बुद्ध जयन्तीका सन्दर्भमा सामाजिक सन्जालमा आएका विचार

 

गौरी देवकोटा
बौद्ध दर्शन हो,धर्म होइन, बुद्ध दर्शन धारण गर्नेलाई बुद्धधर्मी(बौद्धमार्गी) भन्न सकिन्छ तर यो मानव हितमा भएको नास्तिक दर्शन हो । भौतिकवादमा आधारित विश्वव्यापी दर्शन बुद्ध दर्शनमा अनुशरण गर्नुपर्ने तथ्यहरू व्यापक छ । यस उपयोगी दर्शनलाई व्यवहारमा लागु गरौँ ।
बुद्ध जयन्तीको शुभकामना !

बराल अरुणे
बुद्ध दर्शनको सार –
संसारमा दुःख छ।दुःखको कारण छ।दुःखको समाधान छ।
दुःख निवारणका ८ मार्ग छन् –
सम्यक दृष्टि।सम्यक संकल्प।सम्यक वचन। सम्यक कर्म। सम्यक जीविका।सम्यक व्यायाम।सम्यक स्मृति।सम्यक समाधि।
(निचोड –सम्यक प्रज्ञा, सम्यक शील र सम्यक समाधि)

थुमराज डुङ्गाना
१.दुःख छ, २..दुःखको कारण छ , ३.दुःखको अन्त्य पनि सम्भव छ – गौतम बुद्ध ।
दुःख अनिवार्य हुन्छ,यो प्रकृतिको नियम हो । स्वीकार गर्न सके सहज हुन्छ, अस्वीकार गरे झन बर्बाद हुन्छ । अजहज परिस्थितिलाई स्वीकार गर्न सिकौं ।

 

निष्णु थिङ
सरकारले बुद्ध जयन्तीको सार्वजनिक विदा दिएपनि कतिपय संघसस्था र निजी विद्यालयहरुले अवज्ञा गरे । साह्रै दुखद ! व्यवहार । बुद्ध जन्मेको नेपालमै अहिले यस्तो गर्छ भने पहिला हिन्दू राष्ट्र हुँदा के गर्थ्यो होला ?

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित