छ । व्यापार युद्धको इतिहास यस्तो छः–
व्यापार युद्ध एउटा आर्थिक संघर्ष हो जुन एउटा पक्षले अर्को पक्षलाई आफ्नो मुलुकमा आउने मालसामानमा आयात कर लगाएर महंगो पार्छ । ताकि आफ्नो मुलुकको उत्पादनलाई धक्का नलागोस् । पहिलो बेलायत र डचको बीचमा व्यापारलाई लिएर झगडा भयो र बेलायतले डच व्यापारीको जहाजमाथि आक्रमण ग¥यो र युद्ध भयो । अन्य व्यापार युद्धमा अस्ट्रेलिया र चीनका बीचमा भएको व्यापार युद्ध, बेलायत आइरिस व्यापार युद्ध, क्यानडा र मेक्सिकोका बीचको व्यापार युद्ध चीन बेलायत अफिम युद्ध आदि ।
पुँजीपति जुनसुकै वर्ण, लिंग, जातजाति रुप रंग वा मुलुकको भए पनि क्रुर, आततायी र सर्वहारावर्गप्रति अपमानजनक व्यवहार गर्ने नै हुन्छ । पुँजीपतिले आफ्नो आर्थिक, राजनैतिक स्वार्थपूर्ति गर्न जस्तो सुकै तुच्छ, घृणित, अमानवीय व्यवहार गर्नुकासाथै आफ्नो विश्वासमा परेको पुँजीपति साथीको गला रेट्न पनि पछि पर्दैन । हालका रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका सबैभन्दा धनी एलेन मस्कको सल्लाह अनुसार मार्च २८ मा सार्वजनिक गरेको तथ्यांक अनुसार एक लाख २१ हजार ३ सय ६१ जनालाई संघीय निकायबाट निकालिएको समाचार सिएनएनले दिएको थियो । नेपालका पुँजीवादी दासताका पक्षधर लेखक, कलाकार, राजनैतिक नेताहरुका लागि ठूलो प्रजातान्त्रिक, न्यायीक, मानव अधिकारवादी मुलुकका अर्बौंपति ट्रम्पले सत्ताधारी बनेपछि सामाजिक सुरक्षा प्रशासनका क्षेत्रीय कार्यालयहरु बन्द गर्ने सम्पूर्ण एजेन्सीहरुलाई प्रभावकारी रुपमा बन्द गर्ने, आप्रवासीहरुलाई देश निकाला गर्ने, तेस्रो लिंगीयहरुको सुरक्षा कटौती गर्ने, स्वास्थ्य कार्यक्रमहरुका लागिको अनुदान कटौतीले अमेरिकी साम्राज्यवादी शासक मण्डलीको नांगो क्रुर राक्षसी अनुहार देखाइरहेछ । साम्राज्यवादी अमेरिकी सत्ताले आफ्ना जनतामाथि मात्र गद्दारी गरेको नभएर अमेरिकी अन्तर्राष्ट्रिय मित्रशक्तिमाथि पनि बेइमानी गरेका छन् । अमेरिकाले अस्ट्रेलियासँग स्वतन्त्र व्यापार सम्झौता गरे जस्तै अन्य मित्र देशहरु बहराइन, सेन्ट्रल अमेरिका, डोमिनिकन रिपब्लिक, एल.साल्भाडोर, ग्वाटेमाला, हन्डुरास, इज्रायल, जोर्डन, मेक्सिको, मोरक्को, क्यानडा निकारामुआ, ओमान, पनामा, पेरु, सिंगापुर आदि । अमेरिकाको व्यापार सम्बन्ध २०० भन्दा बढी मुलुकहरुसँग छ ।
अमेरिका महान् अमेरिका पहिलोको घोषणा गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सबैभन्दा ठूलो आर्थिक, राजनैतिक प्राविधिक तथा सैनिक ठूलो प्रतिद्वन्द्वी चीनलाई ठ¥याएको छ । चीनको उत्पादनलाई अमेरिकामा सबै भन्दा महंगो बनाएर बजारमा आउनै नसक्ने नीति अन्तर्गत चीनमाथिको भन्सारशुल्क १ सय ४५ पु¥याइएको छ । यसको बदलामा चीनले अमेरिकी माल सामानमा १२५ प्रतिशत पु¥याएको छ । चीनले अमेरिकीले लगाएको करलाई ब्ल्याकमेलिक भन्दै अमेरिका आफ्नो नीतिमा एक्लै हिंडछ भने चीन पनि यसका विरुद्ध अन्त्यसम्म लड्ने बताइसकेको छ । अमेरिकाले विश्वव्यापी रुपमा ज्यादै साना गरिब मुलुकहरुदेखि धनी मुलुकहरुलाई पनि कर लगाएपछि यूरोपेली मुलुकहरुले पनि यसको विरोध गरेका छन् । युरोपेली मुलुकहरुले पनि अमेरिकी माल सामानमा कर लगाउने धम्की दिएपछि ट्रम्पले अरु यूरोपली, एसियाली तथा अफ्रिकी मुलुकहरुमा लगाएको भन्सार कर ९० दिनका लागि स्थगित गरेका छन् तर चीनमाथि लगाइएको कर भने स्थगित गरेका छैनन् ।
अमेरिकाका अमेरिकी सरकारप्रति उसका ऋणपत्र (बन्ड) मा विश्वास घट्दै गएको छ । किनभने ट्रम्पले अराजक गतिविधिहरु सबै क्षेत्रमा फैलाउँदै छन् । अमेरिकी जनताका कष्टहरु दिनप्रतिदिन बढ्दै छन् । पहिले एक डलरमा तीन वटा पाइने अण्डा अहिले एउटा मात्र पाइन्छ । त्यस्तै यूरोपेली अफ्रिकी तथा ल्याटिन मुलुकहरुबाट आउने सस्ता सामान पनि महंगिदै छन् । चीनलाई आफ्ना एक नम्बरको प्रतिद्वन्द्वीकाले उसलाई झुकाउन जुन रणनीति अमेरिकाको छ , त्यो सफल हुने सम्भावना क्षीण देखिन्छ । विश्वव्यापी प्रभुत्व जमाएको अमेरिकी डलरलाई ब्रिक्सले घटाउँदै लगेको छ । अमेरिकी डलरको प्रभुत्व यूरोपेली युनियनको गठन र यूरोको बढ्दो लोकप्रियताले पनि अमेरिकी डलरको विश्वव्यापी विश्वसनीयतामाथि हालका राष्ट्रपति ट्रम्पका अराजक बौललट्टी कदमहरुले दिनप्रतिदिन गिर्दो अवस्थामा जाँदैछ । अराजक किसिमले भन्सार दर वृद्धिले गर्दा अमेरिकी अर्थतन्त्रप्रति विश्वव्यापी रुपमा विश्वास गुमेको छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक अमेरिकाले आठ दशकको विश्वसनीयता नै गुमाउँदै गएको टिप्पणी अमेरिकी अर्थशास्त्रीहरुले नै गर्दै छन् । मासाच्युसेट इन्सिटच्युट अफ टेक्नोलजीका अर्थशास्त्री तथा नोबल पुरस्कार विजेता सिमोन जोनसन के भन्छन् भने साँचो अर्थमा बजारले अनियमित मूर्खको भन्सारदरलाई मन पराउँदैन । के देखिन्छ भने उनीहरुलाई नै थाहा छैन उनीहरुले के गरिरहेका छन् । यो सम्पूर्ण रुपले नयाँस्तरको पागलपन हो ।”
के अमेरिकी राष्ट्रपति ट्रम्पले हालको व्यापार युद्ध जित्लान ? भन्ने प्रश्न उठ्छ । अमेरिका विशेष गरेर प्रतिद्वन्द्वी चीनसँगको व्यापार युद्धमा विजयी हुन सक्दैनन् र ट्रम्पले चीनमाथि लगाएको १४५ को भन्सार दर हटाउन या घटाउन बाध्य हुनेछन् । किनभने अमेरिकामा नै व्यापारी, उद्योगपति, मजदुर, किसान तथा अन्य सामान्य जनता पनि बढ्दो महंगी, बेरोजगारी, सामाजिक सुरक्षालाई हटाउनु, कुनै पनि समय एलेन मस्कले मनपरी नोकरी (स्थायी) बाट हटाउने, तेस्रो लिंगीलाई भेटभाव गरेर रोजगारीबाट निकाल्ने आदिले गर्दा अमेरिकामा भएका व्यापक रुपले विरोध प्रदर्शनले ट्रम्पलार्ई आफ्ना बौलट्टी अडानहरुबाट पछि हट्न बाध्य पार्ने सम्भावना रहेको टिप्पणी अमेरिकी कै छ ।
चीनले विश्वव्यापी रुपले आफ्ना उत्पादन र प्रशोधनमा एकाधिकार जमाएको छ । अमेरिकालाई अत्यावश्यक पर्ने प्रशोधित रेयर अर्थ एलिमेन्ट भनिने दुर्लभ पृथ्वी तत्वहरुको (च्बचभ भबचतज भझिभलत) ठूलो ग्राहक अमेरिका हो । चीनले सन् २०१८–२०२१ का बीचमा अमेरिकालाई आपूर्ति गरेको ७४ प्रतिशत रेयर अर्थ एलिमेन्टहरुमा ९४ प्रतिशत इट्रियम थियो । अप्रिल ४,२०२५ मा चीनले अमेरिकामा सात रेयर अर्थ एलिमेन्टमा निर्यात् प्रतिबन्ध लगाएपछि अमेरिकी व्यवसाय भित्री रुपमा धेरै नै कमजोर बनेको छ र ठूला एआई र सेमि कन्डभरमा लगानी गर्नेहरु विलखबन्दमा परेका छन् । किनभने सात रेयर अर्थ एलिमेन्ट चीन बाहेक अन्य मुलुकमा दुर्लभ छन् । अमेरिकाको टेक्सास र क्यालिफोर्नियामा भएका खनिजहरु तत्काल सेवा दिने हालतमा छैनन् । रायर अर्थको खानी युक्रेनमा छ र ट्रम्पले उपयोग गर्न दिनुपर्ने भने तापनि जेलेन्स्कीले आनाकानी गरिरहेछन् । किनभने युक्रेनको सुरक्षाको जिम्मा अमेरिकाले लिनुपर्छ । रायर अर्थ डिमोक्रयाटिक रिपब्लिक अफ कंगो, क्यानडा र ग्रीनल्याण्डमा पनि रहेको हुनाले क्यानडा र ग्रीनल्याण्डलाई संयुक्त राज्य अमेरिकाको अधीनमा राख्ने योजनामा ट्रम्प छन् ।
संयुक्त राज्य अमेरिका विश्वको सर्व सम्पन्न मुलुक भने तापनि आर्थिक रुपले पनि टाट पल्टदो अवस्थामा छ । चीनले अमेरिकालाई दिएको ऋणलाई अवमूल्यन गर्ने हतियारको रुपमा पनि प्रयोग गर्न सक्छ । किनभने चीन दोस्रो सबै भन्दा ठूलो ऋणदाता हो । पहिलोमा जापान छ, जसले १ ट्रिलियन अमेरिकी डलर ऋण अमेरिकालाई दिएको छ । अरु मुलुकहरुमा बेलायत, लग्जम्वर्ग र कयानडाका अर्बौं डलर ऋण अमेरिकाको छ । यदि चीनले अमेरिकालाई सम्पूर्ण रुपमा नाकाबन्दी ग¥यो भने मात्र ३ हप्तामा ३३ प्रतिशत जनता त्यसले उत्पन्न गर्ने महंगीले गर्दा ै भोकले तड्पिनेछन् । यदि अमेरिकाले चीनलाई नाकाबन्दी ग¥यो भने चीन एक वर्ष ९ दिनसम्म सजिलैसँग १०० प्रतिशत जनतालाई अत्यावश्यक आफूर्ति गरेर धान्न सक्छ ।
अमेरिकाले चीनबाट मात्र आयात गर्ने खनिजहरुमा सामेरियम हो जुन कोवाल्ट चुम्बक बनाउन, मिसायल, उपग्रह र रडारमा प्रयोग हुन्छ । अर्को खनिज ग्याडोलीनियम चिकित्सा इमेजिङ एमआर आइ इस्क्यानमा कन्ट्रास्ट एजेन्ट (ऋयलतचबकत बनभलत) को रुपमा प्रयोग हुन्छ किनभने यसको चुम्बकीय गुणका साथै आणविक रियक्टरहरुका न्यूट्रन संरक्षण र इलेक्ट्रोनिक कम्पोनेन्टहरुमा पनि प्रयोग हुन्छ । अर्को महत्वपूर्ण खनिज टबियम हो जुन प्रकाश डिस्प्लेका लागि फस्फारस, बनाउन जस्तै इलईडी र फ्लाट प्यानल स्क्रिनहरुमा प्रयोग हुन्छ । यो सोनार प्रणाली र सेन्सरहरुका लागि म्याग्नेटोस्ट्रिक्टिव मिश्र धातुहरुमा पनि प्रयोग हुन्छ, जुन रक्षा र औद्योगिक प्रयोगहरुका लागि ज्यादै महत्वपूर्ण छ । अर्को महत्वूर्ण डिस्प्रोसियम हो जुन विद्युतीय सवारी, मोटर, वायु, टवाईन, स्टेल्थ विमान जस्ता सैन्य उपकरणहरुमा प्रयोग हुने उच्च शक्ति नियोडिमियम आयरन बोरोन चुम्वकहरुका लागि आवश्यक छ । यसले चुम्बकहरुको उच्च तापक्रम सहन सक्ने क्षमता बढाउँछ । लुटेसियम अर्को महत्वपूर्ण पदार्थ हो जुन विशेष गरेर चिकित्साका क्षेत्रमा प्रयोग हुन्छ । जस्तै क्यान्सरकालागि लक्षित रेडियो न्यूक्लाइड उपचारका लागि प्रयोग हुन्छ । यो उच्च अपवर्तन सूचकांक अप्टिकल लेन्सहरु र पेट्रोलियम परिष्कारमा मुख्य स्रोतको रुप्मा पनि प्रयोग हुन्छ । अर्को महत्वपूर्ण धातु हो इस्क्यान्डियम जुन आलुमिनियम मिश्र धातुमा थपेर हल्का र बलियो सामाग्री बनाइन्छ । जुन विमानको फ्रेम मिसाइल पार्टस जस्ता एरोस्पेस कम्पोनेन्टहरुका लागि प्रयोग हुन्छ । यो ठोस अक्साइड इन्धन सेलहरुमा उर्जाको प्रयोगका लागि पनि प्रयोग हुन्छ । इट्रियम एलईडी, लेजर र टेलिभिजन तथा कम्प्युटर स्क्रिनहरुमा फस्फरसलाई सुधार गर्छ । यो जेट इन्जिनहरुका लागि सुपरअलाय र उच्च तापमान सेरामिक्समा स्थिरकर्ताको रुपमा प्रयोगका लागि पनि महत्वपूर्ण छ ।
उपरोक्त रेयर अर्थ एलिमेन्टका उपयोग र महत्वबारे सानो चर्चा गरियो । यो रेयर अर्थ एलिमेन्ट कति ठूलो क्षेत्रमा प्रयोग हुन्छ भन्ने ज्ञान हुन्छ । सामरिक स्वास्थ्य, यातायात, संचार, उर्जा र अन्तरिक्ष आदिमा रेयर अर्थ एलिमेन्टको महत्वपूर्ण भूमिका प्रष्ट हुन्छ । यसकारण अमेरिकी साम्राज्यवादीका लागि चीनसँगको सहकार्य कति महत्वपूर्ण छ सो प्रष्ट हुन्छ ।हालको ट्रम्पको व्यापार युद्ध मूर्खले ठूलो ढुंगा उचालेर आफ्नै खुट्टामा खसाले जस्तै हुने छ । कतिपय अर्थशास्त्रीहरुले अमेरिकामा सन् २००८ को आर्थिक मन्त्रीको सम्भावनालाई पनि औल्याएका छन् । आर्थिक मन्दी विकसित पुँजीवादी मुलुकहरुमा बारम्बार आउने प्रक्रिया हो । आर्थिक मन्दी, महामन्दीको मार सबै भन्दा पहिले मजदुर तथा थोरै ज्याला मजदुरीमा बाँच्ने श्रमिक वर्गमाथि पर्दछ ।आर्थिक मन्दीले बेरोजगारी, गरिबी, भोकमरी, आर्थिक टाट पल्टाइँ, महंगीको मारले सर्वहारावर्ग भोकभोकै मर्ने र आत्महत्या गर्न बाध्य हुनेछन् । आम जनतामन्दीको मारले अधमरा भएर कष्टकर जीवन व्यतित गर्न बाध्य हुन्छन् भने मुठीभर खर्बपति मोजमस्ती गर्दै बैंक व्यालेन्स तीब्र रुपले बढाउँछन् । साम्राज्यवादी तथा विकसित पुँजीवादी मुलुकहरुमा बारम्बार आउने मन्दी महामन्दी र तथाकथित प्रजातान्त्रिक व्यवस्था भनेको ठूलो अर्बपति खर्बपतिहरुको तानाशाही, अप्रजातान्त्रिक, क्रुर अन्यायपूर्ण, पुँजीवादी दासता र अपमानजनक व्यवस्था हो भन्ने कटुसत्य दिनप्रतिदिन सर्वहारावर्गले जान्दै बुझ्दै र सचेत हुँदै गएका छन् । साम्राज्यवादी अमेरिकाको प्रजातान्त्रिक, मानवीय सिद्धान्त, सहयोग आदिको पाखण्डी, ढोंगी अनुहार विश्व सामु छर्लङ्ग भएको छ । यसकारण अमेरिकी जनता तथा विश्वका आम क्रान्तिकारी एक भएर साम्राज्यवादका विरुुद्ध लड्ने परिस्थिति दिनप्रतिदिन परिपक्व हुँदै गएको छ । सर्वहारावादी क्रान्तिकारी जनता अजेय छन् ।
अमेरिकी साम्राज्यवाद र व्यापार युद्ध
Comments

